हाम्रो इमान्दार कदमलाइ भोलि अन्य राष्ट्रमा बस्ने नेपालीले समेत अनुशरण गर्नेछन..


भुवन पौडेल
नेपाली राजदूतावास, कुवेत

प्रिय मित्रहरू ! आज म तपाइहरू जस्ता ठूलो हृदय भएर पनि दिल खोलेर व्यक्त गर्न नपाउनु भएकोमा हृदय देखिनै धन्यवाद दिदैं दुइ शब्द राख्ने अनुमति माग्न चाहन्छु । हाम्रो देश नेपाल हो र हामी गरिबीको दुश्चक्रले गर्दा यो तातो वालुवामा आउनु हाम्रो वाध्यता हो । हामीले सोच्नुपर्ने वेला आएको छ कि अव हाम्रो अर्को पुस्तालाइ पनि यो मरूभूमीमा वोलाएर सडाउने कि सपार्ने हाम्रो काधँमा छ । हामी सधैं सराप्ने गर्छौ राजनीतिले देश विगार्यो खतम वनायो सधै बन्द हडताल मात्र । यावत विभिन्न समस्याले गर्दा बरालिएर विदेशिनु भएको हो भने म तपाइ प्रति केही थप कुरा राख्ने अनुमति चाहन्छु । यो नेपाल हाम्रो हो कुनै राजनीतिक दल विशेषको पेवा होइन दल विशेषलाइ भन्दा देशको माया हामी विराट हृदय भएका नेपालीलाइ लाग्छ । आज तपाइ समयमा उचित शिक्षा र अवसरको अभावले हातमा माउस समाउनुको सट्टा व्रस समाउदै धुलाम्मै सडक बढार्नुपरेको छ खाडीमा । देशमा आज पनि धेरै वालबालिका शिक्षाको उज्यालो घामवाट वञ्चित भएक् हामीलाइ ज्ञात नभएको विषय होइन । हामीलाइ अवगत हुदाहुदै पनि ख्याल नगर्नु हाम्रो मुख्याइ र देश प्रतिको दायित्ववाट टाढा जानु हो । के हामीले हाम्रो पसिनाको एक थोपा कल्याणकारी कार्यमा लगाउनेकी नलगाउने हाम्रो नेपालप्रतिको दायित्व के हो त के सवै चिज देशले दिनुपर्छ की हामीले पनि आफ्नो ठाउबाट सक्दो राज्यलाइ सहयोग गर्नुपर्दछ । मेरो सानो अनुमानमा म एक 60 के डी तलब थाप्ने क्लिनर अथवा 50 के डी मा काम गर्ने घरेलु कामदार नै किन नहुनु मैले महिनाको 100 फिल्स काटेर समाज सेवा गरी देशका लागि दिने सक्ने की नसक्ने ।

मरूभूमीमा नराम्रा काममा लागेर समय वर्वाद गर्नुको साटो रचनात्मक काम गरी देशको विकास र समाज सेवा गरी पुण्य कार्यमा लगाउने । आज हामि कुवैतमा ठूलो समुदायको रूपमा दिनानुदिन विस्तार हुदैछौ । नेपालप्रति हाम्रो जिम्मेवारी पनि वढ्दो छ । मानौ हामी 60 हजार छौ र महिनाको 100 फिल्स आफ्नो तलबबाट कट्टा गरी देशको कुनै स्कूल, स्वास्थय केन्द्र अनाथालय सञ्चालन कार्यमा सहयोग पुर्याउने हो भने ठूलो कल्याणकारी काम गर्न सकिन्छ । प्रति महिना 100 फिल्सको हिसावले हामी 6 हजार दिनार जम्मा गर्न सक्दा रहेछौ भने यो सानो रकम कुनै पनि हालतमा होइन । यही हिसावमा हामी वर्षको 72 हजार डिनार जम्मा गर्न सक्दो रहेछौ । यदि हामीमा इमानदारिता र मनमा देश प्रति सच्चा प्रेम भयो भने । जो सुकैले पनि एउटा स्याण्डविचकोध् रकम प्रति महिना कट्टा गरी देशको लागि सहयोग गर्नेकी नगर्ने सवाल यत्ति हो त्यो तपाइको विचार पजातन्त्रमा निणर्य गर्ने तपाइलाइ स्वतन्त्रता छ । के तपाइ नेपाली होइन नेपाली भएकोमा गर्व छ की छैन । नेपाललाइ विकास भएको देख्न चाहनुहुन्छ की हुदैन ।आज म यही कुरा र विचारलाइ लिएर चिन्तित भएको छु । के जन्मनु र मर्नु मात्र हाम्रो जिवनको सार हो । के हामीले यति ठूलो समुदाय भएको कुवैतबाट केही देशको लागि उल्लेखनीय काम गर्न सक्दैनौ, देशमा सिटामोल नपाएर नेपाली मरिरहेको टुलुटुलु हेरीरहने र समाचार पढिरहने। हामीले सरकारको भर पर्ने र विरोध गर्नुको सट्टा केही सकारात्मक काम गरौ ।नकारात्मक सोचाइ नेपालीले नेपालीको डाह इश्या गर्न छाडौ र एकले अर्कोका दुखमा साथ दियौ आफ्नो पेशामा इमान्दार बन्यौ भने त्यो ठूलो इमान हुनेछ ।

