२९ बैशाख, काठमाण्डौ – नेपाली कांग्रेसले बहु पहिचानका आधारमा प्रदेशको नामाकरण गर्ने सर्तमा ११ राज्यमा जान सकिने बताएको छ । माओवादीका शीर्ष नेताहरुसँग आज बिहान प्रचण्ड निवासमा भएको छलफलमा कांग्रेस नेताहरुले पहिचानको आधार जातीयमात्रै हुन नहुने अडान लिएको छ । वैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेलले प्रदेशको नामको बिषयमा मुख्य बिबाद रहेको र संख्यामा बिबाद नरहेको बताए ।
माओवादीले भने जातीय पहिचानका आधारमा राज्य बनाउने अडान छाड्न नसकिने दोहोर्याएको छ । हालै प्रचण्डले अघि सारेको १० राज्य र एक केन्द्र शासित प्रदेशमा सहमत हुन कांग्रेसलाई आग्रह गरेको छ । माओवादी नेता बर्षमान पुनले भन्नुभयो- हामी जातीय पहिचानको एजेण्डा छाड्न सक्दैनौं, त्यसमा सम्झौता हुन सक्दैन् ।’
प्रदेशको नाम एकल पहिचानका आधारमा राख्ने कि बहुपहिचानका आधारमा भन्ने बिषयमा बिबाद भएपछि दुई दलवीचको वैठक बिना निष्र्कष सकिएको छ । त्यसलगत्तै एमालेसहित तीन मुख्य दलको सिंहदरवारमा सुरु भएको छ ।
संघीय राज्यको संख्यामा करिव करिव सहमति नजिक पुगेका दलहरु त्यसको नामाङ्कन र सिमाङ्कनमा अड्कीएका छन् । संबिधानको मस्यौदा बनाउन ढिला भइरहेको अबस्थामा मतदानमा जाने निर्णय भएपनि दलहरु न त सहमति गर्न सकेका छन न त मतदान प्रकृया नै अगाडी बढाउन ।
Source: Onlinekhabar