संबिधानसभा छाडेर होटल साहुनीसँग


१९ बैशाख, काठमाण्डौ – संबिधानसभा निर्माण गर्ने गहन जिम्मेवारी दिएर जनताले चुनावमा जिताएका एक सभासद् एक बर्षदेखि बेपत्ता छन् । पर्वत क्षेत्र न २ बाट संबिधानसभा चुनाव जितेका माओवादी सभासद गुणाखर अर्याल वेपत्ता भएको एक बर्ष पुग्दा पनि न त उनको पार्टीले खोजेको छ नत संबिधानसभा सचिवालयले । आखिर के गर्दैछन यी जनप्रतिनिधि ?

प्रहरी स्रोतका अनुसार उनी नयाँ बसपार्क क्षेत्रमा भट्टी पसल चलाउने तामाङ थरकी एक महिला लिएर भागेका छन् । गत जेठ महिनासम्म संबिधानसभामा हाजिर रहेका सभासद बस्याल त्यसयता त्यहाँ पुगेका छैनन् । बिबाहित बस्यालकी श्रीमती खिमाले श्रीमानको खोजीका लागि गरेको प्रयास पनि सफल हुन नसकेको मंगलबार प्रकाशित दृष्टि साप्ताहिले छापेको छ ।

मुलुक बनाउने भन्दै ज्यान हत्केलामा राखेर युद्ध लडेका बस्याल ती महिलाको प्रेममा यति पागल भइसकेछन की उनले सभासद् पद नै दाउमा राखे । उनले हालै सभासद् पदबाट राजीनामा दिएका छन तर स्वीकृत भइसकेको छैन् ।

मृगौला रोगी पत्नी खिमाले पतिको खोजीका लागि पुलिस र पार्टी गुहारिन् । पुलिसमा श्रीमान अपहरणमा परे भनेर निबेदन दिइन, तर पुलिस अनुसन्धानले उनी केटी च्यापेर चितवनतिर बसिरहेको पत्तो लगायो र थप खोज्नु नपर्ने निष्र्कष पनि निकाल्यो । त्यसपछि उनी अध्यक्ष प्रचण्डलाई गुहारिन तर पार्टीले पनि पति खोज्ने रुची देखाएन् ।

 Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.