आउनुस् अव अगाडी कसरी वढ्ने केही कुरा वाड्न चाहन्छु ।हामीले एउटा यस्तो पारदर्शि र इमान्दार भएर नेपालीले नेपालीको लागि 100 फिल्स कार्यक्रम एउटा सशक्त टिम वनाएर कार्य सञ्चालन गरौ । यसरी संकलन हुने रकमको एक फिल्स पनि व्यक्तिगत प्रयोजनमा प्रयोग् गरिनेछैन भन्ने ग्यारेन्टी हामीले लिन सक्नु पर्छ अन्यथा कल्याणको नामामा कलंक शिवाय केही हुने छैन । संकलित रकमलाइ हामीले नेपालका चेपाङ, मुसहर तथा राउटे जातिको उत्थान वा जुम्ला, हुम्ला, मुगुका कणाली अञ्चलका विकट गाउका विधालय भवन निर्माण, पुस्तकालय तथा स्वास्थय शिविर सञ्चालन गर्ने छौ । आशा छ तपाइहरू यस कदमलाइ साथ दिन तयार हुनुहुन्छ र महिनाको 100 फिल्स कल्याणकारी कार्यमा छुट्याउन तयार हुनुहुन्छ भने मलाइ साथ दिनु यस कार्यलाइ नतिजामुखी गराउन म आफै यस कार्यलाइ सञ्चालन गर्नेछु कुवैतबाट र यदि तपाइ पनि उत्सुक हुनुहुन्छ भने म सहर्श तपाइलाइ साथ र सहयोग गर्न तयार छु । वास हामीले केही गरेर देखाउनु छ । तर हामी इमान्दार लोभी पापी र भष्ट कदापी हुनु हुदैन ।नत्र हामीलाइ जुन जोगी आए पि कानै चिरेका बाहेक केही फरक देखिने छैनौ । हामीलाइ दुनियाले सराप्ने छन्। कालान्तरमा गएर भए पनि हाम्री गरिवको पसिनाले, आशुँ र अवोध बालवालिकाले पक्कै पोल्नेछ। अब रकम संकलन त सुरू गौ अनि कसरी व्यवस्रथित गर्ने भन्ने पनि म तपाइहरू सामु खुलस्त पार्न चाहन्छु ।यो एकदम निस्वार्थ कदम हो र कसैले पनि एक फिल्स खर्च गर्न पाउने छैन ।यसको लागि एउटा सहयोग पेटिका म दूतावासमा राख्ने अनुमति माग्नेछु र इच्छुक दानवीर परोपकारी तथा कल्याणकारी मित्रहरूले स्वत स्फूर्त रूपमा स्वयम अथवा साथीहरू माफ्त कष्ट गरी आफ्नो 100 फिल्सलाइ वाकस सम्म पठाउनुहुने छ भन्ने आशा छ । हामी कुनै रसिद प्याड छापेर सहयोग माग्न डुल्ने छैनौ र तपाइलाइ 100 फिल्स दिनुस् भनेर अनुरोध गर्दै प्रत्येकसगँ पुग्ने पनि छैनौ । हामी प्रदेशमा आआफ्नै दुख कष्टसगँ सङ्घर्ष गर्दै हिडिरहेका छौ । हाम्रा आफ्नै पारिवारिक समस्या छन र प्रत्येक महिना आफ्ना वाल बच्चाको लागि स्कुल फि पठाउनु पर्ने साहुको सय कठा ब्याज चुक्ता गर्नु पर्ने अनेकौ समस्या भएर न खाडीमाआएका हौ यदि सम्पन्नशाली भएको भए यूरोप अमेरिका हाम्रो रोजाइमा अवश्य पर्थ्यो किन परेन त भनिरहनु पर्ने कुरै होइन । मलाइ अहिले पनि केही गर्न नसकेकोमा मेरै जिन्दगी देखी पछुतो लाग्छ । के यो जिवन आफ्नो लागि मात्र हो ?

