युनिटीका सञ्चालकविरुद्ध रेडकर्नर


काठमाडौं, वैशाख २५ – अनुमति नलिई बैंकिङ कारोबार र बिमा पोलिसी सञ्चालन गरेर ठगी गरेको अभियोगमा फरार युनिटी इन्टरनेसनलका तीन सञ्चालकविरुद्ध इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको छ। तीन अर्ब रुपैयाँभन्दा बढी ठगी गरी फरार युनिटी अध्यक्ष काशीराम गुरुङ, निर्देशक विष्णुबहादुर क्षेत्री र कृष्णबहादुर क्षेत्रीलाई प्रहरीले मोस्टवान्टेडको सूचीमा राखेको थियो।

नेपालस्थित इन्टरपोल शाखाका अनुसार युनिटी ठगी प्रकरणमा मुद्दा प्रवि्र्कयाअगाडि बढाइरहेको महानगरीय प्रहरी परिसर ललितपुरको आग्रहमा इन्टरपोलले ‘निर्दोष नागरिकलाई झुठो आश्वासन दिएर ठगेको’ अभियोगमा उनीहरूविरुद्ध रेडकर्नर नोटिस जारी गरेको हो।
युनिटीका सञ्चालकविरुद्ध रेडकर्नर जारी गराउन २०६८ चैतमा प्रहरीले पत्र पठाएको थियो। सोही पत्र अनुसार इन्टरपोलले आफ्ना सदस्य राष्ट्रलाई अर्लट गराउँदै उनीहरूको नाममा रेडर्कनर नोटिस जारी गरेको हो।
अन्तर्राष्ट्रिय प्रहरी संगठन(इन्टरपोल)ले नोटिस जारी गरेका व्यक्ति’bout यसका सदस्य राष्ट्रले सूचना आदानप्रदान गरी पक्राउमा सहयोग पुर्‍याउँछन्।
युनिटी ठगी प्रकरण’bout अनुसन्धान गरिरहेका अधिकारीका अनुसार यी तीनै सञ्चालक भारतमा लुकेर बसेका छन्। काशीरामका केही आफन्त सिक्किममा रहेकाले उनी सोही क्षेत्रमा बसेको स्रोतले बतायो। उनीहरूविरुद्ध रेडर्कनर जारी भएकाले भारतीय प्रहरीसँग समन्वय गरी पक्राउ गर्न सजिलो हुने एक प्रहरी अधिकारीले बताए।
क्यापिलटका महानिर्देशक पनि रेडर्कनरमा
ठगी अभियोगमा फरार क्यापिटल मर्चेन्ट बैंकिङ तथा फाइनान्स लिमिटेडका कार्यकारी निर्देशक पवनकुमार कार्की र वैदेशिक रोजगारीको प्रलोभन देखाएर ६६ लाखभन्दा बढी ठगीको आरोप लागगेका सञ्जीव मुडभरी पनि इन्टरपोलको रेडर्कनरमा परेका छन्।
काठमाडौंका पवनले एक अर्ब ४७ करोड, ४९ लाख ठगी गरेको अभियोग छ। इन्टरपोलका अनुसार उनले क्यापिटल मर्चेन्टमार्फत विभिन्न २० व्यावसायिक संस्थाको रकम ठगी गरेका थिए। इन्टरपोलको काठमाडौं शाखा (एनसिबी)को आग्रहमा उनीविरुद्ध रेडकर्नर नोटिस जारी भएको हो।
युरोप र अफ्रिकामा वैदेशिक रोजगारीमा पठाउने बहानामा ६६ लाख ठगी गरेको अभियोग लागेका नवलपरासीका मुडभरीविरुद्धसमेत काठमाडौं एनसिवीले रेडर्कनर नोटिस जारी गर्न आग्रह गरेको थियो। उनीविरुद्ध फागुनमा रेडर्कनर जारी भएको हो।

Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.