NRNA साउदीको खोबरमा स्थानीय समिती गठन, भगौडा कामदार’bout बिशेष अन्तरकृया सम्पन्न


६ मई २०१२
NRNA साउदी अरब

गैर आवासीय नेपाली संघ साउदी अरबले संस्थागत सुदृढीकरण तथा सामाजिक सचेतना अभियान अन्तरगत गतः ४ मई शुक्रबारका दिन खोबरस्थित गल्फ दरबार रेष्टुंराको सभाकक्षमा खोबरमा गठित स्थानिय समितिको घोषणा गर्दै भगौडा कामदारहरूका ’boutमा बृहद बिचार बिमर्श गरेको छ ।

कार्यक्रमको आयोजक एनआरएनए साउदी अरबको पुर्बी क्षेत्रिय समितिका अध्यक्ष श्रीकृष्ण श्रेष्ठको सभापतित्वमा प्रवक्ता तेज बहादुर थापाले सञ्चालन गर्नुभएको कार्यक्रमको पहिलो सत्रमा नव गठित एलसिसी खोबरका अध्यक्ष मोहमद जैनुल अब्दिनलाई एनसिसी अध्यक्ष धरम के.सी.ले सपथ गराउनुभएको थियो भने जैनुलले समितिका बांकि पदाधिकारीहरूलाई । खोबर समितिमा जैनुलका साथ उपाध्यक्षमा रघुबर लाल जोशी, सचिवमा घनश्याम पोखरेल, सह सचिवमा दिनानाथ भट्ट, कोषाध्यक्षमा नरेश कुमार यादव, सह कोषाध्यक्षमा गणेश कट्टेल, प्रवक्तामा देबी प्रसाद खतिवडा हुनुहुन्छ भने सदस्यहरूमा पेशल कुमार राई, खगेन्द्र सोडारी, मोहमद सादिक हसन, टेकनाथ ढुंगाना, प्रकाश थापा र सोम बहादुर बि.क. रहनुभएको छ । त्यसैगरी यस समितिका सल्लाहकारहरूमा डमर यादव, तेज बहादुर थापा, सुनिल बख्रेल, मोहमद ईशा, बिष्णु पोखरेल, लक्ष गोदार, नरेन्द्र शाह र ओम गुरूङ रहनुभएको छ ।

कार्यक्रममा प्रमुख अतिथीका रूपमा नेपाली दूतावास रियादका श्रम सहचारी चन्देश्वर आचार्य हुनुहुन्थ्यो भने अतिथीहरूमा तमुधिं साउदी अरबका अध्यक्ष ओम घले, एनआरएनएका आइसिसी सदस्य द्वय राजु पौडेल र यास्मिन बेगम, एनसिसीका प्रमुख सल्लाहकार तारा भण्डारी, सल्लाहकार राजु सैयद र रूद्र कार्की, महा सचिव पुरूषोत्तम श्रेष्ठ, सहकोषाध्यक्ष नारायण पासवान तथा सदस्यहरू डमर यादव, सूर्य श्रेष्ठ र नरेन्द्र शाह (युवा प्रतिनिधी) हुनुहुन्थ्यो । कार्यक्रममा पुर्बी क्षेत्रिय समितिका सुनिल बख्रेलले सबैलाई स्वागत गर्नुभएको थियो । नव निर्बाचित एलसिसी खोबरका अध्यक्ष मोहमद जैनुल अब्दिनले जनहितकारी कार्य गर्दै एनआरएनएलाई खोबरमा नयां उचाईमा पुर्याउन आंफुलाई सबैको साथ, सहयोग र सल्लाह चाहिने बताउनुभयो भने यस अघिको खोबर क्षेत्रिय समितीका अध्यक्ष मोहमद ईशा रैनले नव गठित समितीलाई बधाई तथा शुभ कामना ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको दोस्रो चरणमा भगौडा कामदार ’boutको अन्तरकृयामा भागलिंदै स्थानिय नेपाली कामदार तथा एलसिसी खोबरका सदस्य टेकनाथ ढुंगानाले एकजना आफन्त (गोपाल न्यौपाने) भागेकै अवस्थामा क्षयरोग (टिबी)ले ग्रस्त भएको, अब कसरी घर फर्किन सक्लान, जेलमा पुगेका राम्रै नेपालीहरू त कति बिरामी परेका, कति मरेका पनि सुनिदै गर्दा यी क्षयरोगका बिरामी त्यहां पुगे झन के हालत होला भनी जिज्ञासा राख्दै उनलाई जेल पुर्याई घर फर्काउन भगौडाको दलाली गर्ने एकजना स्थानीय नेपाली दलालले ५ हजार रियाल मागेको तर पीडितसंग त्यत्रो रकम पनि नभएको भन्दै उनको उद्धारको सहज बाटो देखाउन अनुरोध गर्नुभएको थियो । त्यसैगरी खोबर समितिका अर्का सदस्य प्रकाश थापाले साउदी अरबमा अतिवादी, अप्रजातान्त्रिक र २ नम्बर धन्दा गर्नेहरूले एनआरएनको परिभाषा ’bout नै भ्रम फैलाएका छन, खाडीमा कामगर्ने नेपालीहरू त एनआरएन नै होइनन भन्छन, यसैले प्रष्ट पारिदिन अनुरोध गर्नुभयो भने सचिव घनश्याम पोखरेलले भगौडा कामदारहरूको कुनै रेकर्ड या आकंडा छ या छैन भनी जिज्ञासा राख्नुभयो ।

