लालीगुराँस साँस्कृतिक परिवारको दोश्रो वार्षिकोत्सव १५ जूनमा, कास्किका हिमपहिरो पिडीतलाई नेरु. ५० हजार सहयोग गर्ने परिवारको घोषणा


कुवेतनेपाल, एड्मिन

कुवेतमा बिभिन्न नेपाली सँघ-संस्थाहरु सञ्चालित छन भने हरेक संस्थाको आ-आफ्नै बिशेषता छ । तर, कुनै संस्थाहरुको कार्यशैली भने पृथक किसिमको रहेको देखिन्छ जसमध्ये लालीगुराँस साँस्कृतिक परिवारलाई उदाहरणको रुपमा लिन सकिन्छ । नेपाली कला र संस्कृतिलाई जहाँ र जस्तो परिवेशमा भएपनी जिवित राख्नु पर्छ भन्ने मुल उद्देश्यका साथ बिगत २ बर्षदेखी कुवेतको नेपाली समाजमा सकृय रुपमा कृयाशिल रहेको अर्को बिशुद्द साँस्कृतिक संस्था हो लालीगुराँस साँस्कृतिक परिवार । तर, यसको कार्यशैली भने कला र संस्कृतिमा मात्र सिमित नरही कहिले खेलकुद त कहिले समाजसेवा प्रति पनि उन्मुख रहेको पाईन्छ । सन्दर्भ: यसै समाज सेवाको उठाउन खोजिएको हो, जसले हालै कास्की जिल्लामा हिमपहिरोबाट जीबनै क्षतबिक्षत बनाउन पुगेका पीडित परिवारहरुलाई नेरु. ५० हजार आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

परिवारका अध्यक्ष बि.बि मल्ल ठकुरीले पीडितहरु प्रति दु:ख व्यक्त गर्दै सो रकम छिट्टै नेपाल पठाउने जानकारी दिनुभयो भने आगामी जुन महिनाको १५ तारिखका दिन परिवारले आफ्नो दोश्रो वार्षिकोत्सव भव्यरुपमा मनाउने पनि सार्वजनिक गरेको छ । कुवेतमा कृयाशिल रहेका सम्पूर्ण नेपाली सँघ-संस्थाहरुलाई आफ्नो वार्षिकोत्सवमा उपस्थितिको लागि निमन्त्रणा दिंदै, वार्षिकोत्सव समारोहमा संस्थाको वार्षिक आय-व्यय सार्वजनिक गरिनुका साथै केही नेपाली नाचगानहरुको प्रस्तुति दिने र दिवा भोजको व्यवस्था समेत गरिने पनि अध्यक्षले कुवेतनेपाल डटकमलाई बताउनु भयो ।

स्मरण रहोस्, कुवेतको सबैभन्दा जेष्ठ संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवले पनि यसभन्दा पहिला हिमपहिरो पीडित प्रति दु:ख व्यक्त गर्दै नेरु. ६० हजार सहयोग गर्ने घोषणा गरेको थियो भने अन्य सँघ-संस्थाहरुबाट पनि सहयोगको क्रम जारी रहने आशाय व्यक्त गर्न सकिन्छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.