एमालेको विद्यार्थी सङ्गठनद्वारा आज शिक्षण संस्था बन्द


रुवि रौनियार, काठमाडौं, वैशाख २५ – एमाले भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले आज एक्कासी विद्यालय बन्द गराएको छ। हिजो साँझ त्रिचन्द्र कलेजमा राँके जुलुस निकाल्दा प्रहरीले हस्तक्षेप गरेको विरोधमा अखिलले सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गराएको हो।

पशुपति क्याम्पसमा अखिर र कङग्रेसको नेपाल विद्यार्थी संघबीच भएको झडपछि यी दुई संगठनबीच हुँदै आएको विवादकै यो पछिल्लो रुप हो।

‘हिजो कुनै जानकारी गराएनन्, आज एक्कासी विद्यालय बन्द गर्न भने,’ एन प्याव्सनका अध्यक्ष तथा ग्यालेक्सी स्कुलका संचालक गीता राणाले भनिन्, ‘पढाई सुरु भइसकेको थियो। एक्कासी स्कुल बन्द नगरे कारबाही गर्ने धम्की आयो। विद्यार्थी फिर्ता गर्न थालेका छौं।’

अखिलले प्रहरीले हिजो गरेको ‘दमन’को विरोधमा आज विहान सबै क्याम्पसअगाडि प्रदर्शन गरेका थिए। उनीहरुले कलेजमा पठन पाठनसमेत ठप्प पारे। अखिलका एक नेताकाअनुसार एमालेले आफ्नो हैसियत देखाउने समय आएकाले शैक्षिक संस्था बन्द गराएको हो। ‘राष्ट्रिय राजनीतिमा एमालेलाई महत्त्वहीन देखाउन खोजिएको छ त्यसैले शक्ति देखाउन बन्द गराएका हौं,’ अखिलका एक नेताले भने।

Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.