पप गायक बिजय लामा कुवेत आईपुग्नु भयो,बिमानस्थलमा भब्य स्वागत


ईन्द्र भुसाल ,कुवेत

१२३ औ मे दिवसको अबसर पारेर नेपाल कुवेत मजदुर सँघले आयोजना गर्न लागेको मे ४ तारिक शुक्रबारको कार्यक्रममा भाग लिन अतिथी कलाकार बिजय लामा आज कुवेत आईपुग्नु भएको छ। हिजो आउने कार्यक्रम रद्द भएकोले उहाँ आज आउनु भएको हो। कलाकार लामाको स्वागतको लागि बिमान्स्थलमा कुवेतमा कृयाशिल बिभिन्न नेपाली सँघ-संस्थाका अध्यक्ष लगाएक ठुलो संख्यामा मेनपावर ब्यबसायीहरुको उपस्थिती रहेको जानकारी मिलेको छ।

भब्यरुपमा कलाकारलाई स्वागत गर्ने नेपाली समाज कुवेतको परम्परालाई कायम राख्दै नेपाल कुवेत मजदुर सँघले पनि अतिथी कलाकार बिजय लामालाई अतिनै खुशी तुल्याएको कार्यक्रम सम्योजक कुमार झापालीले बताउनु भयो । स्वागतको लागि बिमानस्थलमा एन आर एन ए कुवेत का अध्यक्ष र उहाको परिवार ,माउन्ट एभरेष्ट स्पोर्टइङ क्लबका पुर्व अध्यक्ष किरण पौडेल र परिवार , NRNA कुवेतका उपाध्यक्ष राजु थापा ,मेन पावर एसोसिएसनका महासचिब रामचन्द्र सुबेदी ,तमाङ घेदुङका उपाध्यक्ष अर्जुन तमाङ र सचिप अमृत तमाङ लगाएक पत्रकार अर्जुन उदाशी ,सुसन गौतमको उपस्थिती रहेको थियो भने आयोजक संस्थाका अध्यक्ष टेन्डुप शेर्पा ,सचिब तारा पौडेल र सम्योजक कुमार झापाली स्वागतको लागि जानु भएको जानकारी मिलेको छ ।


नितान्त नि:शुल्क रहेको यो कार्यक्रममा भाग लिना आउनु भएका कलाकार बिजय लामा सँग कुवेत नेपाल डटकमले टेलिफोन संपर्कमा जिज्ञासा राख्दा आफुले सोचेभन्दा धेरै स्वागत पाएको र सम्पूर्ण कुवेत बासी नेपालीहरुको माया पाउने आफुले आशा राखेको बताउदै यो कार्यक्रम सम्पूर्ण मजदुर नेपालीहरुको साझा कार्यक्रम भएकोले आफुले भाग लिना पाउदा अतिनै खुशी लागेको प्रतिकृया दिनु भयो । के कस्तो सांगितिक कोसेली लिएर आउनु भएको छ भन्ने अर्को जिज्ञासामा उहाले आफ्नो नयाँ एलबम( द परफम एक कलाकार )यही कुवेतको कार्यक्रममा सार्वजनिक गर्ने योजनामा रहेको खुलासा गर्दै दर्शकको चाहान अनुसारका र आफ्न नयाँ पुराना गीतले सकेजती खुशी दिने बताउदै सम्पूर्ण नेपालीहरुलाई एक भएर कार्यक्रममा रमाइलो गर्न आगर्ह गर्नु भयो ।
नेपाल कुवेत मजदुर सँघले आयोजना गर्न लागेको यो कार्यक्रम नेपाल कुवेत साँस्कृतिक मञ्चले गरेको नि:शुल्क तिज कार्यक्रम पछी दोस्रो नि:शुल्क  कार्यक्रम हो भने नेपालबाट कलाकार झिकाएर गर्न लागिएको पहिलो नि:शुल्क कार्यक्रम हो । जिलिबको टुरिस्टिक पार्कमा गर्न लागिएको यो कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएका छन ।

One response to “पप गायक बिजय लामा कुवेत आईपुग्नु भयो,बिमानस्थलमा भब्य स्वागत

  1. Thank’s Indra Bhushal ji janakari ko lagi.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.