छ वडाका तीन हजार घर खरानी, पाँच घाइते


मिथिलेश यादव, औरही (सिरहा) जेठ ३ -सिरहाको सुब्बा औरही गाविसमा मंगलबार भीषण आगलागी हुँदा छ वडाका तीन हजार घर जलेर खरानी भएको छ।आगलागीबाट भाग्दाभाग्दै पाँच घाइते छन्। एक हजार परिवारका घरसँगै लुगाफाटो, अनाजलगायत सबै सम्पत्ति नष्ट भएको छ।

आगलागीमा पर्नेमा सोमन यादव, सुमेश यादव, रेक यादवकी पत्नी छन्। दुईजनाको नाम खुलेको छैन। घाइतेका जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ।
पश्चिमतर्फको ३ नम्बर वडास्थित नथुनी यादवको घरबाट दिउँसो २ बजेतिर आगो सल्केको थियो। खाना पकाएर आगो त्यत्तिकै छाड्दा फुसमा सल्किएको आगो हुरीले एकैछिनमा बस्ती ढाकेको स्थानीय वेचन यादवले बताए।
पश्चिमबाट पूर्वतिर तीव्र गतिमा हुरी चलेकाले आगलागीले केहीबेरमै छवटा वडा सखाप पारेको उनले जनाए।
आगलागीमा फुसका सबै र थुप्रै पक्की घरका समेत चौकोस, ‰यालढोका, कोठाभित्रका सबै सामान जले।
आगलागीको हल्ला भएपछि छिमेकका गाउँ बरियारपटी, तेनुवापटी, शिवनगर, दरैहियालगायत १० गाउँका हजारौं जम्मा भएका थिए।
लगत्तै लहानबाट वारुणयन्त्र र बरियारपटीबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई खबर गरे पनि वारुणयन्त्र आइपुग्न करिब दुई घन्टा लागेको पीडित देवनारायण यादवले बताए। ‘वारुणयन्त्र ढिलो आयो, आगो तेज भएकाले हामी हेरेर बस्यौं, निभाउनै सकेनौं,’ उनले भने।
बेचनका अनुसार वारुणयन्त्र आउँदासम्म ७ सय परिवारको २ हजार बढी घर जलिसकेको थियो। वारुणयन्त्र आएपछि भने आगो थप फैलन नपाएको उनले बताए।
घटनास्थल सिरहा सदरमुकामबाट करिब सात किलोमिटरपूर्व छ। सिरहा नगरपालिकासँग वारुणयन्त्र छैन।
घर जलेको हेर्दाहेर्दै थुप्रै बेहोस भएका थिए।
बेहोस रामरतिलाई पानी छ्यापिरहेका रविन्द्रलाल चौधरीले भने, ‘यस्तो विपद कसैलाई नपरोस्।’
जिल्लामा सम्पन्न (जमिनदार) बस्ती मानिने औरहीलाई जिल्लाकै राजधानी मानिन्छ। घटनामा करिब २ अर्बको धनमाल क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ। एउटा घरमा करिब १० क्विन्टल चामल, त्यत्तिकै परिमाण गहँु र धान रहेको स्थानीयको आँकडा छ।
औरही घटना यो मौसमकै सबैभन्दा ठूलो भएको प्रमुख जिल्ला अधिकारी धु्रवप्रसाद ढकालले जानकारी दिए। यसअघि वैशाख १६ गते सिरहाकै शिवनगरमा भएको आगलागीमा १ सय १५ परिवारका २ सय ७० घर जलेको थियो। वैशाख २ गते लहानबाट उत्तरवर्ती गाउँ भदैयामा पनि आगलागीबाट १० घर जलेको थियो। ४ गते सप्तरीको कदमाहामा दस घर जलेको थियो भने ७ गते सिरहाको खरुकियाहीमा भएको आगलागीमा ३० घर, सोही दिन सोनमती मझौरा र लहानमा भएको आगलागीमा १० घर, सोही दिन सप्तरीको दौलतपुरमा १० घर, १० गते सप्तरी त्रिकौलमा डेढ सय घर, सोही दिन सिरहाको हनुमाननगर कुर्वामा १५ घर जलेर नष्ट भएको लहान वारुणयन्त्र कार्यालयको तथ्यांक छ।

Source: Nagarik
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.