ईन्द्र भुसाल, कुवेत
२५५६ औं बुद्ध जयन्ती मनाएको नेपाल र नेपाली समाज अनी गौतम बुद्ध जन्मेको देश हाम्रो नेपाल ईतिहास कै यो लामो बाटोमा निकै तनाब झेलिरहेको छ । २०४६ सालको राजनितिक परिवर्तनलाई आत्मसात गर्दै प्रगतीको बाटोमा देशलाई लम्काउनुको साटो पार्टीगत स्वार्थ, भाई-भतिजाको रजाई अनी बिबेकहिन राजनेताहरुको कारण देशले लामो युद्धको सामना समेत गर्यो भने हजारौ नेपालीले ज्यान गुमाए भने हजारौको अत्तोपत्तो छैन अनी टुहुरा र बिधुवा अनी अपाङ्गले देशको हरेक बस्ती भरिएको छ । शान्तीको सन्देश दिदै पुरै संसारलाई शान्तीको पाठ दिएका भगवान गौतम बुद्ध जन्मेको देश नेपाल भने लामो समय देखी नराम्रो सँग भाँडभैलोमा तल्लिन छ अनी मुकदर्शक भएर बस्न बाध्य छन सोझा नेपालीहरु । पढ्नेक्रम जारी राख्नुहोस्