Daily Archives: 11/05/2012

नेपाल मगर सँघ, कुवेत तदर्थ समितिको औपचारिक भेला सम्पन्न (फोटो फिचरसहित)


कुवेतनेपाल, एड्मिन

आफ्नो धर्म-संस्कृति तथा सामाजिक एवं मौलिक परम्परालाई दिगो राख्ने र मगर भाषी एवं जातिय उत्थान तथा संरक्षणको निम्ति सम्पूर्ण कुवेतवासी मगराँतहरु एकजुट भई अगाडि बढ्ने साथै कुवेतमा कृयाशिल अन्य नेपाली सँघ-संस्थाहरुसँग हातेमालो तथा सहकार्य गर्दै आधिकारिक रुपमा सञ्चालित रहने उद्देश्यका साथ गत १० मार्च २०१२ का दिन गठन भएको नेपाल मगर सँघ, कुवेत तदर्थ समितिको पाँचौ भेला आज औपचारिक रुपमा कुवेतको मालियास्थित कार्लटुन टावर होटलमा भव्यताका साथ सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवको १५२ औं बैठक सम्पन्ह, कास्की जिल्लाको हिमपहिरो पीडितलाई ६० हजार सहयोग गर्ने निर्णय


ईन्द्र भुसाल ,कुवेत

क्लबको १३ औं वार्षिक उत्सब डिसेम्बर २१ तारिक  अन्तर नेपाली भलिबल प्रतियोगिता गरेर सम्पन्ह गर्ने निर्णय

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाडौं कुवेतको १५२ औं पूर्ण बैठक आज मुर्गाबको होटेल सोल्टीमा सम्पन्ह भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

सुहागरात’bout सोध्दा माल्भिका सन्किईन्


केही साताअघि मात्र लगनगाँठो कँसेर हनिमुनमा रमाईरहेकी पूर्व मिस नेपाल माल्भिका सुब्बालाई उनका पुरुष फ्यानले सताएपछि आक्रोशित भएकी छिन् । हनिमुनकै बिषयलाई लिएर उनका फ्यानहरुले फेसबुकमा पठाएका अश्लिल म्यासेज र कमेन्ट देखेपछि माल्भिकाको पारो चढेको छ यतिखेर । आफ्नो निजी जीवनमा फ्यानहरुले हद नाघेर टिप्पणी गरिरहेको महसुस गरेपछि सुब्बाले फेसबुकबाटै आक्रोश पोखिन् । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालद्धारा सिंगापुरसामू २ सय ४१ रनको लक्ष्य प्रस्तुत


२९ वैशाख, काठमाण्डौ – मलेसियामा जारी एसिसी अण्डर-१६ एलिट कप क्रिकेटको सेमिफाइनलमा नेपालले डिफेन्डिङ च्याम्पीयन सिंगापुरसामू २ सय ४१ रनको लक्ष्य प्रस्तुत गरेको छ । वायुमास क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरको समाप्तीमा ९ विकेटको क्षतिमा २ सय ४० रन बनाएको छ । नेपालका लागि जगदिश चन्दले ५३ र नुरध्वज सेनले ५१ रनको योगदान दिए । पढ्नेक्रम जारी राख्नुहोस्

११ प्रदेश मान्न कांग्रेस तयार, नाममा कुरा मिलेन


२९ बैशाख, काठमाण्डौ – नेपाली कांग्रेसले बहु पहिचानका आधारमा प्रदेशको नामाकरण गर्ने सर्तमा ११ राज्यमा जान सकिने बताएको छ । माओवादीका शीर्ष नेताहरुसँग आज बिहान प्रचण्ड निवासमा भएको छलफलमा कांग्रेस नेताहरुले पहिचानको आधार जातीयमात्रै हुन नहुने अडान लिएको छ । वैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेलले प्रदेशको नामको बिषयमा मुख्य बिबाद रहेको र संख्यामा बिबाद नरहेको बताए । पढ्नेक्रम जारी राख्नुहोस्

सुदूर पश्‍चिम बन्दको १५ ‍औं दिन, दोहोरो शक्ति प्रदर्शनको तयारी


राज्य पुनर्संरचनाको विषयलाई लिएर लगातार बन्द भएको १५ औं दिन सुदूर पश्‍चिममा अखण्ड सुदूर पश्‍चिम पक्षधर र थारु समुदायबीच शक्ति प्रदर्शनको होड चलेको छ। अखण्ड सुदूर पश्‍चिमको माग गर्दै आएका २० हजारभन्दा बढी स्थानीयले आज बिहानदेखि प्रदर्शन गरेको नागरिकन्युजकर्मी दिलबहादुर छत्यालले जनाएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

गजल !! (ज्ञानेन्द्र गुरुङ)


अन्नपूर्ण हिमश्रृंखलाको हिमपहिरोमा परि अकल्पनीय दुर्घटनामा ज्यान गुमाएका शोक शन्तव्ध परिवार प्रति धैर्य-धारण गर्ने शक्ति मिलोस् साथै ज्यान गुमाएकाहरु प्रति समबेदना एवं उहाँहरुको आत्मको चिर शान्तिको कामना गर्दछु । यहि सेरोफेरोमा एउटा गजल लेख्ने कोशिस गरें..!!

=== गजल ===

प्रकृति नै क्रुर बनि गरिबको छानो बगायौ
निमुखा ति आधापेट जिउनेको मानो बगायौ पढ्नेक्रम जारी राख्नुहोस्