ईन्द्र भुसाल ,कुवेत
क्लबको १३ औं वार्षिक उत्सब डिसेम्बर २१ तारिक अन्तर नेपाली भलिबल प्रतियोगिता गरेर सम्पन्ह गर्ने निर्णय
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाडौं कुवेतको १५२ औं पूर्ण बैठक आज मुर्गाबको होटेल सोल्टीमा सम्पन्ह भएको छ । क्लब अध्यक्ष धर्मराज गिरीको अध्यक्षतामा बसेको बैठकले क्लबले आयोजना गरेको प्रबासी दक्षिण एसियाली फुट्बल प्रतियोगिता सफलता पुर्वक सम्पन्ह गरेको निष्कर्श निकाल्दै उक्त कार्यक्रम सफल पार्न सहयोग गर्ने कुवेत नेपाल मेनपावर एसोसियसन ,हिमालयन बैक ,कुवेतनेपाल साँस्कृतिक मञ्च कुमार झापाली क्लव कार्यसमितिका सल्लाहकार ज्यूहरु लगाएत सम्पूर्ण नेपाली सँघ संस्था र ब्यक्तीत्वहरुलाई धन्यवाद ज्ञ्यापन गर्यो । ठुलो कार्यक्रमको नेत्रित्व समाल्दै सफल बनाउने सम्योजक श्री किरण पौडेल,अध्यक्ष धर्मराज गिरी ,मिडिया प्रमुख जय आले लगाएत सम्पूर्ण सदस्य साथीहरुको कडा मेहनतले कार्यक्रम सफल भएको ठहर गर्दै सम्पूर्ण स्वंमसेवक साथीहरुलाई बिषेश धन्यवाद ज्ञ्यापन गरेको छ । बिशेष गरी साँस्कृतिक मञ्चका अध्यक्ष टिकाराम आचार्यको सहयोगी भूमिका को क्लबले सदैब सम्झना गर्ने समेत कार्यसमिती सदस्यहरुले औलाउनु भयो ।
खेलकुद मात्र होईन सामाजिक सेवामा पनि काम गर्दै आएको कुवेतको नेपाली समाजमा पुरानो संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवले कास्की जिल्लाको बिभिन्न गा. बि. स. मा हिमपहिरोबाट भएको धनजनको क्षेती प्रती दु:ख ब्यक्त गर्दै नेपाली रु ६०,००० हजार सहयोग गर्ने निर्णय गरेको छ भने आगामी क्लबको १३ औं वार्षिक उत्सब डिसेम्बर २१ तारिक सुबिधा सम्पन्ह हलमा अन्तर नेपाली भलिबल प्रतियोगिता गरेर सम्पन्ह गर्ने निर्णय गरेको छ ।