अपडेट: प्रधानमन्त्री बाहके सबै मन्त्रीद्वारा राजिनामा


राष्ट्रिय सरकार गठनका लागि प्रधानमन्त्री बाहेक सबै मन्त्रीहरुले राजिनामा दिने निर्णय गरेका छन् । केही दिन भित्रै राष्ट्रिय सहमतिको सरकार प्रधानमन्त्री डा. बाबुराम भट्टराईकै नेतृत्वमा गठन हुने बताइएको छ । इतिहासकै जम्बो मन्त्रिपरिषद्मा ४९ मन्त्रीहरु थिए ।

माओवादी तर्फबाट उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ र स‌युक्त लोकतान्त्रिक मधेसी मोर्चाका तर्फबाट भौतिक योजना तथा निर्माण मन्त्री  ह्दयश त्रिपाठीले शीर्ष नेताहरुको बैठक भइरहेको स्थलबाट बाहिर निस्केर उक्त जानकारी दिएका हुन् ।

‘केही दिनभित्रै राष्ट्रिय सहमतिको सरकार बनाउने र स‌विधानका विवादित विषयहरुमा पनि सहमति खोज्ने गरी सहमति हुन लागेकाले सबै मन्त्रीहरुले राजिनामा दिने निर्णय गरेको हो’ त्रिपाठीले भने ।

उपप्रधानमन्त्री श्रेष्ठले भने प्रधानमन्त्री भट्टराईकै नेतृत्वमा राष्ट्रिय सरकार बन्ने बताए । साथै उनले सहमतिको मस्यौदा बन्दै गरेको बताए । राष्ट्रिय सहमतिको स‌‌युक्त सरकार बन्छ । केही दिन भित्र स‌विधानको विवादित विषयहरुलाई टुङ्गो लगाउने गरी सहमति हुँदैछ ।

तीन दलको बैठक फेरी जारी

बुधबारको सहमतिलाई आ-आफ्नै ब्याख्या गरेपछि विथोलिएको प्रमुख तीन दल र मधेसी मोर्चाको बैठक नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा फेरी सुरु भएको छ ।

शीर्ष नेताहरुको बैठकमा सहमतिको मस्यौदा माथि छलफल भइरहेको बताइएको छ । बैठकमा कांग्रेस र एमालेले प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा माग गरेका छन् भने माओवादी र मोर्चाले सरकार पुनर्गठनमात्रै गर्ने अडानमा छन् ।

बैठक सुरु नभएपछि नेताहरुले रेस्लिङ हेरे

प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक सुरु नभएपछि नेताहरु फुर्सदिला भएका छन् । दलका शीर्ष नेताहरु व्यस्त भएपछि दोस्रो तहका नेताहरु भने टेलिभिजनमा च्यानल फेरि फेरि हेरिरहेका छन् ।

कांग्रेस नेता शेरबहादुर देउवा केहीबेर रेस्लिङ च्यानल हेरेर बाहिरए भने तमलोपाका अध्यक्ष महन्थ ठाकुर, हृदयेष त्रिपाठी, माओवादीका खिमलाल देवकोटालगायत टिभी हेरिरहेका छन् ।

शीर्ष बैठकमा ‘लोडसेडिङ’

प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको ‘मस्यौदा’ समितिको जारी बैठक लोडसेडिङले प्रभावित भएको छ ।

नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा रहेको सेना समायोजन विशेष समितिको कार्यालय (प्रधानमन्त्री बस्ने)मा जारी बैठक चलिरहँदा बत्ती गएपछि बैठक प्रभावित भयो । बैठक अबरुद्ध भएपछि प्रधानमन्त्रीका सुरक्षागार्डले प्रयोग गर्ने टर्च लाइट लगेर बैठक सुरु भएको छ । उक्त टर्च लाइटले काम गर्न छाडे कि बैठकस्थल परिवर्तन गर्नुपर्छ अन्यथा बैठक स्थगित गर्नुको विकल्प छैन ।

संविधानसभा भवनमा विजुलीको वैकल्पिक व्यवस्था भए पनि समितिको कार्यालयमा सुविधा छैन ।

‘ब्रेक थ्रु’ गर्ने भनिएको बैठकबाट नेताहरु निस्किए

संविधान निर्माण र सहमतीय सरकारमा ‘ब्रेक थ्रु’ गर्ने भनिएको शीर्ष नेताहरुको बैठकबाट नेताहरु बाहिरिएका छन् ।

नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा बस्ने भनिएको तीन दल र मधेसी मोर्चाको बैठक औपचारिकरुमा सुरु नहुँदै नेताहरु निस्किएका छन् । बैठकस्थलबाट प्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, मोर्चा संयोजक विजयकुमार गच्छदार बाहिरिएका हुन् ।

बैठकस्थलबाट बाहिरिएका गच्छदारले भने सहमतिको सम्भावना नटरेको बताए । ‘पूरा सहमति होलाजस्तो छ,’ सञ्चारकर्मीसित गच्छदारले भने ।

सिंहदरवारमा बस्ने संवैधानिक परिषद्को बैठकमा सहभागी भएर पुनः नेताहरु फर्कने बताइएको छ ।

सहमतिको खेस्रा कोरिँदै

प्रधानमन्त्रीसहित केही शीर्ष नेताहरु बाहिरिए पनि नयाँ बानेश्वरमा साझा सहमतिको खेस्रा लेख्ने काम भइरहेको छ ।

सहमतिको ‘मस्यौदा’ तयार गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले बरिष्ठ नेता माधवकुमार नेपाल, कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला र मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारलाई जिम्मा दिइएको छ । गच्छदार भने सिंहदरवार गएका छन् ।

सहमतिमा चित्त नबुझे अविश्वास प्रस्ताव

यसैबीच सहमतिको ‘मस्यौदा’मा चित्त नबुझे अविश्वास प्रस्ताव ल्याउने कांग्रेस संसदीय दलका नेता पौडेलले जानकारी दिए । उनले ‘मस्यौदा’ तयार गर्ने काम भइरहेको र त्यसको भाषामा चित्त नबुझे संविधानका विवादित विषयमा मतदान हुने सरकार गिराउने काम पनि जारी राख्ने बताए ।

One response to “अपडेट: प्रधानमन्त्री बाहके सबै मन्त्रीद्वारा राजिनामा

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.