तपाइहरूको बालबच्चाको फि कट्टा गरी जम्मा भएको यो रकम प्रत्येक महिना पेटिका खोली हिसाव राखिने छ र सबैका सामु सार्वजिक गरिनेछ । रकमको स्थिति हेरेर प्रधानमन्त्री कृयालय मार्फ्त वा हेल्प नेपाल मार्फत सम्बन्धित ठाउमा पुर्याइनेछ र सोको जानकारी पनि सम्पूण दानवीर मित्रहरूलाइ गराइनेछ । तपाइहरूलाइ म एउटा अत्यन्तै मार्मिक तर वास्विकता सुनाउन चाहन्छु । तपाइहरू सवैलाइ थाहा छ कण शाक्य को हुन भनेर तर तपाइलाइ थाहा छैन होला उनले क्यान्सरका कारण श्रीमती र छोरी गुमाउनु पर्यो तर उनी यो वियोगान्त अरू नेपाली मनमा नपरोस भनेर हालको चितवन क्यान्सर अस्पताल स्थापना गरे। भाटभटेनी सुपर्रमार्केटका मालिक मिन बहादुर गुरूङले महाराजगञ्ज शिक्षण अस्पतालमा अत्याधुनिक आकस्मिक उपचार भवन निमार्ण गरे उनी सामान्य परिवारको मान्छे जो सिटामोलको अभावमा झन्डै अपाङ्ग हुनु परेको थियो । तपाइलाइ थाहा नहुन सक्छ संसारको सवभन्दा सुखी राष्टहरू भानुआटु, डेनमार्क, फिनल्याणड, नर्वे कुनै अमेरिका वेलायत जस्तो शतिशाली राष्ट्र भएर भएका होइनन इमान्दार र समाजसेवी नागरिक भएर सम्भव भएको हो । हाम्रो देश जति सुन्दर छ त्यसरी नै संसारको सम्पन्न र सुखी राष्ट्र पनि हुनुपर्ने तर विडम्वना त्यो हुन सकेन। त्यसका पछाडि अनेकौ कारणहरू छन भने केही हद सम्म हामी प्रत्येक नेपाली पनि जिम्मेवार छौ।

आज म सवै कुवैतवासी सम्पूण नेपालीहरूमाझ प्रति महिना 100 फिल्सको भिक्षा मागेको छु । यो एउटा सुरूवात गराइदिन चाहेको हु यसबाट धेरैले इमान्दार बन्न सिकुन समाज सेवी कल्याणकारी भावाना पैदा होस् भन्ने मेरो क्षण आशा छ । कृपया तपाइहरूको सहयोग पाउने आशा गरेको छु । फेरी तपाइहरू भन्नुहोला हामीसगँवाट मात्र पैसा संकलन गर्ने उसले चाहि नगर्ने म कदापी तपाइहरूलाइ त्यस्तोसोच्ने मौका दिने छैन । म तपाइहरूलाइ खुलस्त पार्न चाहन्छु म कुनै ठूलो व्यापारी तथा पूजीपति र सम्पन्नशाली नभएपनि प्रति महिना मेरो तलबबाट 10 केडी कल्याणकारी कार्यको लागि छुट्याउने घोषणा गर्दछु । हुन त म गफै गरेर 50-100-200 के डी भन्दिन र म त्यति ठूलो योगदान दिन सक्ने सक्षम कर्मचारी पनि होइन ।र म चाहन्छु तपाइहरूले छुट्याएको सानो रकमवाट कसैको पनि दैनिक खवुज गुजारामा अप्ठ्यारो नपरोस् र सहयोग गर्दा छुकछुक गर्नु पनि नपरोस एवम् गरेपछि किन गरे भनेर आफैले आफैलाइ भन्न नपरोस अनि घर फर्के पछि परिवारमा किन सहयोग गरेको भनेर परिवारमा पनि झगडा नहोस भन्न चाहन्छु । तपाइको 100 फिल्सको कतिको ठूलो उपलब्धि हुनेछ त्यसको लागि त नतिजा थाहा पाउन केही समय कुर्नै पर्नेछ । म नेपाल आमा र पशुपतिको कशम खाएर भन्छुकी यदि मैले केही गर्न सकिन भने तपाइसामू घोषणा गर्नेछुकी संकलित सो रकम दुख पाएका पीडित कामदारको उद्दारमा गर्ने छु र एक फिल्स पनि व्यक्तिगत प्रयोजनमा प्रयोग गरेर तपाइको पसिनाको खिल्ली उडाउने छैन । तपाइहरूका दानी र सहयोगी हातहरू सदै सदै सलवलाइ रहुन तपाइहरूलाइ फेरी मेरो यो अनुरोध स्वीकार गरी पढ्नुभएकोमा धन्यवाद दिदै यो सानो आग्रह अनुरोध तपाइ जे भन्न रूचहउनुहुन्छ गरेको कदममा अगाडी वढ्नुहुनेछ भनि आशा गर्दै विदा माग्न चाहन्छु वाकीँ 100 फिल्समा चिनजानी गरौला ।

