Daily Archives: 15/05/2012

बिहीबार संसद बस्ने, महत्त्वपूर्ण सबै विषयमा सहमति, ११ प्रदेश हुने, एमाले सरकारमा जाने


माधव ढुङ्गेल, काठमाडौं, जेठ २- बिहान ९ बजेदेखि प्रधान मन्त्री निवासमा बसेको ४ दलको बैठकले संविधानका सबै विवादित विषयमा सहमति गरेको छ। सहमति अनुसार ११ प्रदेशमा राज्य पुनर्संरचना गरी देशलाई सङ्घीय स्वरुप दिइनेछ। यो सहमतिसँगै एमाले पनि सरकारमा सामेल हुने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

श्रमिक ग्रुपको थप आयाम,श्रमिक गेष्ट प्यालेसको सन्चालन


काठमाण्डौ, नेपाल-विश्व श्रमिक दिवसको अवसर पारेर गैर आवासिय नेपालीहरुद्धारा काठमाण्डौ गंगबुमा संचालित श्रमिक गेष्ट प्यालेसको विधिवत उद्घाटन गरिएकोछ। श्रमिक गेष्ट प्यालेसको सभा कक्षमा भएको सो कार्यक्रमको प्रमुखअतिथी कतारको लागी नवनियूक्त नेपाली राजदुत डा. मायांदेवी शर्मा हुनुहुन्थ्यो । पढ्नेक्रम जारी राख्नुहोस्

गजल


मनोज “मनसुन ”

 

 

 

मन भई हुन्न अब लगन हुनु पर्छ यहाँ
सबैलाई अफ्नो पार्ने बचन हुनु पर्छ यहाँ

बोल्नमात्र सजिलो हो गर्न धेरैदुख हुन्छ
ईमान्दारी मानविय चलन हुनु पर्छ यहाँ पढ्नेक्रम जारी राख्नुहोस्

इजरायलमा २५५६औँ बुद्धजयन्ती भव्यताका साथ सम्पन्न


१२ मइ, तेलअबिब, इजरायल: लुम्बिनी-कपिलबस्तु दिवस अभियान इजरायल रास्ट्रिय समितिले बिभिन्न संघ सस्थाहरुसंग संयुक्त रुपमा तेलअविव स्थित लेवेन्स्की पार्कमा २५५६ औं बुद्ध जयन्ती बिहान ११ बजे देखि खुल्ला मंचमा शान्ति –याली सहित धार्मिक विधीअनुसार पाठ पूजाबाट कार्यक्रम आरम्भ गरि भब्यताका साथ मनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

प्रदेश’bout भइरहेका प्रर्दशनप्रति बानको चिन्ता


२ जेठ, काठमाण्डौ – राष्ट्रसंघीय महासचिव बान कि मुनले आसन्न संघीय नेपालका बिषयलाई लिएर नेपालमा दिनहुँ भइरहेका प्रर्दशनप्रति चिन्ता ब्यक्त गर्नुभएको छ । नेपालको पछिल्लो घटनाक्रम’bout उहाँका प्रवक्ताले गएराती एक बिज्ञप्ति जारी गर्दै नेपालका राजनीतिक दलहरुलाई आ-आफ्ना असहमतिबाट माथि उठेर जनआकांक्षा सम्बोधन गर्न राष्ट्रिय सहमतिमा पुग्न आह्वान गर्नुभएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

‘त्यता मोड्नै नहुने’


सुशील भट्टराई, काठमाडौं, जेठ २ -अग्निको १९ सिट क्षमताको डोर्नियर जहाज बिहान ९:३० बजे पोखराबाट उड्यो। जहाज उड्नुअघि कुनै प्राविधिक त्रुटि नदेखिए पनि जोमसोम अवतरण गर्ने बेला ‘केही समस्या’ देखियो। विमानस्थलको मौसम सफा थियो। पढ्नेक्रम जारी राख्नुहोस्

आयल निगमलाई दुई अर्ब दश करोड दिने


काठमाडौँ, जेठ २ – सरकारले पेट्रोलियम पदार्थको आपूर्ति सहज गर्न नेपाल आयल निगमलाई रु २ अर्ब १० करोड ऋण सहायता दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले अर्थ मन्त्रालयबाट रु ५० करोड, कर्मचारी सञ्चय कोषबाट रु ६० करोड र नागरिक लगानी कोषबाट रु १ अर्बसमेत गरी रु २ अर्ब १० करोड नेपाल आयल निगमलाई ऋण दिने निर्णय गरेको मन्त्री वर्षमान पुनले बताए। पढ्नेक्रम जारी राख्नुहोस्