दूतावासका अवैतनिक प्रतिनिधी समेत रहनुभएका एनसिसीका महासचिव पुरूषोत्तम श्रेष्ठले भगौडाका दलालहरू हाम्रै नेपाली समुदायभित्रै सकृय छन, भाग्नु आफ्नो खुट्टामा आंफैले बञ्चरो हान्नु हो र मालिकले केश गरेका कामदारहरू जेलबाट सहजै स्वदेश जान नसक्ने बताउनुभयो । दूतावासका अर्का अवैतनिक प्रतिनिधि तथा एनसिसीका प्रमुख सल्लाहकार तारा भण्डारीले दमाम ९१ को जेलमा मात्र हाल ६०० भन्दा बढी नेपालीहरू रहेको जबकि त्यो जेलको क्षमता मात्र २०० जतिको हो भन्दै आंफुले पनि दलालहरूले प्रत्येक भगौडा नेपाली कामदारहरूसंग जेल पुर्याउनकै लागि १ हजार देखि ५ हजार सम्म कमिशन लिने गरेको थाहा पाएको तर त्यस जेलमा कोही कोही बिगत १० महिनादेखि जेलमा बसिसक्दा पनि घर जान नपाएका पनि रहेको खुलासा गर्नुभयो ।

लेबर टास्कफोर्स कमिटी दमामका संयोजक बिक्रम राईले आंफु शुरूमा मात्र ४५० रियालको तलबमा आएको तर आफ्नो इमान्दारिता, मेहनत र लगनशिलताका कारण शिप सिक्दै हाल २-३ हजार रियाल कमाउन थालेकोले अरू नेपालीहरूलाई पनि निराश नबनी, नभागिकनै बैध रोजगारमै मेहनत र संघर्ष गरी प्रगतिपथमा लाग्न अपिल गर्नुभयो ।

आइसिसी सदस्य राजु पौडेलले भाग्ने समस्या कहांबाट प्रारम्भ हुन्छ त्यो जरोमा पुग्न आवश्यक छ भन्दै कामदारहरूको सचेतनाकै लागि एनआरएनएको आइसिसीले एनसिसी साउदी अरबका अध्यक्ष धरम के.सी.को टिमलाई त्यस्तो चेतनामुलक पूस्तिका तयार पार्ने जिम्मा दिएको हुंदा त्यो पूस्तिका छिटै आओस भन्दै हामी सबैले भाग्ने भगाउनेलाई दुरूत्साहित गर्नैपर्छ भन्नुभयो । आइसिसी मध्यपूर्बकी मनोनित महिला सदस्य यास्मिन बेगमले एनआरएनएले साउदी अरबमा यस्ता महत्वपुर्ण सम सामयिक सामाजिक बिषयहरूमा छलफल चलाएर चेतना फैलाएको र आंफूले गर्नुपर्ने कतिपय पीडित महिलाहरूको उद्धारमा समेत सकृयता पुर्बक खटेर  एनआरएनए साउदी अरबले प्रशंसनीय कार्यहरू गरेको हुंदा एनआरएनए साउदी अरब बिश्वमै उत्कृष्ट नमूना बनेको आंफूले पाएको बताउनुभयो ।

एनसिसीका सल्लाहकार राजु सैयदले मेहनतकै कारण आंफु अहिले मजदुरबाट मालिक (रोजगारदाता) बनेकाले धैर्य गरी नभागेर मेहनत नछोडी काम गर्न सबैलाई सुझाव दिनुभयो भने अर्का सल्लाहकार रूद्र कार्कीले भगौडा कामदार समस्या हल गर्न गम्भीर इच्छाशक्ति र पहल सम्बन्धित पक्षमा आंफुले नदेखेको, त्यस्तो पहल गर्न ढिलो भएकैले समस्या झन झन बढिरहेको बताउनुभयो ।