म तपाइहरूलाइ कुनै सांस्कृतिक कार्यक्रम गरेर नेपालदेखि कलाकार ल्याएर तपाइहरूबाटै रकम चन्दा उठाएर कलाकार पोस्न, टुहुरा अशिक्षित, अनाथ अशक्त वालबालिका तथा गरिव नेपालीलाइ विस्रेर धुनमा मात मिसाएर झुम्नु मेरो धर्म होइन र चाहन्न। म त चाहन्छु तपाइहरूबाट उठाएर प्रत्येक हप्ता महिना जसो गरीने कार्यक्रमलाइ वन्द गरी नेपालको विकासमा कल्याणकारी कामको थालनी कुवैतवाटै गरियोस् ।तपाइहरू भन्नुहोला कति आदर्शको कुरा गर्दो रहेछ तर हाम्रो वास्तविकता यही हो सत्य तितो हुन्छ, अपच हुन्छ सोच्ने र मूल्यांकन गर्ने र उपयुक्त बाटो रोज्ने जिम्मेवारी तपाइको…

मैले यति भनिरहदा तपाइको मनमा धेरै ज्वारभाटाहरू पैदा भए होलान तर पनि तपाइले निसन्देश ढिलै भएपनि सही वाटोमा हिड्ने उचित तरिका बुझ्नुभयो भन्ने मलाइ लागेको छ बाकी भविष्यले देखाउने छ । हाम्रो इमान्दार कदमलाइ भोलि अन्य राष्ट्रमा बस्ने नेपालीले समेत अनुशरण गर्नेछन । जय देश, जय पशुपतिनाथ…. !!!!!!

30 responses to “हाम्रो इमान्दार कदमलाइ भोलि अन्य राष्ट्रमा बस्ने नेपालीले समेत अनुशरण गर्नेछन..

  1. भुबन सर म तपाई संग सहमत छु

  2. full support chha mero pani bhuwan ji.

  3. भुवन सर नमस्कार! हजुरले सबै नेपालीसाथीहरुलाई बिनम्र पूर्वक सल्लाह गर्नु भएको अपिल मैले पुरै पढे । हजुरको भनाइ सत्प्रतिसत अती राम्रो छ हामी जती सानो सेलरी हुनेलाई कुनै मर्का पर्ला जस्तो लाग्दैन । ”एक ले थुकी सुकी सय ले थुकी नदी ”भने जस्तै धेरैले गरेको सानो डोनेसनले गरीबी निबारण र अन्य बिकासमा महत्व्पूर्ण टेवा मिल्छ भने हामी किन सुरु नगरने ? तर दुतावसमा मात्र कलेक्सन पेटिका राखेर द्रुत गतिले जम्मा हुँदैन । स्व्च्छ प्रतिनिधि को जिम्मा दिएर यू ए इे एक्स्चेन्ज जस्ता जग्गामा मलियातिर राख्न सक्दा झनै राम्रो होला जस्तो लाग्छ जे होस् उद्रित कदम स्वागत योग्यchha . म जस्तोको लागि । दीपक के० सी० ,कुवेत रिग्गाई (इटहरी )

  4. It’s a good initiative Bhuwan Sir. Come on let’s go ahead.

  5. bhuwan sir mero full support yi bichar lae tar karyanayan garaune kura lae hami nepali le tan man lagaunu parcha …………………….

  6. gaula tapaiko idea sarai chitta bujhdo chha. tapaiko yo pabitra karyama ma hartarahle sahyog garna taiyar chhu.ramro kamko lagi dhila garnu hundaina tashartha yo abhiyan turuntai suru garau.bhannus hai maile k garnu parla.thanks

  7. धर्म राज गिरी

    भुवन सर हजुरले अहिले सम्म कसैको आइडिया मा नभएको कुराहरु कुवेतमा रहेका नेपाली बिच राखनु भएको छ यस्मा म लगायत मेरो सस्था माउण्ट एभ्रेस्ट स्पोर्टिङ् क्लब काठमाडौं कुवेत ले फुल सपोर्ट गर्ने छ।

  8. भुबन सर नमस्कार, हजुरले लेखेको म सबै पढे बदो खुशी लाग्यो, यस्तो राम्रो बिचार र योजनाको लागि धन्यवाद , तपाईंको जस्तै बिचार सबै नेपालीको मन भित्र पहलाउने हो भने नेपाल र नेपाली को लागि अती नै राम्रो हुने छ, महामहिम रज्दुत मधुबन सर, पुष्प सर ले बनाउनु भयको नेपाली लाई रोज्गारी दिने माध्यम को लागि पनि प्रसन्न छु र् धन्यवाद दिन चाहन्छु ,लाखौं नेपाली दाजु भाई दिदिबहिनीहरु नेपालमा जागिरको खोजी र अब्सरको खोजी मा भौतरियर हिडिरहेका छन, यो सबैलाई थाहा भयको कुरा नै हो,दुख को कुरा यो छ कि नेपाल सरकारले पनि भोका नाङा नेपालीहरुको लागि राम्रो बबस्थको पहल गरिदियको भय हाम्रा नेपाली हरुले यो सास्ती भोग्नु पर्ने थियन,अहिले सम्म त प्रकृतिले पनि साथ् दिअयको थियो तर अब प्रकृतिले पनि सताउने बेला भयको छ ,यो कुरा नेपालका राजनीतिक दल हरुले बुझेका छैनन जस्तै लाग्छ,हामी सबै यक हुनु पर्छ असम्भब हुने प्रसन नै छैन, म हजुरलाई फुल्ली सहयोग गर्ने छन , आशा छ सबै नेपालीको हजुरको सपोत आउने छ,
    पैसा जम्मा गर्ने तरिका दिन बिनम्र अनुरोध गर्दछु,

    बिकास मगर
    lovenepal5010@yahoo.com

  9. sabai nepali haru ko man ma ystai soch bhayo bhane hamro nepal atinai sundar hune thiyo hola dhanyabad dhurba shar tapai ko shujhab ma pani tayar chhu god bless you.

  10. कृष्ण पाण्डे

    भुवन जि , मेरो भाग को रकम्, मेरो यो महिना को ज्याला आएपछी कम्तिमा एक बर्षको एकै चोटी बुझाउछु है । किनकी कुनै महिना म बिर्सिन सक्छु । अनि शुभ काम को लागि शुभकामना । कृष्ण पाण्डे , जयनेपाल !!!

  11. Bhuban Jee,
    What a brilliant idea, i am with you.

    Kind regards,

  12. Thak you Bhuwan Sir,
    Highly Warm Welcome to your initiative for your Social Services,to build a New Nepal with leading to peoples of Nepalese. Still Present working in Kuwait,
    Yes, Now Proudly we saying, Please leading to all,Truely,Honestly & Rightway Buwann Jee,
    Please Donot play with Peoples..
    Gohead we are always & Forever with You,
    God Bless You forever.
    Saron Bee.

  13. HI, its really a good concept & all must think on this.full support fom my side.100 fills concept should GO ahead as sooon as possible……….

