भुवन पौडेल
नेपाली राजदूतावास, कुवेत
प्रिय मित्रहरू ! आज म तपाइहरू जस्ता ठूलो हृदय भएर पनि दिल खोलेर व्यक्त गर्न नपाउनु भएकोमा हृदय देखिनै धन्यवाद दिदैं दुइ शब्द राख्ने अनुमति माग्न चाहन्छु । हाम्रो देश नेपाल हो र हामी गरिबीको दुश्चक्रले गर्दा यो तातो वालुवामा आउनु हाम्रो वाध्यता हो । हामीले सोच्नुपर्ने वेला आएको छ कि अव हाम्रो अर्को पुस्तालाइ पनि यो मरूभूमीमा वोलाएर सडाउने कि सपार्ने हाम्रो काधँमा छ । हामी सधैं सराप्ने गर्छौ राजनीतिले देश विगार्यो खतम वनायो सधै बन्द हडताल मात्र । यावत विभिन्न समस्याले गर्दा बरालिएर विदेशिनु भएको हो भने म तपाइ प्रति केही थप कुरा राख्ने अनुमति चाहन्छु । यो नेपाल हाम्रो हो कुनै राजनीतिक दल विशेषको पेवा होइन दल विशेषलाइ भन्दा देशको माया हामी विराट हृदय भएका नेपालीलाइ लाग्छ । पढ्नेक्रम जारी राख्नुहोस्