कुवेतमा बुद्ध जयन्ती दोश्रो पटक मनाईंदै, झुटो हावा फैलाउने छिमेकी रवैया प्रति नेपाल सरकार किन चुप ?


ईन्द्र भुसाल, कुवेत

संसारभर शान्तीको ज्ञान छर्ने भगवान गौतम बुद्धको २५५६ औं जन्म जयन्ती देश बिदेशमा भब्य रुपले मनाउने क्रम भएको छ । नेपाल मात्र होईन जहाँजहाँ भगवान गौतम बुद्धको सन्देशले छोएको छ त्यहाँ यो पवित्र दिनलाई बिभिन्न तरिकाले उहाँलाई सम्झँदै आजको दिनलाई शान्ती प्रती समर्पित गर्दै र आगामी दिनमा संसारभर शान्तीले अझै ठुलो ठाउँ लियोस भन्दै मनाउने गरिन्छ । नेपाल र नेपालीको चिनारी सगरमाथा हिमाल देखी भगवान गौतम बुद्ध अनी नेपाली धर्म र संस्क्रिती नै हुन जस्ले संसारमा नेपाललाई चिनाउँछन ।

भगवान गौतम बुद्धको जन्म जयन्ती मनाउने क्रम नेपालीहरुले नेपालमा मात्र होईन प्रबासमा पनि तिब्र रुपले चलेको छ र मनाउनको लागि बिभिन्न कार्यक्रमको घोषणा भएका छन । शेर्पा सँघले इजराईलमा भब्य किसिमले बुद्ध जयन्ती मनाउने निर्णय गरेको छ भने जापान, कोरिया हुँदै खाडी मुलुकमा पनि बिभिन्न नेपाली सँघ-संस्थाहरुले बुद्ध जयन्ती मनाउने उद्घोष गरेका छन ।

धेरै नेपालीको जनघनत्व नभएपनी कुवेतमा करिब २ बर्ष पहिला गठन भएको तामाङ जातिहरुको जातिय संस्था नेपाल तामाङ घेदुङ कुवेतले दोश्रो पटक बुद्ध जयन्ती मनाउने निर्णय गरिसकेको छ । गत सालको २५५५ औं बुद्ध जयन्तीमा ८ देशका राजदुतलाई बोलाएर भब्य रुपमा बुद्द जयन्ती मनाएको घेदुङ कुवेतले यो पटक पनि अझै आफ्नो कार्यक्रमलाई सशक्त पार्न र भगवान गौतम बुद्धको शान्तीको सन्देशलाई प्रबासमा पनि उत्तिकै महत्वका साथ छर्नको लागि यो कार्यक्रम गर्न लागेको र तयारी जोडतोडका साथ भएको अध्यक्ष राम बहादुर लामा घलान र सचिव अमृत तामाङले जानकारी दिनु भएको छ । आगामी २५ मे २०१२ शुक्रबारका दिन अधिकांश नेपाली कार्यक्रमहरु हुने होटल एशिया-एशियाको प्रेक्षालयमा हुने कार्यक्रमलाई थापा रोचक र संगीतमय बनाउन नेपालबाट चर्चित गायिकाहरु तुलशा वाईवा र इन्दिरा योन्जन कुवेत आउनु हुने भएको छ ।

बुद्ध धर्म सम्बन्धी पूजापाठ देखी भगवान गौतम बुद्धका सन्देशहरुलाई यो कार्यक्रममा प्रस्तुत गरिनेछ भने आफ्नो स्थापनाको छोटो अबधीमै नेपाल तामाङ घेदुङ कुवेतले राष्ट्रिय महत्वका बिषय र पर्वहरुलाई आत्मसाथ गरेको छ जुन प्रबासको यो बस्तिमा कुनै नेपाली सस्थाले गरेको सराहनिय काममा पर्दछ । देश पनि बिस्तारै शान्तीको बाटोमा उन्मुख भएको अवस्थामा आएको भगवान गौतम बुद्धको जन्मदिनले शायद बिगतमा भन्दा धेरै ठाउँ पाउनेछ सन्देशको रुपमा किनकी जहाँ उहाँको जन्म भएको हो त्यो ठाउँ दशक भन्दा लामो समय रगतले भिजेको थियो ।

किन चुप छ नेपाल सरकार छिमेकी रबैया प्रती ?

