Daily Archives: 14/05/2012

लालीगुराँस साँस्कृतिक परिवारको दोश्रो वार्षिकोत्सव १५ जूनमा, कास्किका हिमपहिरो पिडीतलाई नेरु. ५० हजार सहयोग गर्ने परिवारको घोषणा


कुवेतनेपाल, एड्मिन

कुवेतमा बिभिन्न नेपाली सँघ-संस्थाहरु सञ्चालित छन भने हरेक संस्थाको आ-आफ्नै बिशेषता छ । तर, कुनै संस्थाहरुको कार्यशैली भने पृथक किसिमको रहेको देखिन्छ जसमध्ये लालीगुराँस साँस्कृतिक परिवारलाई उदाहरणको रुपमा लिन सकिन्छ । नेपाली कला र संस्कृतिलाई जहाँ र जस्तो परिवेशमा भएपनी जिवित राख्नु पर्छ भन्ने मुल उद्देश्यका साथ बिगत २ बर्षदेखी कुवेतको नेपाली समाजमा सकृय रुपमा कृयाशिल रहेको अर्को बिशुद्द साँस्कृतिक संस्था हो लालीगुराँस साँस्कृतिक परिवार । तर, यसको कार्यशैली भने कला र संस्कृतिमा मात्र सिमित नरही कहिले खेलकुद त कहिले समाजसेवा प्रति पनि उन्मुख रहेको पाईन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

बंगालीको आक्रमणबाट ५ नेपालीको हत्या, १५ भन्दा बढी गम्भीर घाइते


पशुपती पावेल शर्मा, बाग्लुङ, हाल युएई (दुबई)
युएई – युएई स्थित आबुधाबी शहरको पश्चिम भेगमा रहेको हफ्सन-५ साईट हुन्डाई कम्पनिमा कार्यरत ३०० जति नेपालीहरुको समुहलाई हजारौँको संख्यामा क्याम्प क्याम्पमा आई बंगालीहरुको समुहले अर्क्रमण गर्दा कम्तिमा ५ नेपालीको ज्यान गएको र १५ भन्दा बढी गम्भीर घाइते भएको समाचार प्राप्त भएको छ । साथीहरुको जानकारी अनुसार गत शुक्रबार रातको ९ बजे पश्चात एक्कासी उनीहरु आई कोठा कोठामा रहेका नेपालीहरु माथि निर्मम तरिकाले सांघातिक हमला गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

विवादसमाधान उपसमितिको केहीबेरमा बस्दै


१ जेठ, काठमाण्डौ – संविधानका विवादित विषयमा मतदानका लागि प्रश्नपत्र तयार गर्न विवाद समाधान उपसमितिको बैठक सोमबार पनि बस्दैछ । केहिबेरमा बस्ने बैठकले शासकीय स्वरुप र निर्वाचन प्रणाली लगायतका ३० बटा विवादित विषयमा प्रश्नावली तयार पार्ने उपसमिति सदस्य कल्पना रानाले जानकारी दिनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

‘११ सय वर्ष पुरानो’ बुद्धको मूर्ति भेटियो


रुद्र खड्का, नेपालगन्ज, जेठ १ – सात महिनाअघि हुम्लाबाट हराएको बुद्धको मूर्ति आइतबार बाँकेको भारतीय सीमादेखि दुई किलोमिटर उत्तर सशस्त्र प्रहरीले फेला परेको छ। चाँदी र पित्तल प्रयोग गरी कास्मिरी कालिगढले तयार पारेको उक्त मूर्ति ११ सय वर्ष पुरानो भएको हुम्ला बडगाउँ-५ तोर्पास्थित खोरगुम्बाका टोप्डन लामाले बताए। पढ्नेक्रम जारी राख्नुहोस्

अग्नि एअरको विमान दुर्घटना, २१ मध्ये ७ जनाको जीवित उद्दार, हावा चलेकाले घाइते ल्याउन अवरोध


पोखराबाट मुस्ताङको जोमसोम उडेको अग्नि एअरको ९ एन एआइजी विमान जोमसोम विमानस्थल नजिकै डाँडामा ठोक्किएर दुर्घटना भएको छ। २१ जनामध्ये ७ जनाको जीवित उद्दार भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्