माओवादीबाट १० प्रदेशको नयाँ प्रस्ताव


माधव ढुङ्गेल, काठमाडौं, वैशाख १५ -एकीकृत माओवादीले पहिचानलाई प्राथमिक आधार मानेर १० प्रदेशमा राज्य पुनर्संरचना गर्न प्रस्ताव गरेको छ। संविधानसभा भवनमा बसेको माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्षनेता बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले बिहीबार नयाँ प्रस्ताव ल्याएका हुन्।

प्रस्तावमा पहाडी क्षेत्रमा आठ र मधेसमा दुई प्रदेश प्रस्ताव गरिएको छ। मधेसमा नवलपरासीभन्दा पश्चिम थारुवान-लुम्बिनी र चितवनभन्दा पूर्व मधेस-विराट प्रदेश प्रस्ताव गरिएको छ।
प्रस्तावमा पूर्वी तराईको झापालाई पनि ‘विराट-मधेश’ प्रदेशमै राखिएको देखिन्छ। झापालाई लिम्बुआन-मेचीमै राख्न सकिने विकल्पसमेत दिइएको छ। कैलालीको वन रहेको पहाडी क्षेत्रलाई सेती-महाकालीमा राखिएको छ।
मध्य तराईमा मकवानपुरको केही पश्चिमी भाग र नवलपरासीको पूर्वी भूभागसमेत चितवनमा थपेर केन्द्रशासित क्षेत्रमा राख्न माओवादीको प्रस्ताव छ। निर्वाचन प्रणाली’bout छलफल गर्दा साविकका जिल्ला नफुटाउने गरी १ सय ८० निर्वाचन क्षेत्र बनाउन चार दल सहमत भएका थिए।
प्रस्तावमा भने तनहुँ, काठमाडौं, ललितपुर, स्याङ्जा, मकवानपुर, नवलपरासी, मोरङ, कैलाली लगायतका जिल्ला फुटाउन प्रस्ताव गरिएको छ। १० मध्ये सात प्रदेशको नाम ‘जातीय’ (पहिचान) आधारमा छन्। तीसँगै नदी र पहाडका नाम पनि जोडिएका छन्।
संविधानसभा भवनबाट बाहिरिँदै गरेका माओवादी सचिव पोष्टबहादुर बोगटीले संविधानसभाको व्यवस्थापकीय अंगको स्वरूप निर्धारण समिति, राज्य पुनर्संरचना आयोगको प्रतिवेदन र सडकमा उठिरहेका आवाजलाई ध्यानमा राखेर छलफलका लागि यो प्रस्ताव ल्याएको बताए।
शीर्ष बैठकमा सहभागी माओवादी संसदीय बोर्डका सचिव खिमलाल देवकोटाले नागरिकसँग भने, ‘पहिचानका निमित्त सरोकारवालाको आवाज उपयुक्त ढंगले सम्बोधन गर्न यस्तो तस्बिर अघि सारिएको हो, यसले सामर्थ्यको आधार पनि समेटेको छ।’
देवकोटाले संविधानसभाको राज्य पुनर्संरचना समितिले तयार पारेको १४ प्रदेशको खाकाबाट हटाइएका पूर्वको शेर्पा र पश्चिमको जडान प्रदेशलाई पनि नछाडिएको बताए। ‘जडान र शेर्पालाई स्वायत्त क्षेत्रको हिसाबले व्यवस्था गरिएको छ,’ उनले भने।
चार दलका अध्यक्षलाई राज्य पुनर्संरचना, शासकीय स्वरूप र निर्वाचन प्रणाली’bout सहमतिको खाका तयार पारी ल्याउन बुधबारको बैठकले जिम्मा दिएको थियो। सोही बमोजिम बिहीबार अपराह्न १ बजे सुरु बैठकमा दाहालले उक्त प्रस्ताव राख्नेबित्तिकै यस’bout अलगअलग छलफल गर्ने गरी नेताहरू उठेका थिए।
कांग्रेस-एमाले नेताले संविधानसभा भवनभन्दा पूर्वपट्टि रहेको सेना समायोजन विशेष समितिको कार्यालयमा गएर आफ्नो रणनीति बनाउन छलफल गरेका थिए। माओवादी अध्यक्ष दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराई भने उपाध्यक्ष मोहन वैद्यसहित उक्त समूहका नेताहरू रामबहादुर थापा, सिपी गजुरेल, देव गुरूङ, हितमान शाक्यलगायत नेताहरूसहित आफ्नो दलको बैठकमा व्यस्त भए। मधेसी नेताहरू पनि संविधानसभा भवनमा छुट्टै बसेका थिए।
यस’bout छलफल गर्न एमालेले शुक्रबार केन्द्रीय कमिटी बैठक बोलाएको छ। ‘बैठकपछि मात्र यस विषयमा थप छलफल गर्न सकिन्छ, त्यसैले अहिलेको बैठक बसेन,’ एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले भने।
शीर्ष बैठकमा सहभागी हुँदै आएका ज्ञवालीले माओवादीले ल्याएको नयाँ खाकाले जातीय पहिचानलाई मात्र जोड दिएको टिप्पणी गरे। ‘संख्या घटाउनुपर्छ, मुलुकले थेग्न सक्ने खालको संघीय ढाँचा निर्माण गर्नुपर्छ भन्ने यसअघिको सहमतिभन्दा भन्दा फरक आयो, नयाँ ढंगले छलफल गर्नुपर्ने भयो,’ उनले भने।
ज्ञवालीले हरेक पार्टीभित्र नयाँ ढंगले छलफल गर्नुपर्ने आवश्यकता बोध भएको बताए। ‘माओवादीले पहिलेदेखि नै भन्दै आएको आधार पहिचान हो, पहिचानभन्दा बाहिर जान सकिँदैन,’ उनले भने, ‘पहिचान भनेको जातीय पहिचानमात्र हैन, बहुपहिचान छन्, सम्बन्धित प्रदेशभित्र जति समुदाय छन्, उनीहरूले हिनताबोध नगर्ने गरी कसैले पनि अपमान महसुस नगर्ने प्रदेश बनाउनुपर्छ।’
माओवादीले ल्याएको नयाँ खाकाप्रति कांग्रेस नेता रामशरण महतले रोष प्रकट गरे, ‘यो संघीयताका नाममा उपहास हो।’ दाहालको प्रस्तावमा केही जातिको पहिचानको कुरामात्र आएको उनले बताए। सबैको पहिचानलाई महत्व दिने हो भने धेरै प्रदेश बन्नसक्ने उल्ल्केख गर्दै महतले भने, ‘बहुप्रदेशमा जाने हो र पहिचानका नाममा प्रदेश बनाउने हो भने २०-२५ प्रदेशमा पनि जान सकिन्छ तर त्यो संघीयता हुँदैन, विकेन्द्रीकृत व्यवस्था हुन्छ, सामर्थ्यलाई पनि ध्यान दिने हो भने करिब पाँच-छ प्रदेश हुन्छ।’
माओवादीले ल्याएको दस प्रदेश कांग्रेसले नमान्ने उल्लेख गर्दै उनले भने, ‘प्रदेश बनाएपछि राजस्व पनि उठाउनुपर्छ, राजस्वले त्यहाँभित्रको प्रशासन धान्नुपर्छ।’

Source: Nagarik

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.