०४ मई २०१२ का दिन एन.आर.एन.ए कुवेतको बैठक बस्दै..


विषय : बैठकमा उपस्थित हुने ’bout ।

प्यारा साथीहरु,

उपरोक्त विषयमा तपाईँहरु सल्लाहकार सहित १४ जना एन.आर.एन.ए, एन.सि.सि. कुवेतका पदाधिकारीहरुले ईमेल मार्फत दिएको सामुहिक राजिनामा प्राप्त गरे लगत्तै राजिनामा दिनाको कारण एवं असन्तुष्टिहरुका ’boutमा जानकारी लिई समस्या समाधानार्थ अगाडी बढ्नु पर्नेमा त्यसो गर्न नसकि तपाईँहरुको राजिनामा स्वीकृत गरी आफुले गल्ति गरेको कुरा महशुष भईरहेकोले सो भुललाई स्वीकार गरी तपाइँहरुजस्ता बौद्धिक व्यक्तित्वहरु विना एन.आर.एन.ए. कुवेत अधुरो रहने कुराको बोध भई पुनः यहाँहरु सबैलाई तपसिल अनुसारको मिति र ठेगानामा उपस्थित भई आपसिक छलफल द्वारा समस्यालाई किनारा लगाई यस संस्थालाई आगामी दिनहरुमा विवाद रहित बनाई संस्थाको उद्देश्य अनुरुप काम गर्ने अठोटका साथ आ–आफ्नो पदीय जिम्मेवारी सम्हाली एक अर्कामा हातेमालो गर्दै अगाडी बढ्नु हुनको निम्ति पुनः दोस्रो पटक यो सुचना सहित हार्दिक आग्रह गर्दछु ।

पुनश्चः सो बैठकमा सहभागीहुनको निम्ति मध्यपूर्वका संयोजक श्री नरेन्द्र भाट ज्यूको पनि आगमन हुने र तपाईँहरुका गुनासा तथा एजेन्डाहरुको निकास वहाँकै रोहबरमा खोजिने कुराको पनि यहाँहरुलाई अवगत गराउन चाहन्छु । तसर्थ सो बैठक अति नै महत्वपूर्ण हुने र यहाँहरु सो बैठकमा उपस्थित हुन नसकेको खण्डमा संघको विधान अनुरुप रिक्त हुन जाने ठाउँमा पदपूर्ति गरि संस्थालाई गति दिइने कुराको पनि जानकारी गराईन्छ ।

धन्यवाद्,

तपसिल:
मितिः ०४ मई २०१२
समयः विहान ९ बजे देखि
स्थानः रोयल ईन्डियन मुगलाई रेष्टुरेन्ट, फाहहिल

राजेन्द्र तामाङ्ग
अध्यक्ष
एन.आर.एन.ए., एन.सि.सि., कुवेत

To,
Mr. Dharma Raj Giri
Mr. Sujan KC
Mr. Manu Magar
Mr. Kishor Sharma
Mr. Rajan Rimal
Mr. Toya Nath Dahal
Mr. Bom Bista
Mr. Navaraj Parajuli
Mr. Ash Bahadur Nepali
Mr. Khop Gurung
Mr. Chhatra Karki
Mr. Top Bahadur Gurung
Mr. Agam Bahadur Limbu
Mr. Bal Kumar Gurung

2 responses to “०४ मई २०१२ का दिन एन.आर.एन.ए कुवेतको बैठक बस्दै..

  1. YE BALLA PO PRISDEND SIR LAI AFNO GALTI KO MAHSUS BAKO RAHICHA HUNATA SIR KO GALTI TA HAMI LAI PATAKAI LAGDAINA KINAKI SIR LAI RAZINAAMA PASS GARNA KUNAI TATWA LY UKSAYEKO CHA BANDA FARAK NAPRLA.YE BABA WORLD KO KUNAI PANI ORGANAIZATION MA RESIGN GARE PACHI COUSE TA BUJNA ORGANAIZATON KO UCHA PADMA RAHEKA HARU LY COUSE BUGNA CHANACHA.TARA KAI YO NRNA MA TA K BAYO KASKO KEY BATA ORGANAIZATION KO STERING CAALDAI CHA BUGNA SAKINA ,HERAM WHAT OUT PUT WILL BRING THIS MEETING

  2. कुवैत को एन आर एन ए सस्था अझै पनि ओझेलमा पर्ने स्थिती भयो:
    किन आफु आफु को खिचातानी को सम्झौता गर्दा गर्दै २ बर्ष बिती सक्छ अनि कुवैत बासि नेपाली हरुले के सहयोग पाउलान त् एन आर एन ए सस्था कुवैत बात? ५७ देशमा स्थापना भएको सस्था खाडी मुलुकको लागि साउदी अरबियामा स्थापना भएको एन आर एन ए सस्था ले मात्र उसको मातहतमा बसेर कुनै पनि साउदी अरबियामा कार्यरत नेपाली दाजुभाई दिदिबहिनि हरुको ठुलो सहयोग गरेको प्रमाण साउदी अरबिया एन आर एन ए का प्रतिनिधि हरुले सबैको सामु देखाएको छन/-अब कुवैत को एन आर एन ए भनेको ब्याक्तिगत सस्था हो भनी बुझुनु पर्ने हुन्छ/- त्यहा जति जना आबद्ध छन उनि हरुको मात्र आफ्नो सस्था हो भनी कुवैत बासि नेपाली हरुले भुझे सकेको छन/- एन.आर.एन.ए., एन.सि.सि., कुवेत अध्यक्ष ज्यु ले २ बर्षको कार्यकाल समाप्ति गरेर अर्को नया कार्य समिति गठन गरी फेरी पनि अध्यक्ष पद समाल्नु भयो तर ३ बर्ष को अबधि सम्म कुवैत बासि नेपाली हरुलाई सामुहिक भेला गराई एन आर एन ए को उदस्य के हो एन आर एन ए सस्था कुवैतमा के को लागि स्थापना भएको छ भनी कुवैत बासि नेपाली हरुलाई अझै खुलस्त पार्नु सक्नु भएको छैन/- यदी कुवैत बासि नेपाली समक्ष ति कुरा हरु खुलस्त हुन् गएमा या खुलस्त पारि दिएमा कुवैत बासि नेपाली हरुको सहयोग बात बर्षमा एक प्रोजेक्टको लगानी नेपालमा भित्राउने सक्ने क्षमता छ/-यो भन्दा पहिला पनि एन आर एन ए सस्था भनेको पुजिपाती को सस्था हो भन्ने हल्ला थियो अहिले आएर कुवैतको एन आर एन ए सस्थाले कुवैत बासि नेपाली हरुको सामुन्ने साबित गरेको छ/- मेरो कमेन्टमा तपाई हरुलाई कुनै दुख लागेमा प्रश्न गर्नु या कमेन्ट को प्रति उत्तर दिनु नभुल्नु होला/-

    धन्य बाद
    दिल बहादुर पुन
    बाग्लुंग- हाल कुवैत

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.