२९ वैशाख, काठमाण्डौ – मलेसियामा जारी एसिसी अण्डर-१६ एलिट कप क्रिकेटको सेमिफाइनलमा नेपालले डिफेन्डिङ च्याम्पीयन सिंगापुरसामू २ सय ४१ रनको लक्ष्य प्रस्तुत गरेको छ । वायुमास क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरको समाप्तीमा ९ विकेटको क्षतिमा २ सय ४० रन बनाएको छ । नेपालका लागि जगदिश चन्दले ५३ र नुरध्वज सेनले ५१ रनको योगदान दिए ।
आजको खेल जिते नेपाल लगातार दोस्रो पटक सेमिफाइनलमा पुग्ने मात्र छैन, २ वर्षअघि घरेलु मैदानमा व्यहोरेको हारको बदला समेत लिनेछ । २ वर्षअघि काठमाडौंमा भएको पहिलो संस्करणको फाइनलमा नेपाल सिंगापुरसँग ६८ रनले पराजित भएको थियो । समूह चरणको सबै खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपालका लागि बलियो प्रतिद्वन्दी मानिएको छ भने सिंगापुर यस सिजनमा खासै राम्रो प्रदर्शन गर्न सकेको छैन । नेपाल समूह बी को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने सिंगापुर समूह ए बाट गएको हो ।
Source: Onlinekhabar