मोटरसाइकल बम विष्फोटमा मर्नेको संख्या ४ पुग्यो, जनतान्त्रिक मुक्ति मोर्चाद्वारा जिम्मेवारी


जनकपुरको रामानन्द चोकमा वम विष्फोट भएको छ। विष्फोटमा परी ४ जनाको ज्यान गुमेको र ३० भन्दा बढी घाइते भएको नागरिकन्युजकर्मी सुरेश यादवले जानकारी दिए। जनकपुर अस्पतालले घटनामा परेका तीन जनाको मृत्यु भएको जानकारी दिएको छ। मर्नेको संख्या बढ्न सक्ने बताइएको छ।
मर्नेहरुमा मिथिला नाट्यकला परिषदका कलाकार रञ्जु झा, ३२, स्थानीय विमल चरण र झगरु मण्डल रहेका छन। उपचारका क्रममा सुरेश उपाध्यायको मृत्यु भएको छ। उनीहरु मिथिला राज्यको माग गर्दै सञ्चालित धर्नामा बसेका थिए।

धर्नास्थलमै आएर रोकिएको ज २ प ९३९५ नम्बरको मोटरसाइकल विष्फोट भएको थियो। बम बोकेको मोटरसाइकल कसले ल्यायो भन्ने खुल्न सकेको छैन।

घटनास्थलबाट यादवले दिएको जानकारीअनुसार त्यहाँ ठूलो भिड लागेको छ भने रगतका टाटा सडकमा देखिन्छ। मोटरसाइकलपनि पूर्णरुपमा ध्वस्त भएको छ।

जनतान्त्रिक मुक्ति मोर्चाद्वारा जिम्मेवारी
बम विस्फोटपछि पत्रकारलाई एसएमएसमार्फत जनतान्त्रिक तराई मुक्ति मोर्चाले जिम्मेवारी लिएको छ। मोर्चाले विष्फोटमा सर्वसाधारण मारिएकोमा माफी माग्दै जयक्रान्ति राजन मुक्तिद्वारा जारी एसएमएसमा सरकारमा रहेका मधेशवादी दललाई सडकमा आएर मधेशका लागि समर्पित हुन चेतावनी दिइएको उल्लेख छ।

Source: Nagarik

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.