नेपालकुवेत साँस्कृतिक मञ्चले नेपाली चेलीहरुको लागि नि:शुल्क तिज बिशेष कार्यक्रम गर्ने,बिगतमा झै सबैको सहयोग पाउने मञ्च आशाबादी छ -अध्यक्ष आचार्य


ईन्द्र भुसाल ,कुवेत

मौलाउदै गएको कुवेतको नेपाली समाजमा नेपालीहरुको जनघनत्वको आधार भन्दा निकै धेरै नेपाली सँघ-संस्थाहरु खुलेका छन। सांगितिक संस्था देखी खेलकुद अनी जातिय,भेगिय,त्यो नभै अब राजनितिक पाटीका भात्री संगठनहरु पनि बाक्लिन थालेका छन। जे जती संस्थाहरु खुले पनि आखिर कुनै सामाजिक सेवाको काम हो वा खेलकुद अनी मनोरन्जन र नेपाली साँकृतिक अनी धर्मलाई जीवन्त राख्नको लागि केही संस्थाहरुले मात्र काम गर्दै आइरहेका छन। यो साल माउन्ट एभरेष्ट स्पोर्टइङ क्लबले ठुला र निकै महत्व बोकेका ४ कार्यक्रम गर्‍यो भने तमाङ घेदुङ ,कुवेत तमुसमाजले आफ्नो ल्लोछार पर्व भब्यरुपमा मनाए र नजिकै आएर तमाङ घेदुङ कुवेतले भगवान गौतम बुद्दको २५५६ औं जन्मदिन मनाउदै छ जुन अतिनै राम्रो पक्ष हो । संस्था खोल्नु कुनै ठुलो बिषय भएन यहाँ तर कार्यक्रम गरेर देखाउनु चुनौती छ त्यसैले पनि हुन सक्दछ बर्ष दिन सम्म पनि कतिपय संस्थाले कुनै कार्यक्रम दिन सकेका छैनन भने बाक्लिएको कार्यक्रमले गर्दा सिजनमा शुक्रबार पाउन पनि कठिन छ ।

साल फिर्ने क्रम सँगै नेपाली चाडपर्वहरु पनि भित्रिने गर्दछन। नागे पञ्चमी देखी ,जनै पुर्णिमा अनी हरितालिका तिज हुँदै बिजया दशमी र भाई टिका लगभग पर्व नै पर्व पर्दछन लगभग ४ महिना लगातार। यो पटक को हरितालिका तिज पनि नेपाली महिलाहरुलाई कुवेतमा निकै रमाईलो हुने देखिएको छ । समय बाँकी नै छ रातो साडी र मनपरेको चोलो र ब्लाउज नेपालबाट मगाएपनी फरक पर्दैन। नेपालकुवेत साँस्कृतिक मञ्चले सम्पूर्ण कुवेतबासी  नेपाली महिलाहरुको लागि तिजे बिशेष कार्यक्रम गर्ने निर्णय गरेको छ भने कार्यक्रम महिलाहरुको लागि नि:शुल्क रहने अध्यक्ष आचार्यले जनाउनु भएको छ। आफ्नो स्थापना काल देखी हरेक साल नारिहरुलाई प्रबासको यो बिरानो ठाउँमा पनि आफ्नो देशको झल्को अनी चाडपर्वको महसुस गराउने उदेस्यले हरेक साल यो कार्यक्रम गर्दै आएको छ ।

१४ सेप्टेम्बरमा मालियाको एसिया एसिया होटेलमा गरिने तिजे बिशेष कार्यक्रममा बिगत मा झै सम्पूर्ण नेपालीहरु र  नेपाली सँघ-सस्थाहरुको सहयोग र सुझाब लिएर गरिने अध्यक्ष आचार्यले जनाउनु भएको छ भने सम्पूर्ण नेपाली चेलीहरुलाई निमन्त्रणा आजैबाट गरिएको छ। केही समय पहिला गायक शिव परियारलाई बोलाएर कार्यक्रम गरेको मञ्चले तिजे बिशेष कार्यक्रममा नेपालबाट कलाकार नमगाउने पनि स्पष्ट पारेको छ। जे होस् धेरै पहिला निम्तो पाएका नेपाली चेलीहरु आफ्नो प्यारो पर्वमा खुशीका साथ नाच्ने छन र गाउँने छन अनी रमाउने छन भने आफ्नो पहिरनलाई गहकिलो बनाई यो पर्व लाई अझै महत्वपूर्ण बनाउने छन भन्ने हामीले कामना गर्नु पर्दछ । तिजे बिशेष कार्यक्रममा त्यो पहिरन हुनुपर्दछ जहाँ देख्नेलाई पनि पर्वको आभास मिलोस। ब्लाउज आधी कन्नो देखिने अनी पुरुषलाई उत्तिजित बनाउने खाल्का कपडा लागाएर नाच्ने प्रबिर्ती दोहोरियो भने मञ्चको सिद्दान्तलाई ठेस लाग्ने देखिन्छ ।

One response to “नेपालकुवेत साँस्कृतिक मञ्चले नेपाली चेलीहरुको लागि नि:शुल्क तिज बिशेष कार्यक्रम गर्ने,बिगतमा झै सबैको सहयोग पाउने मञ्च आशाबादी छ -अध्यक्ष आचार्य

  1. धर्म राज गिरी

    नेपाली महिलाहरुको महान चाड हरितालिका तीजलाई हामी कुवेत बासी सबै नेपाली दाजु भाई तथा दिदी बहिनी र सम्पूर्ण संघ सस्था बुद्दीजिबी मिली यो कार्यक्रम लाई सफल पारौ। हामी नेपाली हामी जहाँ रहेपनी जे गरेपनी हामी नेपाली हौ।

    धन्यवाद
    धर्म राज गिरी

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.