आजभन्दा २५५६ बर्ष अघी नेपालको लुम्बिनीमा जन्मनु भएका भगवान गौतम बुद्धको ’boutमा पुरा संसार कुनै दुबिधामा छैन । बिबादित बिषयको छिनो गर्ने पुरातत्व बिभागदेखी अन्तर्राष्ट्रिय बिभिन्न सँघ-संस्था अनी पुरै विश्वले मानेको भगवान गौतम बुद्धको जन्म ठाउँलाई आफ्नै छिमेकी भनेर कुर्लने भारतले भने अनेक झुटा समाचार मात्र फैलाएको छैन गौतम बुद्धको जन्म भारतमा नै हो भनेर पुष्टी गर्नलाई करोडौ धन खर्चेर मानव निर्मित जन्म ठाउँ बनाउन लागेको देखिन्छ । बेलायतको म्युजियममा यस्तै खालको प्रचारात्मक सामाग्री रहेको थाहा पाएपछी बिरोध भएको थियो भने पछी निकै आनाकानी पछी त्यो सामाग्री हटाएको सुनियो । कहिले सगरमाथा त कहिले लुम्बिनी नेपाल र नेपालीको भावनामा मात्र होईन बुद्ध धर्म मान्ने सम्पूर्ण धर्मावलम्बीहरुको अपमान गर्ने काम गर्दछ भारतले तर लेख्नै लाज लाग्छ आफ्नो देशको सरकारको ’boutमा किनकी यस्तो सम्बेदनशिल बिषयमा पनि नेपाल सरकारले पटक्कै कुरा राख्दैन भारतसँग । भारत सरकारको समर्थन नभई कसरी बनाईदैछ मानव निर्मित बुद्ध जन्मस्थल अनी कसरी प्रचार गरिन्छ भारतिय मिडियामा ? आफ्नो देशको इज्जत माथि खेलवाड गर्ने बिषयमा पनि बोल्दैनन नेताहरु किन ? विश्वका धेरै ठाउँ, सिमानाको ’boutमा बहस हुन्छ सयुक्त राष्ट्रसँघमा अनी खोजिन्छ सत्य तथ्य तर यहाँ भारतले जानीजानी नेपाल माथि अपमान गर्दा पनि किन निदाउँछन राजनेताहरु ? की कुर्ची जान्छ भन्ने डर छ ? होईन भने आज हरेक नेपालीले आफ्नो फेशबुकमा किन भन्नु परेको छ बुद्द भारतमा होईन नेपालमा जन्मेका हुन भनेर । भारतको बिरोध गरेर राजनीति गरेका बाबुराम किन बोल्दैनन आज यो ’boutमा ?

जे-जस्तो अफवाह फैलाउँदै गएपनी नेपालीहरुको एउटै छ मन अनी एक ढिक्का छन आफ्नो प्यारो पहिचानको लागि त्यो कायम राख्न र भगवान गौतम बुद्ध प्रतीको धार्मिक अनी शान्तीको सन्देशलाई अझै संसारमा फैलाउन तामाङ घेदुङ कुवेत गरेको प्रयास अति नै उपयोगी छ ।

6 responses to “कुवेतमा बुद्ध जयन्ती दोश्रो पटक मनाईंदै, झुटो हावा फैलाउने छिमेकी रवैया प्रति नेपाल सरकार किन चुप ?

  1. Thank you so much jay sir & indira sir news ko lagi tapaiharuko sahayog yasari nai pairahanecha bhanne ahsa rakheko chu NEPAL TAMANG GHEDUNG PARIWAR

  2. Ram ji ke sahayog chaahinchha hajurharulai MESC Team le 7/24 help harne chha.

    MESC President
    Dharma Raj Giri

  3. Ram ji ke sahayog chaahinchha hajurharulai MESC Team le 7/24 help Garne chha.

    MESC President
    Dharma Raj Giri

  4. Thank you Very much dharma sir, tapaiharuko sahayog ta abasya nai Chahincha Nai, sahayog bhanda pani hajur ra hajurko team bata yasto prapoch aaunu nai TAMANG GHEDUNG KUWAITKO lagi thulo sahayog ra garbako kuro ho, Tapaiko MESC bata jastai annya sang sastha or samajsebi bata pani yastai sahayog paucha bhanne tamang ghedung kuwaitko thulo biswas liyeko chu thanks

  5. Dharma ji dherai dherai dhanyabad. Tapaiharuko sahayog ko sadaa apekchhya raakhdachhau.

  6. tapaiharuko budda jayanti samaroh vabyatako sath safal hos bhanne agreem shubhkamna bwakta garna chahanchhu.good job tamang ghedung kuwait keep it up.thanks

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.