संविधान निर्माणको काम अन्तिम चरणमा पुग्यो : गौतम


१८ बैशाख, रोल्पा – नेकपा एमालेका उपाध्यक्ष बामदेब गौतमले तोकिएको समयमा संबिधान जारी हुने दाबी गर्नुभएको छ । संबिधानका बिवादित बुदाँहरुमा दलहरुबीच गम्भीर छलफल भैरहेको बताउदैँ गौतमले संबिधान निर्माण अन्तिम चरणमा पुगेको स्पष्ट पार्नुभयो । उहाँले दलहरुबीच तोकिएको समयमा संबिधान जारी गर्नुको बिकल्प नभएकोमा जोड दिनुभयो ।

प्रेस चौतारी नेपाल रोल्पाले सोमबार लिवाङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमाले उपाध्यक्ष गौतमले तोकिएको समयमा संबिधान जारी नभए ताजा जनादेशमा जाने बताउनुभयो । उहाँले जातीय आधारमा राज्य पुर्न संरचना देशलाई घातक हुने चेतावनी दिनुभयो ।

नेता गौतमले देश गम्भीर मोड पुगेको स्मरण गर्दै सक्रमण काल नटुङ्गीय देश दुर्घटनामा जाने खतरा बढेको बताउनुभयो । आफुहरु प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा रहेको बताउदैँ उहाँले राष्ट्र प्रमुख प्रत्यक्ष निर्वाचित भए तानाशाही व्यवस्था लागु हुनसक्ने तर्क गर्नुभयो ।

नेपालका राजनैतिक दलहरुमा भिन्ना भिन्नै बिचार रहेकाले एकले अर्कोलाई आरोप प्रत्यारोप गर्नु स्वाभाविक भएको भन्दै गौतमले आन्तरीक बहसले उग्र रुप लिए पार्टी बिभाजन तर्फ जाने जिकिर गर्नुभयो ।

Soource: Onlinekhabar

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.