पुर्बी क्षेत्रिय समितिका सचिव नबिन मुडभरीले ‘एम्नेष्टी एम्नेष्टी’ भन्दै पटक पटक दूतावासबाटै हल्ला गरिदिनाले पनि कामदारहरू भागेर काम गर्न थप उत्साहित बनेको आंफूले पाएकोले त्यसरी निराधार एम्नेष्टी (कामदारलाई साउदी सरकारले दिनसक्ने आम माफी) को पुर्ब प्रचार नगरिदिन सुझाव दिनुभयो ।

एनसिसी अध्यक्ष धरम के.सी.ले आफ्नो लिखित मन्तब्य प्रस्तुत गर्दै भगौडा समस्या समाधान गर्न म्यानपावर कम्पनीहरूलाई जिम्मेवार, सेवामुखी र जबाफदेही बनाउन हाल बिद्यमान ‘दण्डहिनता’को अन्त गर्नुपर्ने, भाग्नु अघि नै कामदारहरूका यावत समस्याहरू समाधानका लागि सम्भाब्य सबै पहल गर्नुपर्ने र कामदार भाग्न प्रत्यक्ष अप्रत्यक्ष प्रोत्साहन गरिरहेको साउदी अरबका स्थानीय दलालहरूलाई कानूनको दायरामा ल्याई कार्बाही गर्नुपर्ने सुझाव राख्नुभयो ।

दूतावासका श्रम सहचारी चण्डेश्वर आचार्यले सरकारले गर्नुपर्ने यस्ता महत्वपुर्ण बिचारबिमर्शका कार्यक्रम एनआरएनएले गरिदिएकोमा सराहना गर्दै भाग्नुका कारणहरू पनि अन्य समस्या जस्तै नेपालबाटै आउने भएकाले “म कसरी नठगिने होला?” भनी प्रत्येक नयां कामदारहरूले सोंच्नुपर्ने बेला भएको बताउनुभयो । बैदेशिक रोजगारले नेपालको कूल गार्हस्थ उत्पादनको झण्डै २५% हिस्सा लिईरहंदा, ५५% परिवारहरूले बिप्रेषण पाइरहंदा प्रत्येक दिन ३ जना नेपालीले बैदेशिक रोजगारमै ज्यानै गुमाइरहेको दुखद अवस्था पनि छ भन्दै भगौडा समस्या समाधानकै लागि नेपाली दूतावास रियादले सिफारिस गरेबमोजिम हाल न्युनतम तलब १ हजार रियाल नेपाल सरकारले स्वीकृत गरिसकेको, छिट्टै साउदी सरकारसंग पनि श्रम सम्झौता गर्न दूतावास प्रयत्नरत रहेको भएता पनि यतिले मात्र यो समस्याको पूर्ण निराकरण हुननसक्ने बिचार राख्नुभयो । समस्या यहां थरी थरीका छन भन्दै आफ्नो लामो सरकारी जागिरे जिवनको उतरार्द्धमा साउदीमा आएर आंफूले अनौठो अनुभव गरिरहेको, हरेक रात सुत्नुअघि पीडित नेपालीलाई स्वदेश फर्काउन सकिए, त्यसैलाई उपलब्धी मानी सन्तोष गर्नुपर्ने र नसक्दासम्म त्यही चिन्तामा पिरोलिनुपर्ने आफ्नो बर्तमान नियती बनेकाले आफ्नो शिरमा बांकी रहेको कपाल जति सबै साउदीमै गुम्ने हो कि भन्ने लागिरहेको बताउनुभयो ।

अन्तरकृयाको अन्तमा दूतावासको प्रतिनिधित्व गरि आउनुभएका श्रम सहचारी तथा एनआरएनए एनसिसी साउदी अरबका अध्यक्षले सहभागीहरूले राखेका केही जिज्ञासाहरूको जबाफ दिनुभएको थियो भने कार्यक्रमको समापन गर्दै सभापतित्व गर्नुभएका एनआरएनए साउदी अरबको पुर्बी क्षेत्रिय समितिका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले सामाजिक बिषयमा पुर्बी क्षेत्रिय समितिले आयोजना गरेको यो चौथो अन्तरकृया हो र श्रमिक सरोकारका यस्ता समसमायिक बिषयहरूमा आगामी दिनहरूमा पनि छलफल जारी राख्ने मात्र होइन छलफलबाट आएका निश्कर्षहरूलाई कार्यान्वयनका लागि सम्बन्धित पक्ष (निकाय) सम्म पुर्याउने र आफूंले पनि सक्दो पहल गरिरहने बताउंदै यस्तो सामाजिक काममा सबैलाई एकजुट हुन आह्वान गर्दै कार्यक्रम आयोजनामा  बिशेष योगदान पुर्याउनुहुने डमर यादव, नरेन्द्र शाह, तेज बहादुर थापा, सुनिल बख्रेल, मोहमद जैनुल अब्दिन लगायतको टीमलाई साथै कार्यक्रमको निम्तो स्वीकार गरि पाल्नुहुने सबै अतिथीज्युहरू र सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.