  14. नेपाल अामालाइ सहयोग्

    सर्व प्रथम तपाइहरूको अमूल्य समयका साथ अमूल्य शब्द तथा भावनाहरूको हामी र हाम्रो जस्ता ह्रदय भएका सबै नेपालीहरूले धन्यवाद दिनै पर्छ । हामी तपाइहरूको सुझावलाइ सुझावको रूपमा मात्र लिने छैनाै हाम्रो लागि यी मार्ग दर्शन हुनेछ हामीलाइ सही बाटोमा हिड्दा हिड्दै ठेस लाग्नबाट बचाउनको लागि सचेतता दिनेछन । हामी तपाइका सल्लाह सुझाव अनि सहयोग को सदा सर्वदा भोका छाै निः सन्देह फोन इमेल जुनसुकै माध्यमबाट हामीलाइ सम्पर्क गरि हामिलाइ थप उर्जा प्रदान गर्नुहुने छ भन्ने हामीले अाशा लिएका छाै ।

    सम्पूर्ण कर्मवीर तर अभागी नेपालीको
    पसिनाले भिजेको सय फिल्स
    नेपाल अामालाइ

  15. भुवन जि, हजुरले यति लामो नसोच्नु हजुर हरुले अहिले यम.बि.सी. बाटै सकेको सहयोग कुवेत बासी लाई दिनु भयो भने कप्फीहो यो सय फिल्स को पछाडी नलाग्नु हजुर जुन कम मा आयको हो तो कम राम्रो साग छिटो छरितो गरेर सेवागारे धेरै हो ! सहयोग कार्य हामी कुवेत बासीले सकेको गरिराको छौ सय फिल्स जम्मा गर्नु पर्दैन ! भुवन जि,आफनो ठाउबाट सेवा सहयोग गर्नुहोस धन्यवाद .

  16. full support mero tarpha bhata pani bhuwan sir k kati ra kaha gayara k garna parchha hami pani lagne chhau sir ra ma lagayat nepal manpower association ko pani full support chha sir . tapaiko bicharlai ma yauta nepali bhayako le garbako saath solut garchhu sir thanx ramchandra subedi

  17. भुवन जि, हजुरले यति लामो नसोच्नु हजुर हरुले अहिले यम.बि.सी. बाटै सकेको सहयोग कुवेत बासी लाई दिनु भयो भने कप्फीहो यो सय फिल्स को पछाडी नलाग्नु हजुर जुन कम मा आयको हो तो कम राम्रो साग छिटो छरितो गरेर सेवागारे धेरै हो ! सहयोग कार्य हामी कुवेत बासीले सकेको गरिराको छौ सय फिल्स जम्मा गर्नु पर्दैन ! भुवन जि,आफनो ठाउबाट सेवा सहयोग गर्नुहोस धन्यवाद

