नेपाललाई हराउँदै एसीसी यु १६ को उपाधि मलेसियाले जित्यो


काठमाडौँ, वैशाख ३१ – विरनदीप सिंहको अर्धशतकले मलेसियामा भएको एसीसी यु १६ इलाइट कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई एक विकेटले पराजित गर्दै आयोजक राष्ट्रले जितेको छ।  मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल खेल मैदानमा पहिले टस जिती  ब्याटिङ सुरु गरेको  नेपाल निर्धारित ४० ओभरको खेलमा सात ओभर खेल्न बाँकी छँदै ११७ रन बनाएर अल आउट भएको थियो।   
ठूलो रनको लक्ष्य दिन नसके पनि नेपालले बलिङ चुनौति अन्तिम ओभरसम्म कायम राखेको थियो। ३३ औँ ओभरमा कालिचरण यादवले लगातार दुई बलमा दुई विकेट लिएपछि मलेसिया अप्ठेरोमा पर्ने स्थिति देखिएको थियो। तर विरनदीप सिंहको ५५ रनको मद्धतले अन्तिम ओभरको पहिलो बलमा मलेसिया विजयी भयो।

अन्तिम ६ बलमा २ रन आवश्यक भएको मलेसियाले पहिलो बलमा नै विजय लक्ष्य हात पारेको थियो। नेपाल सबै खेलमा विजयी हुँदै फाइनलमा पुगेको थियो। समूह चरणमा नेपालले मलेसियालाई १ विकेटले पराजित गरेको थियो।

उमेर समूहका प्रतियोगितामा मलेसियासँग नेपाल अपराजित थसउफ। नेपालले पहिलो तीन एसिसी यु-१९ प्रतियोगिता जित्दा फाइनलमा मलेसियालाई नै शिकार बनाएको थियो। २००९ मा एसिसी यु-१७ यता नेपालले उमेर समूहमा उपाधि जित्न सकेको छैन। फाइनलमा मलेसियालाई नै १० विकेटले पराजित गरी पहिलो पटक यु-१७ को उपाधि जित्दा श्रीलंकाली रोय लुक डायस नेपाली टोलीका मुख्य तथा मन्जुर आलम खान सहायक प्रशिक्षक थिए। २००९ को एसिसी ट्वान्टीमा राष्ट्रिय टोलीले मलेसियासँग भोगेको एकमात्र पराजयमा पनि डायस र उनका सहायकमा मन्जुर नै नेपाली टोलीका प्रमुख थिए।

डायस अहिले मलेसियाको मुख्य प्रशिक्षक हुन्। तर यु-१६ टोली विलाल असादले हाँकिरहका छन्। मन्जुर नेपाली यु-१६ टोलीलाई फाइनलमा पुर्‍याउने प्रशिक्षक हुन्। नेपालसँग समूह चरणको खेलमा श्रीलंका पूर्वटेस्ट स्टार डायस मैदानमै थिए। उनले सञ्चारमाध्यमसँग मलेसियाले नेपाललाई यसपटक पराजित गर्ने भविष्यवाणी गरेका थिए। उनको भविष्यवाणी त्यतिबेला नमिले पनि फाइनलमा मिल्न पुगेको छ।

अन्तिम परिणाम
मलेसियाः ११८/९ (३९.१ ओभर)
नेपाल: ११७ (३३ ओभर)

 Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.