सुत्केरी अवस्थामा पनि सताइएँ म


गौरा प्रसाईं

म पहिलोचोटि आमा बन्ने प्रक्रिया हुँदा एक्लै थिएँ । नयाँ ठाउँ थियो । ’round चिनजान थिएन । छिमेकी विष्णुदेवी खनालसँग अलिअलि मात्र चिनजान थियो । म बसेको घर भर्खर बन्दै थियो । झ्यालढोका केही थिएनन् । त्यो घरमा सरेको केही दिन मात्र भएको थियो । बेथाले च्याप्दै लगेको दुई दिनपछि वरिपरिका छिमेकी, देशी, पहाडी महिलाहरूले यहाँ त पहिले पनि बच्चा पाउन नसकेर एउटी आइमाई मरेकी छे, चुरा बजाउँदै आउँछे, रुन्छे, तर्साउँछे, म अरू बच्चा पनि खान्छु भन्छे भन्दै नाना थरीका कुरा सुनाउन थाले । मलाई भने यस्ता फजुल कुराको विश्वास थिएन । एक्लै छु, के हुने हो भन्नेचाहिँ लाग्थ्यो । डरको होइन मर्ने–बाँच्नेकै सवाल थियो । नयाँ ठाउँ, आपूm बिलकुल अनजान, साथमा कोही थिएन ।

यत्तिकैमा प्रसवपीडाले छटपटाउन थालेँ । मेरो अहोभाग्य, बेथा लागेको दोस्रो दिन मेरो जीवनसाथी सविन (गोविन्द कोइराला) आइपुग्नुभयो । म उहाँलाई देखेर अत्यन्तै खुसी भएँ । आधा बेथा कम भएको महसुस भयो । उल्टै सकीनसकी खाना बनाएर खान दिएँ । खाना खाएको एकैछिनमा उहाँ सुर्खेत जाने तयारीमा लाग्नुभयो । मैले एक्लोपन, आइपर्ने अप्ठ्यारो, प्रसवपीडा आदि ’bout सबै कुरा बताएँ । उहाँ त खोइ, म के गरूँ मलाई पार्टीले सुर्खेत पठाएको छ, कार्यक्रम छ, जानै पर्छ भन्न थाल्नुभयो । अर्को विकल्प पनि दिन सक्नुभएन । कसैसँग सुझाव, सल्लाह पनि लिनुभएन । त्यतिकै अलपत्र छाडेर जानुभयो । म साह्रै निराश भएँ । म मृत्युकै दोसाँधमा छटपटाइरहेकी थिएँ । उहाँले केही सोच्नुपथ्र्यो । जिम्मेवारी बोध गर्नुपथ्र्यो । यति बेला मेरो जीवनभन्दा पनि पार्टीकै कामलाई सर्वोपरि ठानेर सुर्खेतको पार्टी काममा जानुभयो । मलाई प्रसवपीडाले च्याप्तै लग्यो । बिस्तार समय घर्किंदै गयो । साँझ पर्न लाग्यो । म पीडाले तड्पिन थालेँ । हातखुट्टा गल्न थाले । बाउँडिन थाले । आँखा तिरमिराउन थाले । चक्कर लाग्न थाल्यो । प्यासले मुख सुक्दा पानीको गिलास उठाएर खान नसक्ने अवस्थामा पुगेँ । अबचाहिँ बाँच्दिनँ होला जस्तो लाग्यो । माइतीघरमा आमालाई असाध्यै सम्झिएँ ।

उता, सुर्खेतको बीचबाटोमा पैरो गएछ । सविन झमक्क साँझ परेपछि दिवाकर मामालाई लिएर आउनुभयो । मैले फेरि सकीनसकी दालभात पकाएर खान दिएँ । दुवै जनाले खाना खानुभयो । मामा खाना खाएर आफ्नै घरतिर जानुभयो । म यता कोठामा छटपटाउन थालेँ । धेरैबेर छटपटाएपछि मेरा हातखुट्टा चल्न छाडे । शरीर शिथिल भयो । सास रोकिएझैँ भयो । पसिनाले निथ्रुक्क भएँ । लौन केही गर्नुहोस्, मलाई अति गाह्रो भयो, म त मर्छु कि क्या हो भनेर कराएँ । उहाँ आतिँदै गएर छिमेकी विष्णु खनाललाई लिएर आउनुभयो । विष्णु दिदीले लौ बहिनीको स्थिति गम्भीर भयो, यहाँ एकछिन पनि राख्नु हुँदैन, अस्पताल लगिहालौँ भनेर कराउनुभयो । दौडाएर मलाई भेरी अञ्चल अस्पताल लगियो । बेथा लागेको तेस्रो दिन भेरी अञ्चल अस्पतालमा छोरी जन्मिइन् । नर्स बहिनी लता पौडेलले ठूलो सहयोग गरिन् । बच्चा नुहाउने, धुने, औषधि खुवाउने सबै हेरचाह उनले नै गरिन् ।

