एनआरएनए कुवेतको बिज्ञप्ती र कुवेतबासी नेपालीहरुको आँखामा एनआरएनए कुवेत..


ईन्द्र भुसाल, कुवेत

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबको एकल पहल र NRNA एनसिसी दुबई एवं आईसिसी कतारको सकृयतामा सन् २००९ को जुलाईमा गठन भएको एनआरएनए कुवेत अहिले कुवेतमा रहेका नेपालीहरुलाई मात्र होईन संसारका हरेक कुनामा बसेर NRNA को गतिबिधी हेर्ने र अनलाईन मिडिया पढ्ने पाठकहरुलाई एउटा मजाक गर्ने साधन जस्तै बनेको छ । क्लबबाट एनआरएनएमा कुन-कुन पदाधिकारी जाने भन्ने सवाल उठ्दा हालै NRNA कुवेतबाट राजिनामा गरेका क्लब अध्यक्ष धर्मराज गिरीलाई NRNA मा गएर केही गर्न सक्छु भन्ने लाग्यो भने तत्कालिन क्लव प्रवक्ता सुजन केसी त क्लब छाडेरै भएपनी एनआरएनएमा जानेसम्म तयारीमा रहे, यद्दपी वहाँहरुलाई पनि क्लबले नै पठाएको थियो भने सल्लाहाकारमा जान ईन्द्र पोखरेल अती इच्छुक रहे, यसैगरी तत्कालिन क्लव सह-सचिव राजन रिमाल नेपाल बिदामा हुँदा पनी एनआरएनएमा राखिदिनु भन्ने आग्रह आएकोले वहाँको नाम NRNA को कार्यसमितिमा समेटिएको थियो भने क्लवका बरिष्ट सल्लाहाकार तथा बर्तमान NRNA अध्यक्ष राजेन्द्र तामाङ्गलाई एउटा अध्यक्षको पदभार सम्हाल्न पनि क्लवले नै पठाएको थियो यि जती छुपाए पनि नछुप्ने सत्यता हुन भने सबै कुवेतवासीलाई पनि यसको हेक्का छ ।

तर, अब समयले धेरै कोल्टे फेरेछ आज ईन्द्र पोखरेल र अध्यक्ष बाहेक कुनै ब्यक्ती छैन एनआरएनए कुवेतमा भने संकटको बेला सुझाब र सल्लाह दिएर समाधान निकाल्नु पर्ने सल्लाहाकारहरु पनि राजिनामाको लहरसँगै बहेर आफ्नो बुद्दी र बिबेक नेपाली समाजलाई देखाएरै छाडे । अध्यक्ष एकल त होईनन तर आफ्नो निर्णयमा अडिग रहन नसक्ने ब्यक्ती भनेर अबस्य बुझ्नु पर्ने बेला भने आयो वहाँको हिजोको बिज्ञप्ती हेर्दा । हुन सक्छ उहाँ सबैलाई मिलाएर लान चाहनु हुन्छ तर तिवार पछीको पिठो जस्तै भएको छ वहाँले जारी गरेको बिज्ञप्ती ।

प्यानलवाजी जस्तो देखिएको एनआरएनए कुवेत दोस्रो कार्यकालको निर्वाचनमा आएर एकाएक मिल्यो भने पछी गएर बिधान बिपरित धमाधम हुन लाग्यो काम जहाँ राजिनामा दिएका पनि फर्के भने सोचाईमा नपरेका साथीहरु पनि भित्रिए । जे भएपनी वास्तबिक एनआरएनएको गतिबिधी प्रती कुनै चासो थिएन कुवेतबासी नेपालीहरुलाई यदी थियो भने ६०,००० नेपाली भएको ठाउँमा ६० जना साधारण सदस्य समेत हुन नसक्ने NRNA को अवस्था पक्कै हुने थिएन होला । बिबाद र नक्कली समाधान, केन्द्रिय नियुक्ती र सिफारिस अनी राजिनामा र पुन. राजिनामा फिर्ता यिनै हुन एनआरएनए कुवेतका गतिबिधी जुन सस्थाले आफुलाई सम्पूर्ण नेपालीको मियो ठान्दछ ।

