होसियार ! जुलाईदेखि इन्टरनेट नचल्न सक्छ


अहिले तपाई इन्टरनेट चलाउँदै हुनुहुन्छ तर जुलाई अर्थात अबको दुई महिनापछि तपाईको कम्प्युटरमा इन्टरनेट सुविधा नचल्न सक्छ । यसको अर्थ हो, जुलाई महिनादेखी फेसबुक, ट्विटर, अथवा अरुकुनै पनि साइट तपाई आफ्नो यो कम्प्युटरबाट खोल्न सक्नुहुन्न, तपाईको कम्प्युटरको इन्टरनेटसँगको नाता टुट्नेछ, यदि तपाईको कम्प्युटर प्रभावित भएको छ भने अनि तपाईले एफबिआइले भने झै केहि क्लिक गर्नु भएन भने । अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआइ) ले दिएको चेतावनी हो यो । उसले भने झै नगर्ने प्रभावित कम्प्युटरहरुमा आगामी जुलाई ९ तारिख अर्थात् असार २५ गते सोमबारपछि कुनै साइट खुल्ने छैन । यसरी इन्टनेरसँग नाता टुट्ने कम्प्युटरको संख्या लाखौ हुन सक्ने एफबिआइले बताएको छ । यसैले यो पुरा समाचार पढ्नुहोस् र आफ्नो कम्प्युटरलाई बचाउँनुस् । अहिले नै केही क्लिकमात्र गर्नुभयो भने तपाईँ त्यो स्थितिबाट बच्नहुनेछ ।

भएको के हो ?
तपाईलाई इन्टरनेटका ’boutमा थाहा भए ह्याकरका ’boutमा पनि पक्कै थाहा होला । ह्याकरहरु इन्टरनेट मार्फत कम्प्युटरमा वा तपाईको डाटा भएको स्थानमा पुग्छन् । र तपाईका डाटाहरु चोरेर वा अरु कुनै किसिमले तपाईलाई दुख दिन्छन् ।

यस्तै अन्तराष्ट्रिय ह्याकरहरुले विश्वका धेरै कम्प्युटरहरुलाई प्रभावित पारिसकेका छन् । संख्याको हिसाबमा हेर्ने हो भने यसरी ह्याकरहरुले प्रभावित गरेका कम्प्युटरको संख्या लाखौमा हुन सक्छ । यस्ता ह्याकरहरुले विश्वभरी नै जालो फैलाएका छन् । तपाईले थाहै नपाई तपाईको कम्प्युटर पनि यस्ता ह्याकरहरुको निशाना बनिसकेको हुन सक्छ । अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआइ)ले यस्ता ह्याकरहरुबाट अमेरिकाको सरकारी कम्प्युटरलाई बचाउँन एउटा सुरक्षा सिस्टमको जालो बनाएको थियो । अब त्यो सिस्टमलाई सट डाउन गर्न लागिएको छ । यसैले अब ह्याकरहरुको निशानाबाट बच्न प्रभावित कम्प्युटरबाट ह्याकरहरुको निशाना हटाउँन या थप कम्प्युटर वा डाटाहरुलाई बचाउँन त्यस्ता कम्प्युटरबाट आगामी जुलाई ९ तारिख अर्थात् असार २५ गते सोमबारपछि इन्टरनेट चलाउँन नमिल्ने बनाउँन लागिएको हो ।

अब के गर्ने त !
प्रभावित कम्प्युटरहरुबाट इन्टरनेट चलाउँन नमिल्ने बनाउँनु भन्दा पहिले एफबीआइले आफ्नो सेक्युरिटी पार्टनरको वेबसाइट http://www.dcwg.orgमा गएर कम्प्युटर ह्याकरहरुबाट प्रभावित हो कि हैन हेर्न मिल्ने व्यवश्था गरिरहेको छ । यदि प्रभावित हो भने त्यहीँबाट सजिलै यो समस्यालाई कसरी समाधान गर्ने उपाय सिकाइएको पनि छ ।

एफबिआइले बताए अनुसार तपाईले आफ्नो कम्प्टर प्रभावित भएको छ कि छैन भन्ने थाहा पाउँन यो लिंकमा क्लिक गर्नु पर्ने छ । लिंक http://dns-ok.us/

मैले यो लिंकमा क्लिक गरेर आफ्नो कम्प्युटर प्रभावित भयो कि भएन भनेर जाँच गर्दा यस्तो देखियो ।

यसको अर्थ हो मेरो कम्प्युटर सुरक्षित छ । हरियो आए तपाईको कम्प्युटर पनि सुरक्षित नै रहेको थाहा हुन्छ ।

तर यदि यसको सट्टा रातो आयो भने सम्झनुस् तपाईको कम्प्युटर ह्याकरहरुबाट प्रभावित छ । के अब तपाईले असारदेखि इन्टरनेट चलाउँन पाउँनुहुन्न ? हैन, रातो आए यो लिंकमा जानुस् र आफ्नो कम्प्युटर फिक्स गर्नुस् । लिंक (http://www.dcwg.org/fix/)

Source: Hamro sansara

6 responses to “होसियार ! जुलाईदेखि इन्टरनेट नचल्न सक्छ

  1. जे गरे पनि सच्चाइ र इमान्दार ले सबैलाई हित हुने खाल को कार्य गर्नुपर्छ! धन्यवाद!

  2. Thank s a lot i got Green…….

  3. good job shibaji dherai ramro jankari dinu bhayeko rahechha.keep it up

  4. Ghanendra Gurung (Kuwait)

    Thanks, I got GREEN signal so I am safe

  5. थप जानकारीको लागि तलको लिंकमा क्लिक गरेर एफ. बी. आई. को Official वेब साईटमा समेत हेर्न सक्नु हुनेछ

    http://www.fbi.gov/news/stories/2011/november/malware_110911/malware_110911

    https://forms.fbi.gov/check-to-see-if-your-computer-is-using-rogue-DNS

    http://www.dns-ok.us/

  6. thank you for the information about this

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.