अब फेसबुक मार्फत अंगदान


सोसल नेटवर्किङ साइट फेसबुकले अंगदान गर्न चाहने मानिसहरुसँग सहकार्य गर्ने भएको छ । अंगदाताहरुलाई फेसबुकमार्फत आफ्ना अंग शेयर गर्ने सुविधा फेसबुकले प्रदान गर्न लागेको हो । सुरुमा अमेरिका र बेलायतका फेसबुक प्रयोगकर्ताले फेसबुकको लिंकमा आधिकारिक रुपमा आफ्नो नाम दर्ता गरी अंगदान गर्न सक्ने फेसबुकका संस्थापक मार्क जुकरबर्गले जनाएका छन् । अंगदान गरिसकेका फेसबुक प्रयोगकर्ताले समेत उक्त लिंकमा आफुलाई एड गरी आफ्नो प्रोफाइलमा अंगदानको सूचना प्रवाह गर्न सक्ने बताइएको छ । टाइमलाइनमा उक्त लिंक उपलब्ध हुनेछ । जुकरबर्गले फेसबुकको अंगदान सेवाको उद्घाटन गर्दै आफ्नो फेसबुक अपडेट गरेका छन् ।

गएको वर्ष निधन भएका आफ्ना साथी तथा एप्पल कम्पनीका संस्थापक स्टिभ जब्सबाट आफुले यस्तो सेवाको सुरुवात गर्ने प्रेरणा पाएको जुकरबर्गको भनाइ छ । कलेजो रोगबाट पीडित जब्सले पनि कोही दाताबाट प्राप्त कलेजो प्रत्यारोपण गरेका थिए ।

अमेरिकाको अंगदान सम्बन्धी सामाजिक संस्था डोनेट लाइफ अमेरिकाका अनुसार १ लाख १२ हजार अमेरिकी नागरिकहरु सरीरका कुनै न कुनै अंग प्रत्यारोपण गर्नुपर्ने अवस्थामा छन् । अमेरिकामा सरीरका अंग प्रत्यारोपण हुन नसक्दा हरेक वर्ष १८ जनाको ज्यान जाने गरेको छ । फेसबुकमार्फत अंगदान गर्न सकिने भएपछि यसरी ज्यान गुमाउनुपर्नेको संख्या घट्ने अपेक्षा गरिएको छ । साथै अब अंगदान गर्न चाहनेको संख्या पनि बढ्नेछ । फेसबुकमार्फत अंगदान गरेको घोषणा गर्नेसँग डोनेट लाइफ अमेरिकाले सम्पर्क गरी सम्झौता गर्ने बताइएको छ ।

 Source: Onlinekhabar

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.