१४ जनाको सामुहिक राजिनामा पछी तरल भएको एनआरएनए कुवेत अहिले ठेट शब्दमा भन्ने हो भने कहीं नभएको जात्रा हाँडी गाउँमा भएको छ । बलियो मुटु बनाएर राजिनामालाई स्विकृत गरेका अध्यक्षले आज बिज्ञप्ती मार्फत आफुले प्रकृयागत रुपमा गल्ती गरेको भन्दै सार्वजनिक माफि नै मागेर अगाडि आउनु भएको छ । एक अर्थमा नेत्रित्वले सस्थाको लागि ब्यक्तिगत दाउपेच नलिनु राम्रो हो तर आफ्नै आदेशमा बनाईएको ७७ सद्स्यीय कार्यसमिति पनि साथमा रहेको अवस्थामा एनआरएनएबाट बाहिरिएकालाई बोलाएर उही पद समाल्न अनुरोध गर्नुले पक्का पनी अध्यक्षको नेत्रित्व बिंड बिनाको कोदालो मान्न सकिन्छ । सल्लाह र सोधपुछ गर्न कस्ले रोक्यो उहाँलाई ? होइन भने अहिले आएर फेरी बोलाउनु नयाँ बनाएको कार्यसमिति माथि अध्यक्षले विश्वाश नगरेको स्पष्ट ठहर्छ कि ठहरिंदैन ? यो जवाफ पाठकगण या कुवेतवासी नेपालीले दिनेछन । मान्न सकिन्छ, राजिनामा दिने सम्पूर्ण व्यक्तित्वहरु बौद्धिक हुनुहुन्छ तर बौद्दिमताकै सवाल उठाउने हो भने अध्यक्षलाई काकाकुल जस्तो एक्लै बनाएर कसरी राजिनामा दिए ? यसको जवाफ कसले दिने ? अनी उहाँहरु त्यती उपयुक्त हुनुहुन्थ्यो त किन गरियो राजिनामा स्विकृत अध्यक्षबाट ? यहाँ यही भएको छ, जुन कहीं पनि हुनै सक्तैन अनी कसरी हेर्ने कुवेतबासी नेपालीहरुले एनआरएनए कुवेतलाई ?

राजिनामा दिएकालाई भने अध्यक्षको बिज्ञप्तीले अचम्मित पार्दो हो तर कुन आधारमा पुन. फर्किन सकिन्छ त्यो ठाउँमा ? बुझाउनु पर्दछ सम्पूर्ण नेपालीहरुलाई । राजिनामा पनि कती पटक दिने र फिर्ता लिने हुन्छ र ? कि त अब NRNA को बिधानमा पनि राख्नु पर्‍यो होईन भने बाहिरिएकी बुहारीलाई घर बोलाउनुको तुक नै के होला र ? राजिनामा गर्नेले एनआरएनएमा बिशुद्दताको सवाल उठाए तर कहिलै खुलेर बोल्न त के मुख आँ गरेको पनि चाल पाईएन अनी के को अशुद्दता र कहाँतिर छ यो अशुद्दता ? अनी के को घुर्काइ र के को लिंडे राजनीति प्रबासको यो जागिरे जिबनमा ? बुझ्न जरुरी छ कुवेतबासी नेपालीहरुले अनी बुझेका पनी होलान कि यही हो कुवेतका नेपालीहरुको आँखामा एनआरएनए कुवेत ।

सम्पादक डेस्क, कुवेतनेपाल डटकम

10 responses to “एनआरएनए कुवेतको बिज्ञप्ती र कुवेतबासी नेपालीहरुको आँखामा एनआरएनए कुवेत..

  1. ahily bhane nispachhe article lekhnu bhaye cha sampadak jiu lay …

  2. thanks sampadak jeu lai yesto nispakshaye samachar lekhnu bhayeko ra kuwait ma dherai natak bhayeko cha yetso sanstha haru ma yetro nepalii bhayeko thau ma teti karye samiti gathan garna na saknu k ko sanstha chalauna basnu

  3. u r right dear ,,,,,

  4. what a great artile

  5. thanx indra ji,,,,,je dhekhanu vo thehi lekhanu vo hajur le ,aaja

  6. GOOD ARTICLE INDRAJI KEEP IT UP.

  7. ईन्द्र जि हजुरको लेख एक्दमै निस्पक्ष छ। जे देख्नु भयो सोही लेख्नु भयो।

  8. २००९ मा स्थापना भएको एन आर एन ए एनसीसी अहिले आएर किन विवादमा आयो/-यदी निक्षपक्छ र कुवैत बासि नेपाली हरुको भलाइको लागि स्थापना भएको सस्था हो भने निक्षपक्छ धारणा र कुनै पनि संघ सस्था आबद्ध भएको नभएको ब्याक्ति लाइ समाबेश गराउनु नै बेस्ट हुनेछ/-जुन अहिले को एन अरर एन ए कुवैत कार्य समिति को नाम हेर्ने हो भने एक जना ब्याक्ति ३-४ सस्थामा आबद्ध छन ति ब्याक्ति हरुले आफ्नो सस्था चलाउ छन कि एन आर एन ए सस्था ? एन आर एन ए सस्था मा जो कोहिले पनि सदस्यता लिनु पाउछ तर कुनै राजनीति र अरु कुनै सस्थामा आबद्ध भएको ब्याक्ति होइन/- कुनैं सस्था मा आबद्ध भएको ब्याक्ति लाइ समाबेश गरायो भने त्यो ब्याक्तिले आफ्नो सस्थाको जसरि संचालन गरेको छ त्यही मताबिक चल्छ त्यही कारणले एन आर एन ए कुवैत मा दिन प्रतिदिन विवाद भएको छ/

    दिल बहादुर पुन
    बाग्लुंग -कुवैत

  9. पत्रकारिता न पढ्ने मान्छेले पत्रकार बन्नु जस्तै होला कुवेत को एन आर एन ए का पदधिकारी हरुको तछाड माछाड पनि ।

  10. kukur le arko kukur lai vau vau garera bhukna bekar ho

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.