Daily Archives: 10/05/2012
सुदूरपश्चिमका आन्दोलनकारीले ‘छुट्टै राज्य’को अभ्यास थाले
बोर्डबाट सरकारको नाम मेटियो, छुट्टै सुरक्षा दस्ता पनि
२८ चैत, काठमाडौं । अखण्ड सुदूरपश्चिमको माग गर्दै आन्दोलनरत अखण्ड सुदूरपश्चिम नागरिक संघर्ष समितिले ‘छुट्टै राज्य’ सञ्चालनको अभ्यास थालेको छ । आन्दोलनकारीले सुदूरपश्चिमका सरकारी कार्यालयमा ‘नेपाल सरकार’ मेटेर ‘सुदूरपश्चिम स्वायत्त राज्य’ लेख्न थालेका छन भने बिहीवारै सुरक्षाका लागि वेग्लै दस्ता बनाएका छन् । यस्तै लम्कीदेखि कोहलपुरसम्म जाने विद्युतको राष्ट्रिय लाइन काटिएको छ । लम्की सब स्टेशनका कर्मचारीलाई दबाव दिएर आन्दोलनकारीहरुले १३२ केभीको राष्ट्रिय लाइन काट्न लगाएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
‘तमुवान बोर्ड’ हटाउन खोज्दा पोखरामा झडप
२८ बैशाख, पोखरा जातीय राज्यको बिरोधमा आन्दोलनमा उत्रिएका आन्दोलनकारीले पोखरामा तमुवान राज्य लेखेको बोर्ड हटाउन खोज्दा झडप भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
मन्दीरको खोजीमा
इन्जिनियर राकेश कार्की
लस् एन्जेलस्
आफू भित्र मन्दीर छोपी
कुन मन्दीरको खोजीमा
पण्डित हुन कि भक्तजन
बरदान खोज्छन् गोजीमा पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कविता
कोही पुगेका छैनन् सेती मुहानसम्म
सन्तोष पोखरेल, पोखरा, वैशाख २८ -सेती नदीको मुहान माछापुच्छ्रे हिमालको काखबाट आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याए पनि यो बेमौसमी बाढीको वास्तविक कारण कसैलाई थाहा छैन। सबैले आ-आफ्नै तरिकाले अनुमान गरिरहेका छन्। कारण खोतल्न सेती नदीको मुहानसम्म कोही पुगेका छैनन्। पढ्नेक्रम जारी राख्नुहोस्
शङ्ख फुकेर बन्द आह्वान, बन्दको देशव्यापी असर
काठमाडौं, वैशाख २८ – राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि संयुक्त सङ्घर्ष समितिले क्षत्री, ब्राह्मण, दसनामी सन्न्यासी, ठकुरी, दलितलगायतलाई आदिवासीमा सूचीकृत गर्नुपर्ने माग गर्दै आह्वान गरिएको नेपाल बन्दका कारण काठमाडौं उपत्यकाको जनजीवन प्रभावित भएको छ। समितिले आधुनिक नेपालको निर्माण हुनुअघिदेखि नै नेपालका विभिन्न स्थानमा बसोबास गर्दै आएका केही जातिको पहिचान सहितको अधिकार सुनिश्चित गर्नुपर्ने माग गर्दै आज र भोलिका लागि नेपाल बन्दको आह्वान गरेको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार