संघियताका नाममा बन्दै बन्द


काठमाडौं, वैशाख २०  – राज्य पुनर्संरचानाको विषयलाई लिएर दलहरुबीच बढ्दै गएको दुरी मुलुकको तल्लो तहसम्म पनि फैलिएको छ। दलका नेताहरु पुनर्संरचनाको विषयलाई लिएर चर्का कुरा गरेपनि उनीहरु वार्ताका लागि रिसोर्टमा पुग्न र छलफलमा जुट्न कठिन छैन तर सुदूर पश्‍चिममा ६ दिन बन्द हुँदा पनि कसैले चासो दिएका छैनन्। आज पूर्वी नेपाल पनि ठप्प छ।

 जातीय पहिचान र अग्राधिकारसहितको राज्य पुनर्संरचना गर्ने नारामा उत्रेका दल र त्यसको विरोधमा रहेका दलका नेताहरु सहमति नभएपछि चुनावी प्रकृयाबाट मुलुकलाई संविधान दिलाउने प्रयासमा छन्। तर, सुदूर पश्‍चिममा अखण्ड सुदूर पश्‍चिम र त्यसको विरोध गर्ने दुबै समूहले बन्द गरेका छन्। पूर्वमा जातीय सद्‍भावका लागि बन्द आह्वान गरिएको छ।

नागरिकन्युजकर्मी अमर खड्काले जनाएअनुसार वन्दले पूर्वको जनजीवन पूर्ण प्रभावित भएको छ। राष्ट्रिय अखण्डता तथा जातीय सद्भावका लागि भन्दै संयुक्त संघर्ष समितिले आह्वान गरेको पूर्वाञ्चल बन्दले जनजीवन प्रभावित भएको हो।

बन्दले गर्दा बिहानैदेखि लामो तथा छोटो दुरीका सार्वजनिक यातायातका सवारी साधन चलेका छैनन्। सडकमा अति आवश्यकीय सवारी साधन भने निर्वाध रुपमा चलेका छन्।
बजार-पसल, शैक्षिक संस्था पनि ठप्प छन्। बन्दकर्ता बिहानैदेखि मुख्य-मुख्य चोकमा भेला भएर बसेका छन्। एकपछि अर्को समुहले श्रृख्लाबद्ध रुपमा हुने गरेको वन्दले सर्वसाधारण यात्रु भने सास्ती बेहोर्दै आएका छन्।

ब्राह्मण समाज नेपाल, खस क्षेत्री एकता समाज, ठकुरी समाज नेपाल, दशनामी एकता महासंघ, दलित जागरण समाज लगायतका संगठनको संयुक्त संघर्ष समितिले एक दिने पूर्वाञ्चल वन्द आह्वान गरेको हो।

अन्य जाति तथा आदिवासीलाई जस्तै आफूहरुलाई पनि आरक्षणको व्यवस्था गर्नुपर्ने, आरक्षणको सयमसीमा किटान गर्नुपर्ने, राज्य पुनःसंरचना गर्दा पहिचान र सामार्थ्यको आधारमा गरेपनि जातिय सद्भाव बिथोल्ने किसिमले गर्न नहुने लगायतका माग गर्दै बन्द आह्वान गरिएको हो।

आन्दोलन जटिल मोड तर्फ अगाडी बढ्दै
धनगढीबाट नागरिकन्युजकर्मी दिलबहादुर छत्यालले जनाएअनुसार अखण्ड सुदुरपश्चिमको माग राख्दै गरिएको आमहडतालको छैटौं दिन पनि यस क्षेत्रको जनजिवन ठप्प बनेको छ। बन्दले जनजिवन कष्टकर बन्दै गएको छ।

अखण्ड सुदुरपश्चिमको विरोधमा थारु संयुक्त संघर्ष समितिले पनि बुधबार बन्द गरेका छन्। ६ दिनदेखिको बन्दले एकतातिर दैनिक उपभोग्य सामाग्री, औषधी लगायतका अभाव जनजिवन कष्टकर बन्दै गएको छ भने,थारुहटका कार्यकर्ता पनि सडकमा उत्रेपछि यस क्षेत्रमा थप तनावपुर्ण स्थिति बनेको छ।

Source: Nagarik

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.