अग्नि एअरको विमान दुर्घटना, २१ मध्ये ७ जनाको जीवित उद्दार, हावा चलेकाले घाइते ल्याउन अवरोध


पोखराबाट मुस्ताङको जोमसोम उडेको अग्नि एअरको ९ एन एआइजी विमान जोमसोम विमानस्थल नजिकै डाँडामा ठोक्किएर दुर्घटना भएको छ। २१ जनामध्ये ७ जनाको जीवित उद्दार भएको छ। जीवितै उद्दार गरिएकाको पनि स्थिति गम्भीर छ। उनीहरुलाई तारा एयरको विमानबाट पोखरा ल्याइँदैछ। बाग्लुङबाट नागरिकन्युजकर्मी दिलिप पौडेलले जनाएअनुसार ९ जनाको शव निकालिसकिएको छ। उद्दारमा संलग्न प्रहरी निरीक्षक राजेन्द्र पोखरेलको हवाला दिँदै उनले भनेअनुसार ७ जनालाई जीवित उद्दार गरिएको छ। शव च्यापिएकाले निकाल्ने क्रम जारी छ। पोखरेलका अनुसार अरु जीवित भेटिने सम्भावना कमै छ।

पोखरास्थित नागरिकन्युजकर्मी सन्तोष पोखरेलका अनुसार १८ यात्रुसहित उक्त विमानमा २१ जना थिए। दुई भारतीय बालिका र दुई विदेशी जीवित रहेको पर्यटन व्यवसायी प्रकाश पौडेलले बताए। क्याप्टेन प्रभुशरण पाठकले उडाएको विमानका सहायक चालक एसडी महर्जन छन् भने एयरहोस्टेज आर हैजू छन्।

यसैगरी पोखराबाटै नागरिकन्युजकर्मी मनोज अधिकारीले पोखरा विमानस्थलबाट जनाएअनुसार घाइते अस्पताल ल्याउन ७ वटा एम्बुलेन्स एयरपोर्टमा तयारी अवस्थामा राखिएको छ। तर जोमसोममा हावा चल्न सुरु भइसकेकाले तीन घाइतेमात्र ल्याउन सकिने अवस्था रहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारीले जनाएका छन्।

यात्रुहरु मुक्तिनाथ दर्शनका लागि विमान चार्टर गरेर त्यसतर्फ गएका थिए।

Source: Nagarik

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.