बुद्ध जन्मेको देशमा अशान्तीको कालो बादल, पार्टीगत स्वार्थ नत्यागेसम्म सहमतिको अर्थ नरहने


ईन्द्र भुसाल, कुवेत

२५५६ औं बुद्ध जयन्ती मनाएको नेपाल र नेपाली समाज अनी गौतम बुद्ध जन्मेको देश हाम्रो नेपाल ईतिहास कै यो लामो बाटोमा निकै तनाब झेलिरहेको छ । २०४६ सालको राजनितिक परिवर्तनलाई आत्मसात गर्दै प्रगतीको बाटोमा देशलाई लम्काउनुको साटो पार्टीगत स्वार्थ, भाई-भतिजाको रजाई अनी बिबेकहिन राजनेताहरुको कारण देशले लामो युद्धको सामना समेत गर्‍यो भने हजारौ नेपालीले ज्यान गुमाए भने हजारौको अत्तोपत्तो छैन अनी टुहुरा र बिधुवा अनी अपाङ्गले देशको हरेक बस्ती भरिएको छ । शान्तीको सन्देश दिदै पुरै संसारलाई शान्तीको पाठ दिएका भगवान गौतम बुद्ध जन्मेको देश नेपाल भने लामो समय देखी नराम्रो सँग भाँडभैलोमा तल्लिन छ अनी मुकदर्शक भएर बस्न बाध्य छन सोझा नेपालीहरु ।

बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस जस्ता राष्ट भक्तीका गीत रच्ने र सुन्ने नेपालीहरु आज बिहान उठ्ने बित्तिकै नेपाल बन्द छ कि छैन भनेर रेडियो, टि.भी. अनी समाचारपत्रहरु हेर्नुपर्ने भएको छ । अचानक हुन्छ नेपाल बन्द अनी स्कुलको पोशाकमा सजिएर बाटो लागेका हजारौ विद्यार्थीहरु बाटैबाट फर्किन्छन । बिरामी बोकेका सवारी साधन देखी प्रेसका बहान समेत जलाईन्छ देशको प्रगती, उन्नती अनी आफ्नो राज्य प्राप्तीको लागि जुन भगवान गौतम बुद्ध जन्मेको देशका जनताहरु अनी लामखुट्टे जस्तै जनताको रगत चुस्ने नेताहरुको आदेशमा हुन्छ । जसको शन्देशको पालना गर्दै धेरै ठुलो प्रगती गरेका देश अनी बुद्ध धर्म मान्ने करोडौ मनिसहरुको लागि चिन्ताको बिषय मात्र भएन नेपाल मजाक गर्ने साधन जस्तै भएको छ । २०४६ सालमा बहुदलिय ब्यबस्था आउँदा केकानै हुन्छ भन्दै घोक्रो फुलाउने नेपाली नेताहरुको चरित्र भोगिसकेका नेपालीहरु ६२/६३ को आन्दोलनबाट राजा फालिदा त अझ भुइमा खुट्टा नै रहेन तर आज के भयो ? नेपाली जनताहरुले के पाए ? र भोली के आशा गर्ने ठाउँ छ निकै अन्धकार छ हाम्रो भबिष्य तर अझै सोच्ने कोशीस भएको छैन हाम्रो त्यसैले नाच्दैछौ अझै पनी उही स्वार्थी नेताहरुको आदेशमा ।

हरेक राजनितिक पाटिका आफ्नै एजेण्डाहरु छन जुन कुनै अनि मुल्य चुकाएर उनिहरु पराप्त गर्न चाहन्छन । माओवादीलाई सस्तो लोकप्रियता चाहिएको छ भने युद्धकालमा बाडेको मिठो सपना अहिले उसलाई घाडो भएको छ । कांग्रेस र एमालेमा पुरानो सोच जिबित छ भने एमाले, कांग्रेस अनी माओवादीका कुनै समयका हस्तिहरु मधेसबादी पाटी खोलेर एक मधेस एक प्रदेश अनी आत्मनिर्णयको अधिकार भन्दै देश टुक्राउने षड्यन्त्रमा तल्लिन छन । माओवादीले चाहेर पनि मधेसी पाटिलाई छोड्न सकेको छैन किनकी उसको सरकार गिर्ने पक्का छ । राष्ट्रिय सरकारको रुप पाएको दिन मानै मधेसीहरु सरकार छोड्ने घोषणाको हल्ला पिट्दै छन किनकी अब आत्मनिर्णयको अधिकारको त के कुरा आफुहरुले भनेजस्तै गरी देशमा राज्य नहुने भएको छ । आफ्नो पार्टीको स्वार्थ भन्दा कुनै पनि नेताले देशको लागि त्याग गर्दैन अनी कहाँ हुन्छ सहमती ? आज गर्‍यो भोली त के उत्तिनैखेर फेरिन्छ कुरा अनी फेरी बसिन्छ बैठक नेपाली जनताको पसिना चुस्न । शताब्दी देखी मिलेर बसेका बहुजाती नेपालीहरुलाई पनि उही पाटीको स्वार्थले लडाउने कोशीस भएको छ भने धमिलो पानीमा माछा मार्न हरेक ठाउँबाट चलखेल भएका छन अनी प्रोयोग गरिन्छ तिनै नेताहरुलाई ।

आहिले पुरै देश अशान्तीमा डुबेको छ कतै जातिय राज्य त कतै मधेसी अनी कतै तेसको प्रतिकार । हरेक बिहानी बुद्ध जन्मेको देशमा हिन्साका लहरहरु फैलिएका छन अनी खण्डित  हुने खतरामा बचेँको भगवान गौतम बुद्ध जन्मेको देश । जबसम्म नेपाली जनताहरुले सचेत भएर राजनिती बुझ्दैनन तब सम्म यही हो नेपाली अनी नेपाल देशले भोग्ने किनकी नेताहरु त सधैं भरी यहाँ यही चाहन्छन कि जनता जे गरेपनी हाम्रो पछी भागुन । बुद्ध जन्मेको देश रोएको छ जुन संसारभर बुद्धको सम्मान गर्नेहरुलाई पिडाको बिषय हो …

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.