श्रीमानका खातिर पत्नीद्वारा केटी समर्पित


२० बैशाख, काठमाण्डौ – असहाय बालबालिकालाई लालन पालन गर्ने भन्दै अनाथगृह चलाउने ६० बर्ष कटेका एक बृद्धले १३ देखि १६ बर्षसम्मका किशोरीलाई यौन शोषण गर्ने गरेको खुलेको छ । उमेर ६० कटेका यी बृद्धलाई यसरी किशोरीसँग सुत्ने सुबिधा भने उनकै वैधानिक पत्नीले नै दिएको र ती बृद्धले नचाहाँदासमेत किशोरीलाई पत्नीले सँगै सुत्न बाध्य बनाउने गरेको खुलासा भएको छ ।

२० बर्षदेखि काठमाण्डौको बाँसबारीस्थित मर्निङस्टार चिलड्रेन होम चलाएका यी बृद्ध बिष्णुप्रसाद पराजुलीले पछिल्लो दिनमा १३ देखि १६ बर्ष उमेरका किशोरीसँग पालैपालो कामबासना पुरा गर्ने गरेको पाइएको छ । बेलायती नागरिकको अनुदानबाट चल्ने उक्त अनाथगृह क्रिश्चियन धर्मका अनुयायीको सहयोगबाट चल्ने गर्छ । बिष्णु र उनकी पत्नी मोना होमको भुईंतलामा रहेका दुईवटा बेग्लाबेग्लै कोठामा सुत्ने गर्दथे । श्रीमानले बालिकालाई र श्रीमतीले बालकलाई लिएर रात बिताउने गरेको पिडीतहरुलाई प्रहरीलाई दिएको श्रृब्यदृष्य बयानमा उल्लेख छ । जम्मा ४२ जना बालबालिका रहेको सो होममा श्रीमानको यौनप्यास मेटाउने र बालिकालाई जर्वजस्ती शोषण गर्ने ब्यबस्था श्रीमती मोनाले नै गर्दै आएकी थिइन् ।

अरुभन्दा ठूला, तुलनात्मकरुपमा राम्रा र भनेको मान्ने किशोरीलाई छानेर मोनाले ड्याडी-श्रीमान बिष्णु)को कोठा सफा गर्ने काम पालैपालो लगाउने गर्थिन् । कोठा सफा गर्ने पालो परेका किशोरीहरु नै ड्याडीसँग सुतेर यौन प्यास मेटाइदिनुपर्दथ्यो । बालिकाले त्यसरी रात बिताउन सहमति नजनाए श्रीमतीले नै गाली गरेर रात बिताउन बाध्य पार्ने गरेको पिडीतहरुले बयानमा बताएको बुधबारको जनआस्था साप्ताहिकले छापेको छ । मासिकश्राव भएका बेला समेत बिष्णुले जर्वजस्ती सम्र्पक गर्न लगाएको उनीहरुले रुदै बयान दिएका छन् ।

बिष्णु र मोनाको कर्तुत त्यतिबेला खुल्यो जब दाता बेलायती नागरिकको निधन भयो । उनको निधनपछि उनकी छोरी नेपाल आएर वालगृहमा बसिरहेका केटाकेटीसँग कुरा गरेकी थिइन् । सो क्रममा उनले शोषण जानकारी पाएपछि अधिकारकर्मी र प्रहरीसँग छलफल गरेर मुद्दा अगाडी बढाइन् । यस्तो कुर्तुतमा संलग्न बिष्णु र मोना अहिले महानगरिय प्रहरी प्रभाग कालिमाटीको महिला सेलको नियन्त्रणमा छन् ।

Source: Onlinekhabar

 

One response to “श्रीमानका खातिर पत्नीद्वारा केटी समर्पित

  1. Ramro news. NGO ra INGO chalaune haru yestai garchhan. bhitri shoshan dherailai thaha nai hunna. tes karan malai yesto NGO ra INGO prati bishwas kamti hundai gayeko ho. Nepal ma hareko kisim ka bhrastachar haru chhan, ti madhya yo pani yeuta namuna ho …. samajik bhrastachar ko. Bhrastachar bhaneko dhamira ho… dhamira lagepachhi je pani sakhap hunchha. Nepal ma yesto jyada bhrastachar hune gareko 22 barsha bhayo …. aba 25 barsha puge pachhi … “Bhrastachar le safalata purbak 25 barsha pura gareko ma thulai karyakrama” ko aayojana garnu parchha…. bhrastachar barsha manauna parchha .

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.