  18. bhuban sir good wey paisa kamaune auta ramro natak thanks

  19. नेपाल अामालाइ सहयोग्

    सुझाव दिनुहुने सवै मित्रहरूलाइ ह्रदय देखिनै धन्यवाद दिन चाहन्छु र जसले विमति जनाउनु भएको छ उहाँहरूलाइ थप कुरा प्रष्ट्र पार्ने अनुमती चाहन्छु । हो म सरकारी कर्मचारी हो र मेरा अाफ्नै पेशागत नैतिकता र नियमहरू छन । फेरी मैले व्यक्तिगत रूपमा यो काम गर्न पनि मिल्दैन र तपाइहरूलाइ थाहा छैन होला निजामति कर्मचारीले यी काम गर्दा सरकारको पूर्व स्वीकृति लिनु पर्दछ लगायत यावत प्रक्रिया रहन्छ जो जटिल छ । मैले यो एउटा अवधारणा तपाइहरू सामू प्रस्तुत गरेको छु । नेपाली समाज मर्यादित होस अनुसाशित होस अनि कल्याणकारी समाजसेवी र चचनात्मक समुदायको रूपमा सृजनाहोस जसले गर्दा नेपाल र नेपाली लाइ नै फाइदा होस भन्ने शिवाय मेरो कुनै लोभ लालच र चर्चामा अाउने कुनै भित्री कपोलकल्पित एवम तुच्छ चाहना पनि छैन । यस मिया मिशन विल्कुलै सामाजिक दायित्व बोध सृजना गराउने प्रयास हो । यसमा तपाइले सहयोग गर्नै पर्छ भनेर कर काप कुनै हुनु हुदैन र तपाइको सोचाइ स्तर कस्तो छ समाजलाइ हेर्ने र केही कल्याणकारी काम गर्ने भन्ने बुझ्नको लागि पनि मैले मिडिया माफ्त राय बुझ्ने प्रयास गरेको हो । म चाहन्छु तपाइहरू मिलेर जुटेर यदि यो मिशनलाइ अगाडि बढाउनुभयो भने हामीले यहाँको समुदायबाट ठूलो कल्याणकारी काम गरी देशको लागि केही गरेर देखाउन सक्छाै । मैले यहाँ एउटा सोचको विकाश गरे र मलाइ धेरै भन्दा धेरै मित्रहरूले फोन गरेर एकदम राम्रो कुरा हो अव कसरी अगाडी बढ्ने खाका गराउनु पर्यो भन्नु भएको छ । त्यसकारण हामी सकारात्मक सोच तिर लाग्याै भने मिया फिल्स दिनु पनि पर्दैन वास अाफ्नै गाउ ठाउमा रहेका गरिव दिन दुखीलाइ सहयोग गराै सही सोचाै अनि यो परिवर्तन अाएको खण्डमा तपाइलाइ खाडिमा बसे पनि एक किसिमको मनमा अान्नद अाअाेस अनि नेपाली नेपाली विच भाइचाराको नाता प्रगाढ होस हाम्रो पहिलो परिचय भनेकै नेपाली हो नकी म अादिवासी म नेवार गुरूङ तामाङ ……………………………….

    यसलाइ अन्यथा नलिनुहुन अनुरोध गर्दछु ।
    भुवन पाैडेल

  20. भुवन सर पुन दोस्रो भेट्घाट्मा नमस्कार ! म दीपक के० सी० को , यो कुरालाई मैले पनि राम्ररी हेरिरहेकोछु लेखको अन्त्यमा जे जती सहमती र बिमती आयो अहिले सम्म राम्रो सल्लाह आएको छ । तपाईं हामी को हौ थाहा छैन परिचय पनि छैन तर हामी एक परिवार हुँ । पारिवारिक सल्लाह गर्नु कुनै अपराध होइन ब्यक्तिगत रुपमा सहमती नहुन पाइयो । साथीहरुले ५,६ महिनाको अवस्था हेर्नु ,हेरौ सबैले । हामी धेरै जनामा सबैखाले कुरा आउनु भनेको कुनै नौलो कुर होइन । हो भुवन सरले भन्नुभयो – कर्मचारीको दायरा भित्र रहेर काम गर्नु पर्ने हुन्छ ,टर्च देखाउने मान्छे पछाडि हुन्छ तर हिडने मान्छे हरु त अगाडि हुन्छन । सबै प्रकृया पुरा गरेर वहाँले बाटो देखाउनु हुन्छ भने काम त हामीले पो गर्नु पर्‍यो नि । दोशारोपण को कुनै लिन्दिन नगरौ ,लिखित पे गर्ने सिस्टम बनाउने भये त्यो पनि जे जती उठेको क्लिएअर हुन्छ । दुतावासका कर्मचारीले अफिसको काम बाहेक अन्य रचनात्मक सल्लाह र सहयोग गर्न चाहनु हुन्छ भने हामी किन टाढीने मेरो धारणा सकरात्मक छ। दीपक के० सी० कुवेत ,रिग्गाइ (इटहरी)

  21. भुवन जि, हजुरले यति लामो नसोच्नु हजुर हरुले अहिले यम.बि.सी. बाटै सकेको सहयोग कुवेत बासी लाई दिनु भयो भने कप्फीहो यो सय फिल्स को पछाडी नलाग्नु हजुर जुन कम मा आयको हो तो कम राम्रो साग छिटो छरितो गरेर सेवागारे धेरै हो ! सहयोग कार्य हामी कुवेत बासीले सकेको गरिराको छौ सय फिल्स जम्मा गर्नु पर्दैन ! भुवन जि,आफनो ठाउबाट सेवा सहयोग गर्नुहोस धन्यवाद ho sir hajur haru lai yasto gardaima ramro bhanidain aafno kam ma nikpachhe hunu hosha m b C le kasto kam gar6 bhane hamilai ramro sang thaha 6 gadha lai gai banauna nakojnuhola thank aafno aatmama lagnuhola nepal gayae m b c le gareko kam so gardai chham b4 garnu hola

