धेरै कठिन छ खेल खेलाउन हामीलाई, स्वंमसेवकको तारिफ जती गरेपनी पुगेन हिजो


ईन्द्र भुसाल ,कुवेत

माउन्ट एभरेष्ट स्पोर्टइङ क्लबले धेरै खेलकुदका कार्यक्रम गर्दछ भन्दा पनी गूणत्मक कार्यक्रमको प्रमुख संस्था भन्दा फरक पर्दैन। वार्षिक भलिबल सुबिधा सम्पन्ह हलमा हुने गर्दछ भने,गोल्ड्कप पनि सकेसम्म कसैलाई असुबिधा नहुने गरी सम्प्न्ह हुन्छ हरेक साल। लामो कसरत पछी प्रबासी दक्षिण एसियाली फुट्बल खेल हामीले हिजो सम्पन्ह गरैं  कहाँ कसले के कती सहयोग गर्‍यो क्लबको ईतिहासमा लेखिने छ कुवेतको नेपाली समाजले पनि राम्रो सँग देखेको छ । नेपालीहरुले आयोजना गर्ने हरेक खेलमा झगडा भएको पाईन्छ जसलाई कसरी बुझ्ने आयोजकले। सबैले जित्नु पर्ने नराम्रो रोगबाट ग्रसित छ हाम्रो समाज तर खेलमा त्यस्तो हुँदैन एउटाले हार्नु नै खेलको अन्तिम पाटो हो। धेरै कठिन छ खेल सम्पन्ह गर्न कुवेतमा जुन सबैलाई थाहा भएको बिषय हो ।

कुनै पनि कार्यक्रमलाई ब्यवास्थित गर्न आयोजक बलियो हुनुपर्दछ , बलियोको अर्थ केवल बल मात्र होईन,बुद्धी नि खियाउनु पर्‍यो जसले गर्दा कार्यक्रम सफल हुन्छन भने अवान्चनिये काम गर्ने खोज्ने तत्व पराजित हुन्छ तर त्यो केवल संस्थाका सदस्यले मात्र गर्न धेरै कठिनाई छ यहाँ जुन हामीले हिजो देखैं । एउटी नेपाली नारिलाई मादक पदार्थ सेवन गरेको भारतीयले जिस्काएको अवस्थामा पुरै खेलको बातावरण धमिलिएको थियो। धेरै साथीहरु त्यो भारतीयलाई मुक्का बजार्न निकै लालाईत थिए तर अतिनै चनाखो पन भएका केही नेपाली स्वंमसेवक साथीहरुले एक मानब माथि बर्सिने सयौ मुक्का रोकिए  र अन्तत उसलाई त्यो साँढेसातको दशाबाट उम्काउन सकियो नत्र भने के परिस्थिती हुन्थ्यो  भन्न सकिदैन।

नेपाल कुवेत साँस्कृतिक मञ्चका अध्यक्ष टिकाराम आचार्यको बलियो स्वभाब अनी क्लबको हस्तछेपमा म आँफै पनि सरिक भए  भने जनजाग्रिती  युवा समाज ,खोटाङ संपर्क समाज र तमाङ घेदुङका साथीहरुको बिशेष पहलमा त्यो बिथोलिएको बातावरण शान्त भयो । हरेक ५ मिनेटमा  खेलाडी ले गर्ने रेफ्री सँगको झमेला अनी लायन्स मेन माथि हुने सम्पूर्ण व्यबहारलाई रोक्न समेत सबै स्वंमसेवक साथीहरुले गहन जिम्मेबारीको भूमिका निभाउनु भयो ।

पत्रकार अर्जुन उदासी त चिया समेत बनाएर साथीहरुलाई बाड्दै रहेको मैले देखे कता कता लाग्यो हामीले सबैलाई सम्झन सकेनौ कि? मैदानको चारै तिर रहेका स्वंमसेवक साथीहरु जसले दोस्रो प्रबासी दक्षिण एसियाली फुट्बल खेल समप्न्ह गर्न ठुलो सहयोग गर्नु भयो जसलाई क्लबले सधैं सम्झनु पर्दछ भने क्लबको आग्रहमा स्वंमसेवक उपलब्ध गराउने संस्थाका अध्यक्ष दिपक क्षेत्री ,टिकाराम आचार्य र खोटाङ सम्पर्क समाजलाई बिशेष धन्यवाद दिनै पर्छ । तमाङ घेदुङका सद्स्य साथीहरु लाई पनि मुरी मुरी धन्यवाद ।

2 responses to “धेरै कठिन छ खेल खेलाउन हामीलाई, स्वंमसेवकको तारिफ जती गरेपनी पुगेन हिजो

  1. निस्वार्थ भावले परोपकारमा संलग्न ब्यक्तिनै स्वयंसेवकको परिभाषा भित्र पर्ने भएकोले, साच्चैनै स्वयम्सेवकको जतिसुकै तारिफ गरे पनि कमीको महशुश सदैब रहनेछ |

  2. Great effort by the organizer, it was a fun and team building event. I think most of the heavy liftings were done by the organizer despite having all of those volunteers. May be volunteers were not clear about their roles and responisbilites, I don’t know. I think volunteers need to be more proactive and support the organizer. I am not trying to bust anybodys balls but we can improve the over all quality of the game next time.

    My recommendation:

    Organizer:
    1. Clearly assign/ delegate roles and responsibilites to the volunteers, i.e. transportation, medical team, admin, water, food, ball recovery team, trash collection etc.

    Volunteers:
    1. Know your roles and responsibilites
    2. Be professional, be courteous
    3. Perform your job

    Thank you.
    Samrakshak

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.