पाँच दिनपछि अस्पतालले बिदा दियो । घर फर्केपछि छोरी जन्मिएको एघार दिनमा न्वारान भयो । त्यति बेला म अति नै कमजोर थिएँ । गाडी, घोडाको बाटो थिएन । श्रीमान्ले बोकाएर ककौरा गाउँको घरमा लग्नुभयो । घर लगेको दुई दिनपछि उहाँ पार्टीको काममा दाङतिर जानुभयो । तर मैले घरमा साह्रै नभएको दुःख पाएँ । घरमा दुहुना भैँसी थिए । केही कुराको कमी थिएन । तर चिल्लोचाप्लो, सेकतापको त के दालतरकारीसम्म पनि खान पाइएन । दूध, घिउको त अनुहारै देखिएन । केवल बच्चाको निम्ति फुको भात नुनसँग पानी हालेर खान्थेँ । म निकै थला परेँ । बच्चालाई दूध पनि आउन छाड्यो । हातखुट्टा लुला भए । शरीर उठ्न छाड्योे । म रोएर दिन बिताउन थालेँ । माइती मुलुकको पल्लो छेउ थिएँ, ममा जान सक्ने सामथ्र्य थिएन । अति भयो दिदी, दूध आउँदैन, बच्चा मर्ने भयो । मलाई दाल तरकारी पेटभरि खान दिनुहोस् न, मलाई केराको तरकारी खान असाध्यै इच्छा छ भन्दै जेठानीलाई बिन्ती गरेँ । दालतरकारी खाएर तरुनी हुन खोजेकी ! भन्दै जेठानीले पिठ्यूँ फर्काइन् । बच्चालाई सुताउने थाङ्नासम्म थिएन । थाङ्ना माग्दा पनि काटेर धुजाधुजा पारेर काम नलाग्ने टुक्रा अगाडि फालिदिन्थिन् । यसरी पहिलो सुत्केरीमै पाउनु दुःख पाएँ ।

यहीबीचमा पाल्पाबाट फुपूसासू आउनुभयो । मेरो शारीरिक अवस्था र जेठानीको व्यवहार देखेर साह्रै दिक्क मान्नुभयो । दुई दिनपछि मुख फोरेरै भन्नुभयो, “ए माइली, तिमीले यो के गरेको ? तिमीलाई भने छ महिनासम्म घिउ र भात खानुपथ्र्यो । यस्तो अवस्थामा बाहिरको मान्छेलाई त सेवा पु¥याउनुपर्छ भने यो त एउटै भाँडाको भात खाने, एउटै परिवारको सदस्य हो । यो कुना परेकी सुत्केरीमाथि यस्तो व्यवहार गर्न लाज लाग्दैन ? यो मरी भने भाइ आउँदा के बुझाउँछ्यौ ? एउटी स्वास्नीमान्छेले अर्की स्वास्नीमान्छेमाथि यत्रो अत्याचार गर्नु हुन्छ ? हेर, यो सुत्केरी आज कुनामा लडेर रोइरहेकी छ । तिमीलाई यसका आँसु लाग्दैन ?”

बच्चा पटकपटक बिरामी भैरहन्थ्यो । उपचार गर्ने पैसो थिएन । घरमा मुख फोरेर माग्दा पनि एक कौडी निस्कँदैनथ्यो । बुबा, छोरी साह्रै बिरामी भई म कसरी अस्पताल पु¥याऊ ? मलाई दस–बीस रुपियाँ दिनुभए हुन्थ्यो भन्दै म अनुरोध गर्थें । के पैसो फल्ने रूख छ र टिपेर दिऊँ, पातपतिङ्गर हो र सोरेर दिऊँ, तिम्रा बाले कति राख्न दिएका छन् भन्दै ससुरा बुबाले जबाफ दिनुहुन्थ्यो । तर फुपूसासूबाट ठूलो सहयोग पाएँ । उहाँ आपैmँ बच्चा बोकेर उपचारका लागि हिँड्नुहुन्थ्यो । तिमी मेरो छाया हेर्दै आऊ भन्नुहुन्थ्यो । डा. सुरेश रेग्मीले पनि त्यतिकै ठूलो सहयोग गर्नुभयो । म आतिएर रुँदा नरुनुहोस् पैसा सबैथोक होइन, नानीको उपचार म गरिदिन्छु भन्दै औषधि गर्नुभयो । उहाँले निस्स्वार्थ भावनाले मेरी छोरी सन्जीतालाई कैयौँ पटक निःशुल्क उपचार गरेर बचाउनुभयो ।

कहिलेकाहीँ केही उपाय नभएपछि बिरामी बच्चा बोकेर म ठूलो जेठाजु शिव कोइरालाको घरमा पुग्थेँ । केही नभनी पैसा खोजेर उपचार गराइदिनुहुन्थ्यो । हामी छुटिएर बसेका थियौँ । तर उहाँले कहिल्यै फरक व्यवहार गर्नुभएन । आखिर म घरमा टिक्न सकिनँ । अन्त्यमा चार महिनाकी छोरी लिएर भूमिगत भएँ । भूमिगत भएपछि अति दुःख पाइयो । म सानी छँदा आमाले आफ्नो कथाबेथा भन्नुहुन्थ्यो, “बाबु, बोक्सीले बास पाउँछन् तर छोराछोरीकी आमाले बास पाउँदिन ।” आखिर मेरो पनि दशा त्यही भयो । कति ठाउँमा त मैले बास पाउन सकिनँ । ठाडै कसको नासो लिएर आइछे, यो वेश्यालाई बास नदेऊ भन्थे । त्यस्तो कुराले मेरो छाती छियाछिया हुन्थ्यो । लाजले शिर झुक्थ्यो । मेरो लोग्ने यो हो भनेर देखाउन पनि सक्तिनथेँ । यसरी बास नपाउँदा कति रात भोकै सुतेँ, बाहिरै बसेँ ।

(पछिल्लो महिना चर्चामा रहेको झापा आन्दोलनसँग सम्बद्ध एमाले नेतृ प्रसाईंको पुस्तक ‘मेरा जीवनका पाना’बाट साभार)

Source: Onlinekhabar

One response to “सुत्केरी अवस्थामा पनि सताइएँ म

  1. dantya katha ho ki bastbik ghatana ho hajur?

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.