  22. sita magar (pokhar nepal)

    kin m b c mai rakhanu paro hami ta m b c nai aaudainam 100f ko lagi 500 fils kharchha hun6 hajur haru kam nai garnu huna kasle din 6 k kam garda paisa hun6 bhandai hunuhun6 kamaunu hosh kamaune maika feri mildain sir

  23. nakali married parmad paatr banayar 80 k d liyako hami sang prove 6 yasto le testo kura garda hamilai laglagdai 6 hernuhos hamile kamayako paish pani nepal mai janchha k to pani nepal ko nai ho tesbatai sarkar chaleko hola school hudaima hudain na hola tesma kusal manish ko aabasek hun6 sarkhar le diyako 6 ni jila jilama helpot khai ta sewa mileko sarmar ko niti ramro aaos nani nepal ban6 sir married gareko chaina kam gardaima nepal bhandain na la

  24. नेपाल अामालाइ सहयोग्

    पहिलो कुरा गिता जी तपाइलाइ सुझावको लागि धन्यवाद छ । अनि जुन बिवाह दर्ताको पेपरमा पैसा खाएको तपाइसगँ प्रमाण छ भनेर अारोप लगाउनुभयो। तपाइसगँ प्रमाण छ भने दूतावासमा अाएर मसगँ किन भन्न सक्नुभएको छैन। यदि तपाइ इमान्दार नेपाली हो भने गलत काम गर्नेका विरूद्द किन नलाग्नुभएको । मैले कसैको विवाह दर्ता गराएर कसैको पसिनाको कमाइ खान अाएको होइन । मलाइ नेपाल सरकारले तलब भत्ा उपलब्ध गराएको छ । यरसर्थ त्यो प्रमाण लिएर अाउने हिम्मत किन नगरेको । हुन सक्छ तपाइलाइ झुठको खेती गर्नेहरूले भनिरहेका होलान र मेरो नसिवले देखेसम्म गल्ती गरेको छैन ।यदि तपाइले प्रमाण लिएर अाउनुभयो भने मलाइ पनि गल्ती गरेको रहेछु भने मैले यहाँनिर गल्ती गरेको रहेछु भन्ने ज्ञात त हुने थियो ।अन्याथा तपाइले अाफै भ्रमको खेती गर्नु कदापी राम्रो हुने छैन । मैले जो लेख लेखेको थिए त्यो विकुल कसैलाइ केही असर नपरोस अनि नेपाली इमान्दार बनुन भन्ने हो हामी नेपालीको नकारात्मक सोचाइ हटोस भन्ने हो ।

  25. nameskar tapaiko b4thik ho jasto lag6 1oo pils jamma garna pani thulo kura hoina tara tapaiko karyakal pachi arko karmacharile pani tapaiko batoma hidna saklara yadi sabai karma charile sakaratmak soch rakheko vaye desh ma vastachar hune nai thiyanni sir?

  26. kati ramro idea.tara sirsak (nepal aamako namma) bhanda (thagne ramro idea) bhandama upukta hune thiyo ki?

  27. Thank you so much Dear Bhuwan Sir, we fully support on this plan, indeed this is a supportive action to “Nepal Aama”
    Best regards
    Indra P. POKHAREL / Kuwait

  28. खगेन्द्र प्र.िसलवाल

    भुवन सर, सर्वप्रथम तपाई अनि तपाई को यो लेख लाई हृदय बाट सलाम, तपाई को लेखलाई अनी बिचार लाई सतप्रतिशत सम्मान र समर्थन गर्दै सहयोग गर्ने छु । मेरो बिचार मा यस कामको लागी पारदर्शि र आफ्नो स्वार्थ भन्दा माथी उठेर काम गर्ने हरुको एउटा समुह बनाएर अगाडी बड्नु पर्छ यस समुह मा राजनिती पृष्ठभुमी भएका कुनै पनि व्याक्ती राखिनु हुदैन ।।।।।

  29. भुवन सर ! अनी यो कुराको कार्यान्वयनको लागि अल्पमत कै कदर भएर प्रोसेस अगाडि नगएर स्थगित भएको मान्नु पर्‍यो हामिले ? Deepak k.c. itahari

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.