१ सय २३ औ मजुदुर दिवस आज, बेग्ला बेग्लै कार्यक्रम हुँदै


१९ बैशाख, काठमाण्डौ – आज मे १ अर्थात, अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि यो दिवस मनाइदैछ । १ सय २३ औं मजदुर दिवसका अवसरमा सोमबार सबै मजदुर संघसंगठनहरुले छुट्टाछुट्टै कार्यक्रम गर्दैछन् । एकीकृत नेकपा माओवादीको संगठन अखिल नेपाल टे्रड युनियन महासंघले काठमाण्डौको खुलामञ्जमा सभा गर्ने भएको छ । विभिन्न ठाउँबाट र्‍याली निकालेपछि खुलामञ्चमा सभा गर्ने अध्यक्ष शालिकराम जमकट्टेलले जानकारी दिनुभयो । सभालाई माओवादी अध्यक्ष प्रचण्डले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । यता माओवादीकै बैद्य पक्षले भने छुट्टै कार्यक्रमको आयोजना गरेको छ । बैद्य पक्षको कार्यक्रम दिउँसो बसन्तपुरमा हुने बताईएको छ ।

एमाले निकट मजदुर संगठन जीफन्टले पनि र्‍याली सहितको सभा गर्ने जनाएको छ । जिफन्टले सगरमाथा वेस क्याम्प सहित काठमाण्डौमा पनि यसअघिका भन्दा फरक हिसावले दिवस मनाउन लागेको बताएको छ । काठमाण्डुका विभिन्न ठाउँबाट निकालीने र्‍याली भृकुटीमण्डपमा पुगेर सभामा बदलिने अध्यक्ष विष्णु रिमालले जानकारी दिनुभयो ।

त्यसैगरि नेकपा संयुक्तले पनि विभिन्न चेतनामुलक तथा सास्कृतिक कार्यक्रम गर्ने जनाएको छ । नेपाली काङ्ग्रेसको नेपाल टे्रेड युनियन महासंघले भने मजदुर भेला मात्रै गर्ने जनाएको छ ।

मजदुर दिवसको शुभकामना सवैलाई

१ सय २३ औ मजदुर दिवसको अवसरमा शुभकामना दिनुहुँदै प्रधानमन्त्री डा बाबुराम भट्टराईले राज्यका विभिन्न संयन्त्र तथा निकायहरुमा श्रमजीवी वर्गको सहभागिता सुनिश्चित नभएसम्म मुलुकले फड्को मार्न नसक्ने बताउनु भएको छ । उहाँले आफ्नो शुभकामना सदेशमा नेपालको अन्तरिम संविधानले श्रमिकहरुलाई सङ्गठित हुने अधिकार दिइसकेकाले अब नयाँ संविधानमा समेत श्रमिकका अधिकार, नीति निर्माण एवम् कार्यान्वयनको तहमा प्रतिनिधित्वको प्रत्याभूति गर्न जरुरी रहेको उल्लेख गर्नुभएको छ ।

वैदेशिक रोजगारसम्बन्धी ऐन नियमको पूर्ण कार्यान्वयन, मुख्य गन्तव्य मुलुकहरुसँग श्रम सम्झौता र रोजगार प्रवर्द्धन तथा विप्रेषणलाई उत्पादनशील क्षेत्रमा परिचालन गराउन आवश्यक रहेको पनि प्रधानमन्त्रीले बताउनु भएको छ ।

यसैगरी नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले मजदुर वर्गको हक र हितको सम्बर्द्धन गर्ने सम्बन्धमा आप\mनो पार्टी सदैव सचेत भएर लाग्ने प्रतिबद्धता जनाउनुभएको छ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले पनि छुट्टै शुभकामना सन्देशमार्फत नेपाली मजदुरहरुले गरेको कठोर सङ्घर्षको फलस्वरुप राजनीतिक अधिकारहरु प्राप्त गरे पनि अपेक्षाकृत आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरु प्राप्त गर्न नसकेको स्वीकार्नु भएको छ ।

 Source: Onlinekhabar

One response to “१ सय २३ औ मजुदुर दिवस आज, बेग्ला बेग्लै कार्यक्रम हुँदै

  1. नेपाली जनता हो अब नसुत उट्ने बेला भायि सक्यो जाग अब जाग्ने बेला भयि सक्यो यि नेपाल मा बसेका लुटेरा हरु लायी नेपाल बाट लखेत्ने बेला भयी सक्यो सोझ जनता का छोरा छोरी लायी मार्न लगाउने अनी शाहीद भनेर मलम लगाउने यो नियम लायी जब सम्म तोड् न सकिन्न तब सम्म यि लुटेरा ले हाम्रो आस्था र बेश्वासस माथि खेली रहने छन तेस कारण अब उथ्ने बेला भयो हात मा जे छ थ्यो नै लिएर उठौ हाम्रो नेपाल बाचाऊन लायी एसो गर्न सकेमा हामी छिट्टै हाम्रो गन्तब्ये मा पुग्ने छौ येदी ढेला भएमा पछुतौनु को सिबाये अरु केही नबच्ल्ला है साथी हरु हो काद् मा काद् हात मा हात मिलौने बेला भयि सक्यो उठौ उठौ उठौ …………….

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.