Daily Archives: 14/04/2012

E-SAF-C को लागि दुई नेपाली टिमका खेलाडीहरुको अन्तिम नामावली सार्वजनिक, अभ्यास खेलमा थाईल्याण्ड ५-२ गोलले पराजित


ईन्द्र भुसाल, कुवेत
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेतले आगामी २० अप्रिल उप्रान्त आयोजना गर्ने दोश्रो प्रबासी दक्षिण एसियाली फूटबल प्रतियोगिता (E-SAF-C) को लागि नेपालले आफ्ना दुई सशक्त टिमहरु नेपाल एल्लो (पहेंलो) र नेपाल ह्वाईट (सेतो)को अन्तिम छनौट प्रकृया पुरा गरी नामावली सार्वजनिक गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

शिव परियारको धमाकेदार प्रतुतिसँगै कुवेतमा नयाँ साल-२०६९ सम्पन्न साथमा माधव शर्माको गिती एल्बम बिमोचित


कुवेतनेपाल, एड्मिन

नयाँ वर्ष २०६९ को पावन अवसरमा कुवेतको पहिलो नेपाली साँस्कृतिक संस्था नेपालकुवेत साँस्कृतिक मञ्चले नेपालदेखी ख्यातिप्राप्त युवा गायक शिव परियारलाई झिकाई आफ्नो छैटौं प्रस्तुति स्वरुप आयोजना गरेको “नयाँबर्ष रमझम-२०६९” १३ अप्रिल २०१२ शुक्रबारका दिन कुवेतको होटल एशिया-एशियामा भब्यताका साथ सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

ज.जा.यु.स.कुवैत द्वारा वि.सं. २०६९ सालको भित्ते पात्रो सार्वजनीक


कुवेतको  मालिया श्थित  एसिया एसिया होटलको  एक हलमा जनजाग्रिती युवा समाज कुवैत द्वारा एक कार्यक्रम सम्पन्न गरी, वि.सं. २०६९ सालको नेपाली भित्ते पात्रो सार्वजनीक गर्नुका साथै।  जनजाग्रिती युवा समाज कुवैत द्वारा संन्चालन गरिएको वेव साइट  www.janajagriti.com  पनि सार्वजनिक गरेको थियो।  पढ्नेक्रम जारी राख्नुहोस्

बच्चा जन्माउन ‘लोग्ने’ जरुरी हुँदैन, ‘लोग्नेमान्छे’ भए पुग्छ


सीता पाण्डे
विवाहपछि धेरै स्वास्नीमान्छेहरू आफनो थर पतिको थरमा परिवर्तन गर्छन् । अथवा यसो भनौँ आफ्नो थरलाई छाडेर पतिको थर धारण गर्छन् । यसो गर्दा मलाई लाग्छ स्वास्नीमान्छेहरूले आफ्नो छुट्टै अस्तित्व र पहिचान बनाउन नसक्ने मात्र होइन, भइरहेको पहिचान पनि लगेर लोग्नेको पोल्टामा सुम्पिदिन्छन् जस्तो लाग्छ । पढ्नेक्रम जारी राख्नुहोस्

लोकतन्त्रविरुद्ध कसैसँग सम्झौता हुन्न : कङ्ग्रेस सभापति कोइराला


काठमाडौँ, वैशाख २ – नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालाले नयाँ बन्ने संविधानमा लोकतान्त्रिक मूल्य मान्यता विरुद्ध कसैसँग सम्झौता नगर्ने बताएका छन्। नेपाली कङ्ग्रेस काठमाडौँ महानगर समिति वडा नं ५ द्वारा नयाँ वर्षको उपलक्ष्यमा आज राजधानीमा आयोजित कार्यक्रममा सभापति कोइरालाले यस्तो धारणा व्यक्त गरेका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्

पानी लिन पँधेरामै बास


सातामा एक पटकमात्र नुहाउन पाइने-
खोटाङ, वैशाख २- गाउँमा भएको कुवा, धारा र पँधेरा सुक्दै गएपछि खोटाङ राजापानीका समुदायलाई समस्या भएको छ। प्रशस्त पानी नपाइने र जिल्लाकै सुख्खाग्रस्त गाविस मानिएको राजापानीमा स्वच्छ पिउने पानीका लागि रातभरि पँधेरा पर्खेर बस्नुपर्ने बाध्यता आएको हो। पढ्नेक्रम जारी राख्नुहोस्