मोर्चासहित प्रमुख तीन दलको बैठक आज पनि


१५ बैशाख, काठमाण्डौ- संविधानमा विवादित रेहेको शासकीय स्वरुप र राज्यपुर्नसंरचनामा प्रदेशको संख्याका ’boutमा सहमति जुटाउन शुक्रबार पनि मोर्चा सहितको शीष तीन दलको बैठक जारी रहने भएको छ । दिउँसो २ बजे नयाँ बानेश्वर स्थित संविधान सभा भवनमा बस्ने बैठकमा मुख्य विवादका विषय शासकीय स्वरुप र प्रदेशको संख्याका विषयमा सहमति जुटाउन प्रयास गरिने नेताहरुले जानकारी दिएका छन् ।

बिहीबार बसेको मोर्चासहित प्रमुख तीन दलको बैठकमा माओवादीले राज्य पुनःसंरचनाको विषयमा १० वटा सङ्घीय राज्यको प्रस्ताव गरेपछि बैठक निष्कर्षमा पुग्न सकेको थिएन भने काँग्रेस, एमाले र मोर्चाका नेताहरुले विगतको सहमति विर्सिएको भन्दै आपत्ति व्यक्त गरेका थिए ।

एमाले र काँग्रेसले हात्तिवन रिसोर्ट भएको बैठकमा माओवादीले बढीमा ८ प्रदेश बनाउन सहमति गरेको भन्दै उक्त सहमति विर्सिएको काँग्रेस नेता रामशरण महतले बताउनुभयो । यता नेपाली काँग्रेसले भने तराईमा २ र पहाडामा ५ सहित ७ प्रदेशको प्रस्ताव गरेको थियो ।

दलहरुले आज पनि आआफ्नो अडानबाट लचक हुँदे सहमतिको प्रयास खोज्ने दाबी गरेका छन् । विवादित विषयमा सहमति कायम गर्न संधिवान सभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिले शनिबार सम्मको समय दिएको छ ।

संविधान जारी गर्न अव ३१ दिन मात्र बाँकी रहेको छ ।

Source: Onlinekhabar

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )