नेपाल मगर सँघ, कुवेत तदर्थ समितिको औपचारिक भेला सम्पन्न (फोटो फिचरसहित)


कुवेतनेपाल, एड्मिन

आफ्नो धर्म-संस्कृति तथा सामाजिक एवं मौलिक परम्परालाई दिगो राख्ने र मगर भाषी एवं जातिय उत्थान तथा संरक्षणको निम्ति सम्पूर्ण कुवेतवासी मगराँतहरु एकजुट भई अगाडि बढ्ने साथै कुवेतमा कृयाशिल अन्य नेपाली सँघ-संस्थाहरुसँग हातेमालो तथा सहकार्य गर्दै आधिकारिक रुपमा सञ्चालित रहने उद्देश्यका साथ गत १० मार्च २०१२ का दिन गठन भएको नेपाल मगर सँघ, कुवेत तदर्थ समितिको पाँचौ भेला आज औपचारिक रुपमा कुवेतको मालियास्थित कार्लटुन टावर होटलमा भव्यताका साथ सम्पन्न भएको छ ।

मगर सँघ कुवेत, तदर्थ समितिका संयोजक मित्र सिंजालीमगरको सभापतित्वमा सम्पन्न उक्त भेलामा मेचीकाली बचत कोष कुवेतका अध्यक्ष बसन्त थापामगर, कुवेतनेपाल डटकमका प्रधान सम्पादक जय आलेमगर र मेनपावर एशोसियसनका सल्लाहाकार बम पुमालीमगरको आतिथ्यता रहेको थियो भने संयोजक समितिका सदस्य मनु भुजेलमगरले मगर जाती र यसको बिशेषता ’bout प्रकाश पार्दै कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।

करिब १५० देखी २०० जनासम्म कुवेतवासी मगर दाजुभाइ तथा दिदीबहिनीहरुको उपस्थिति रहेको उक्त औपचारिक भेलालाई सम्बोधन गर्दै श्री बसन्त थापामगरले स्वागत मन्तव्य दिनु भएको थियो । मन्तव्यको क्रममा वहाँले सम्पूर्ण कुवेतवासी मगरहरुलाई एकजुट भएर अगाडि बढ्न आव्ह्वान गनु भयो भने जय आलेमगरले नेपाल मगर सँघ केन्द्रिय समितिले उपलब्ध गराएको केन्द्रिय बिधान ’bout प्रष्ट्याउँदै बिधानका प्रमुख बुँदाहरु पढेर सुनाउनु भएको थियो ।

यसैगरी, बम पुलामीमगर, कृति समालमगर, बिष्णु थापामगर, किरण आलेमगर, एम थापामगर, हिरा दर्लामीमगर, हर्क अर्गेजामगर, शैलेन्द्र थापामगर, बेल बहादुर पाजेमगर, चित्र पुनमगर, कुल बहादुर रोकामगर र जगत घागामगरले मगर सँघ कुवेत एकजुट भएर सशक्त रुपमा अगाडि बढ्नु पर्ने धारणा व्यक्त गर्नु भयो भने सभाध्यक्ष श्री मित्र सिंजालीमगरले औपचारिक रुपमा भेलालाई सम्बोधन गर्दै सन् २००६ मा उदाएको मगर सँघ कुवेत चाहेर पनि अगाडि बढ्न नसकेकोमा आफुलाई दु:ख लागेको भएपनी अहिलेको युवा पुस्ता फरक र अपेक्षित सकृय रहेकाले पक्कै पनि प्रगती पथमा अगाडि बढ्ने आशा व्यक्त गर्दै शुभकामना दिनु भयो ।

मगर सँघ कुवेत तदर्थ समितिको आजको यस भेलाले बिभिन्न निर्णयहरु पारित गर्दै, नेपाल मगर सँघको केन्द्रिय बिधानमा आस्थावान रहि कुवेतमा छिट्टै मगर सँघको सम्मेलन गरी कार्यकारिणी समितिको निर्माण गर्ने र सम्मेलनमा नेपालदेखी मगर सँघको केन्द्रिय प्रतिनिधि झिकाई सम्मेलन सफल पार्ने निर्णय गरेको छ भने उक्त सम्मेलन २ हप्तादेखी महिना दिन भित्रैमा हुने पक्कापक्की भएको पनि मगर सँघ कुवेत तदर्थ समितिले औपचारिक घोषणा गरेको छ भने सम्मेलनको मिति हलको टुङ्गो लागेपछी सार्वजनिक गर्ने पनि भेलाले जनाएको छ ।

कार्यक्रमका केही झलक फोटोमा:

5 responses to “नेपाल मगर सँघ, कुवेत तदर्थ समितिको औपचारिक भेला सम्पन्न (फोटो फिचरसहित)

  1. बधाई छ सम्पूर्ण लाफा साथीहरुलाई । जातिय राज्य को माग को बिरुद्ध मा देश मा बलेको आगो दन्किएको अवस्थामा हजुर हरु एक ठाउँ मा आउनु भएको छ । समाचार मा लिखिये जस्ताइ आफ्नो भाषा ,धर्म र पहिचान लाई बलियो बनाउदै जातिय शहीसणुता लाई बलियो बनाउदै अगाडि बढ्नु हुनेछ भन्ने आशा राख्दै सम्पूर्ण साथीहरुलाई बधाई दिन चाहन्छु ।

  2. best of luck langhali samaj kuwait

  3. Sampurna Magarat daju Bhai didi Bahini sabai ma hardik mangalamaya shubhakamana

  4. Dukh ko kuro ke bhane…… afno ta chutti(DAY OFF) nai hudaina shukrabar(FRIDAY) ko din ma.
    By the way, hardik badhai cha!!!
    Asha garchu aaune din haruma bhet ghat hunecha tapai haru sampurna LAFAA haru sit.
    PATTA MAGAR LAFAA’KO KA’AT CHA’ANING !!!

  5. dherai ramro kura ho afno jatiya uthanko lagi bhela garnu bhayekoma badhai chha.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.