बिबाहमा बेहुली पनि दाह्री काटेर बसिन्


३ जेठ, काभ्रे – काभ्रेको कुशादवी २ ओडारेका एक दलित परिवार अनुहारभरि रौं पलाउने र गिजा बाहिर आउने समस्याबाट ग्रस्त भएका छन् । ५६ बर्षकी गोमा सुन्दास र उनका भाई शालिग्राम खर्चको अभावले बर्षौदेखि यो रोग पालेर बसेका छन् । शालिग्रामकी ६ महिनाकी छोरी आशिकाको समेत अनुहारभरि रौं आएको छ भने गिजापनि सुनिएर बाहिरै देखिने भएको छ ।

‘मामा घरका हजुरवाबाट सुरुभएको यो रोग आमालाई पनि थियो । पछि म, भाई हुँदै ६ महिनाकी भदैनीमा देखिएको छ,’ गोमाले भनिन् ‘मामा र मामाका छोरा नातीमा भने यो समस्या आएको छैन् ।’

जन्मजात गोमाको जिउभरि रौं नै रौं थियो, पछि उनको गिजा पनि सुनिएर बाहिर आएको छ । घरबाट बाहिर जाँदा आमाले गोमाको दाह्री खौरिदिन्थिन् । उनकी आमालेपनि दाह्री खौरनेनै गरेकी थिईन् । अहिले पनि समूहको बैठकमा जाँदा, लुगा सिउनजाँदा दाह्री खौरिएर नै जाने गरेको गोमाले बताएकी छन् ।

कपाल फूलेपछि उनको दाह्री पनि सेताम्मे भएको छ । उनले हरेक तीन तीन दिनमा दाह्री काट्ने गरेको पनि बताएकी छन् ।

एकदिन नुहाएर दाह्री काट्न विर्सिएर बाहिर निस्कदा गाउँका केटाकेटीमा रुवाबासी चल्यो, त्यसपछि त नानीहरुले निहुँ खोज्यो कि ऊ गोमाआई भन्छन् । त्यसपछि दाह्री नकाटी हिडेको छैन्, दाह्री काट्ने, कापाल बाँध्ने र बाक्लो गाजल लगाएर हिड्ने गरेको उनले बताईन् ।

विवाहमा पनि दाह्री काटेर बसेको उनले बताईन्, ललितपुरको सिस्नेरीका पाको उमेरका केटासँग विवाह गरेकी उनले बेहुलीहुदा पनि दाह्री काटेरनै बसेको बताईन् । उनका दुई छोरी रहेका छन् । जेठिलाई यो समस्या नदेखिएपनि कान्छिलाई भने यो समस्याले सताएको गोमाले बताएकी छन् ।

आफ्नो रोगका ’boutमा गाउँका मान्छेले नबुझेर अलच्छिना भन्ने गरेपछि आफू नानिहरुलाई लिएर माईतमै बस्न थालेको भन्दै गोमाले भनिन् ‘बाहिर हिँड्दा नौलो मान्छन्, मुखमा ट्वाल्ल हेर्छन्, कस्तो जुनी लिईछु जस्तो लाग्छ, भगवानलाई दोष दिँदै बस्छु गोमाले गरेको गुनासो आजको नागरिकले छापेको छ । उनले नागरिकता र मतदाता परिचय पत्रका लागि फोटो खिच्दा पनि दाह्री काटेरै खिचेको बताएकी छन् ।

Source: Onlinekhabar

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.