Daily Archives: 15/04/2012

२ नं. डिभिजनको वेलसोत अस्थायी शिविरमा पुनर्वर्गीकरण सुरु


मुख्यालयबाट ११४ लडाकु बाहिरिए-
महेश्वरचामलिङ राई, उदयपुर, वैशाख ३- माओवादी सेनाको २ नं. डिभिजनअन्तर्गत त्रिवेणीको बेलसोतस्थित अस्थायी शिविर विके स्मृति बृगेडको पुनर्वर्गीकरण कार्य सुरु भएको छ। सेना समायोजन विशेष समितिका सदस्य रामानन्द मिश्र नेतृत्वको टोलीले बिहान १० बजेदेखि काम थालेको हो। पुनरवर्गीकरण काम अघि बढिसकेको जानकारी २ नं. डिभिजन मुख्यालय सिन्धुलीले दिएको हो। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

खेल्दा खेल्दै मृत्यु


राजेन्द्र ज्ञवाली
मिलान (इटली), वैशाख ३ (एजेन्सी)-यहाँ स्थित पेसाकारामा सञ्चाललित सिरि बी म्याचका क्रममा एक खेलाडीको मृत्यु भएको छ। लिभोमोका मिडफिल्डर २५ वर्षीइ पिएमारिओ मोरोसिनी खेल्दा खेल्दै मैदानमै ढलेका थिए। उनलाई तत्काल अस्पताल लगिएको थियो। तर उनी होसमा फर्केनन्। पढ्नेक्रम जारी राख्नुहोस्

नयाँ बर्ष गजल


 आचार्य प्रभा 
 

 

 

 
पुराना दिन जे जे भए राम्रा मात्र साथ राखौं
अब आउने दिनमा चैं असल सत्य बात राखौँ । पढ्नेक्रम जारी राख्नुहोस्

इजरायलबाट नेपाली वेव पत्रिका संचालनमा


 ज्ञानु बस्नेत, तेलअविव इजरायल, १ वैशाख – नयाँ वर्ष २०६९ को शुरूवात सँगै इजरायलबाट नेपाली वेव पत्रिका औपचारिक रूपमा संचालनमा आएको छ । विगतका दिनहरूमा स्वदेश तथा प्रवासमा विविध सहयोग, सामाजिक कार्यहरू लगायत अन्य मानवीय हितका कार्यहरू गर्दै आएको इजरायलबाट सञ्चालित फेसबुक ग्रुप Nepalese In Israel पर्वतका पाँच बालबालिकालार्इ सहयोगको मोटो रकम जुटाएर अझ चर्चाको विषय बनेको उक्त समुहले अब यो नयाँ वर्ष २०६९ बैशाक १ गते शुक्रबारदेखि आफ्नै अनलाइन पत्रिका सञ्चालनमा ल्याएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

सम्पादक श्रेष्ठको उपचार जारी


काठमाडौं – बुधबार किरण वैक्ष पक्षधर र प्रहरीबीच मशाल जुलुसका क्रममा झडपमा घाइते भएका पत्रकार सुविन श्रेष्ठ अझै उपचारत हुनुहुन्छ । झडपको दृश्य कैद गरिरहँदा पत्रकार श्रेष्ठ घाइते भएका हुन् । एक दशकभन्दा बढी समयदेखि पत्रकारितामा आवद्ध पत्रकार श्रेष्ठको आँखामा मशालको आगो लागेको थियो । उपचारमा संलग्न डा. आदित्यले आँखाको नानीको तल्लो भाग जलेकोले केही समय आरामको आवश्यकता रहेको बताए । उनले आँखाको बिन्दुमा आगो लागेको भए अन्धो हुनसक्ने खतरा भएको बताए । पढ्नेक्रम जारी राख्नुहोस्