Daily Archives: 28/04/2012

धेरै कठिन छ खेल खेलाउन हामीलाई, स्वंमसेवकको तारिफ जती गरेपनी पुगेन हिजो


ईन्द्र भुसाल ,कुवेत

माउन्ट एभरेष्ट स्पोर्टइङ क्लबले धेरै खेलकुदका कार्यक्रम गर्दछ भन्दा पनी गूणत्मक कार्यक्रमको प्रमुख संस्था भन्दा फरक पर्दैन। वार्षिक भलिबल सुबिधा सम्पन्ह हलमा हुने गर्दछ भने,गोल्ड्कप पनि सकेसम्म कसैलाई असुबिधा नहुने गरी सम्प्न्ह हुन्छ हरेक साल। पढ्नेक्रम जारी राख्नुहोस्

सिरहाको शिवनगरमा भीषण आगलागी, सय घर जल्यो


मिथिलेश यादव, सिरहा, वैशाख १६- सिरहाको वरियारपट्टी-८, शिवनगर टोलमा आगलागी भएको छ। आगलागीबाट शिवनगर गाउँको १ सय घर जलिसकेको छ भने आगो फैलिने क्रम जारी छ। अहिले सिरहामा तेज हावा र हुरी चलिरहेकाले आगो तीव्र गतिमा फैलिरहेको छ।
आगो नियन्त्रणका लागि घटनास्थलमा रहेका स्थानीय दीपेन्द्र यादवले बताएअनुसार हुरीकै कारण आगो नियन्त्रमा समस्या भइरहेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

सुत्केरी अवस्थामा पनि सताइएँ म


गौरा प्रसाईं

म पहिलोचोटि आमा बन्ने प्रक्रिया हुँदा एक्लै थिएँ । नयाँ ठाउँ थियो । ’round चिनजान थिएन । छिमेकी विष्णुदेवी खनालसँग अलिअलि मात्र चिनजान थियो । म बसेको घर भर्खर बन्दै थियो । झ्यालढोका केही थिएनन् । त्यो घरमा सरेको केही दिन मात्र भएको थियो । बेथाले च्याप्दै लगेको दुई दिनपछि वरिपरिका छिमेकी, देशी, पहाडी महिलाहरूले यहाँ त पहिले पनि बच्चा पाउन नसकेर एउटी आइमाई मरेकी छे, चुरा बजाउँदै आउँछे, रुन्छे, तर्साउँछे, म अरू बच्चा पनि खान्छु भन्छे भन्दै नाना थरीका कुरा सुनाउन थाले । पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्राध्यक्ष पुरुष भए प्रधानमन्त्री महिला हुनुपर्ने


१६ बैशाख, काठमाण्डौ -राष्ट्रिय महिला आयोगले नयाँ संविधानमा महिला हक अधिकारको माग गर्दै आन्दोलनमा उत्रिएको छ । महिला अधिकार र लैंगिक मैत्रि संविधान निर्माणका लागि दवाव दिन आयोगले आन्दोलनको घोषणा गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्