राष्ट्राध्यक्ष पुरुष भए प्रधानमन्त्री महिला हुनुपर्ने


१६ बैशाख, काठमाण्डौ -राष्ट्रिय महिला आयोगले नयाँ संविधानमा महिला हक अधिकारको माग गर्दै आन्दोलनमा उत्रिएको छ । महिला अधिकार र लैंगिक मैत्रि संविधान निर्माणका लागि दवाव दिन आयोगले आन्दोलनको घोषणा गरेको हो ।

आयोगका अध्यक्ष शेष चाँदताराले शुक्रबार पत्रकार सम्मेलन गदै आफ्नै नेतृत्वमा आन्दोलन गर्ने जानकारी दिनुभएको खबर आजको अन्नपूर्ण पोष्टले छापेको छ । आफ्ना मागका ’boutमा सम्बोधन नभए चरण बद्ध आन्दोलनमा जाने उहाँको भनाई छ । महिला मैत्रि संविधान बन्छ कि बन्दैन भन्ने आशंकाले गर्दा विभिन्न गैरसरकारी संघ सस्था तथा दलका भातृसंग संगठनको सहयोगमा आन्दोलनको सुरुवात गरेको चाँदताराले जानकारी दिनुभयो ।

आयोगले वितरण गरेको विज्ञप्ति अनुसार संविधानमा लैंगिक समानतामा आधारित नागरिकताको व्यवस्था हुनुपर्ने र आमा वा बाबुका नामबाट नागरिकता प्राप्त गर्ने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ । साथै मिश्रति प्रणालीमा महिलाको जनसंख्या ५१ दलमलब ७ प्रतिशत रहेको आधारमा समानुपातिक र समावेशी सहभागिता हुनुपर्ने माग गरिएको छ ।

Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.