इजरायलमा २५५६ औं बुद्ध जयन्ती भब्य रुपमा मनाउने तयारीमा


बी.बी लामा तामाङ, इजरायल

बैदेशिक रोजगारको क्रममा इजरायलमा रहेका नेपाली समुदायहरूले शान्तिका अग्रदुत भगवान बुद्धको २५५६ औं बुद्ध जयन्ती भब्य रुपमा मनाउने भएका छन |चरणबद्ध रुपमा छलफल हुँदै आएकोमा  ४ मे २०१२ (शुक्रबार) साँझ,तेलअविव,इजरायलमा बसेको सयुक्त बैठक द्वारा २५५६ औं बुद्ध जयन्ती मुल समारोहसमिति गठन गरि इजरायल शेर्पा संघको मुल संयोजकत्वमा  नेपाल तामाङ समाज,इजरायल,शेर्पा किदुक, इजरायल,नेवा ख :खल,इजरायल र लुम्विनी कपिलवस्तु दिवस अभियान,इजरायल गरी ५ वटा संस्थाहरू आयोजक रहने गरी सयुक्तरुपमा एकै थलोमा २५५६ औं बुद्ध जयन्ती मनाउने निर्णय गरेका हुन | जसअनुसार संस्थागत रुपमा कार्य विभाजन तथा जिम्मेवारीहरू बाँडफाँड गरीअन्तिम तयारीमा सबै जना लागि परेका नेपाल तामाङ समाज,इजरायलका महासचिव सुन्दर सिह लामा तामाङले जानकारी दिनु भएको छ  |इजरायलको मुख्य शहर तेलअविव स्थित लेवेन्सकी चिल्ड्रेन पार्कमा १२ मे २०१२ शनिबारका दिन बिहान ८ बजे देखि बौद्ध धार्मिक विधीअनुसार पाढपूजाबाट कार्यक्रम आरम्भ गरि तत्पाश्चत प्रशाद बितरण गर्ने कार्यतालिका रहेको जनाएको छ |  इजरायलमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनिहरूलाई नेपालीपन झल्किने भेषभुषा (पोशक) मा उपस्थित हुनु भई प्रशाद ग्रहण गरि दिनु  हुन  आयोजकले सबैमा हार्दिक अनुरोध गरिएको छ | स्मरण रहोस् गत बर्ष २०११  देखि  इजरायलमा विभिन्न संघसंस्थाहरू एकै ठाउँमा मिलेर बुद्ध जयन्ती मनाउन शुरु गरेको हुन | आयोजक संस्थाहरू मध्ये एउटा संस्थाको मुल ंयोजकत्वमा सम्पन्न गरिने कार्यक्रम गत बर्ष (२०११) नेपाल तामाङ समाज इजरायलको सयोजकत्वमा सम्पन्न भएको थियो |

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.