नेपाल मगर सँघ, कुवेत ‘सम्मेलन समिति’को जरुरी सूचना !!


आदरणीय कुवेतवासी लाङ्घाली दाजुभाइ तथा दिदीबहिनीहरु;
मिझोर्ले ! साथै, नयाँ वर्ष २०६९ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना !!

बिषय: कुवेतवासी मगर (लाङ्घाली) सम्मेलन गर्ने ’bout ।

नेपाल राष्ट्रको राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको साथै आफ्नो धर्म-संस्कृति तथा सामाजिक पहिचानलाई दिगो राख्ने र आफ्नो जातिय उत्थान तथा संरक्षण एवं सम्बर्धनको निम्ती नेपाल लगायत संसारका बिभिन्न भु-भागमा बिभिन्न नेपाली जातिय, क्षेत्रिय र राजनैतिकदेखी लिएर अन्य बिभिन्न नेपाली सँघ-संस्थाहरु कृयाशिल रहँदै आएको अवस्थामा राष्ट्रकै तेश्रो र जन-जातिको पहिलो श्रेणीमा पर्ने मगर जातिहरुको कुनै पनि सम्पर्क समिति या समुदाय आजसम्म पनि कुवेतमा उदाउन नसक्नु या उदाएर पनि कृयाशिल हुन नसक्नु शायद तपाईं हाम्रै कमजोरी हो । तर, ढिलै भएपनी लामो समयदेखी कुवेतमा पेशारत केही जुझारु मगर व्यक्तित्वहरुको सकृयतामा केही दिन पहिला कुवेतमा पनि नेपाल मगर सँघ कुवेतको तदर्थ तथा सम्मेलन समिति गठन भएको सर्वविदितै छ ।

यस सम्मेलन समितिले कुवेतमा महिना दिन भित्रैमा नेपालदेखी नेपाल मगर सँघको केन्द्रिय प्रतिनिधि झिकाई भव्य रुपमा सम्मेलन गर्दै नयाँ कार्यकारिणी समितिको निर्माण गर्ने उद्देश्य रहेको यसै सूचना मार्फत जानकारी गराउन चाहन्छौं । साथै, मगर सँघ कुवेत तदर्थ समितिको हरेक शुक्रबार बैठक बस्दै आएको र आगामी २० अप्रिल २०१२ शुक्रबारका दिन पनि कुवेतको मालिया पार्कमा दिनको ठीक २.०० बजे बैठक बसी गहन रुपमा छलफल गर्नुपर्ने भएकोले समस्त कुवेतवासी मगर दाजुभाई तथा दिदिबहिनीहरुलाई अनिवार्य उपस्थितिको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछौं ।

मगर जाति: नेपालको पुर्व मेचीदेखी पश्चिम महाकालीसम्मका गाउँबेसी, तराई, पहाड र हिमाली भेगहरुमा मात्र नभै शहरी क्षेत्रहरुमा समेत बसोबास रहेको मगर जाती जन-संख्याको आधारमा नेपालको तेश्रो ठुलो र आदिबासी जन-जातिको गणनामा प्रथम श्रेणीमा पर्ने जाती भएको यहाँहरुलाई अवगतै छ । ५८ सालको जन-गणनानुसार मगरहरुको जनसंख्या १६२२४२१ रहेको थियो भने यो संख्या नेपालको कुल जनसख्याको ७.१४% हुन आउँछ ।

खासगरी नेपालको पाल्पा, स्याङ्जा, तनहुँ, गुल्मी, प्युठान, रोल्पा र सल्यानतिर मगरहरुको बाहुल्यता रहेको पाईन्छ भने अर्घाखाँची, रुपन्देही, काठमाण्डौ, रामेछाप, कास्की, म्याग्दी, बाग्लुङ्ग, पर्वत, डोल्पा, हुम्ला, सुर्खेत, धनकुटा, सिन्धुली, उदयपुर लगायत देशका अधिकांश जिल्लाहरुमा मगर जातीहरु धेरै-थोरै छरिएर रहेका छन् । नेपाल एकिकरणको अभियानमा अत्यन्त ठूलो भूमिका निर्वाह गरेको र ठूलाठूला लडाईंका मोर्चाहरूमा गोर्खाली सेनाका रूपमा अदम्य बहादुरी देखाउँदै अन्य सेनाहरुसँग काँधमा काँध मिलाएर बहादुरीपूर्वक लडाईं लड्दै हाम्रा पुर्खाहरुले मातृभूमि नेपाललाई विदेशी शक्तिहरूबाट बचाएको नेपालको इतिहासमा अंकित छ ।

सम्पर्क: मनु भुजेलमगर -६६३८३८७६, बसन्त थापामगर -९९३४११६२, बम पुलामीमगर -६५८०३५४७, मित्र सिंजालीमगर -९९६८९२३१, पुर्खा पुनमगर -९७५३६६६७, किरण आलेमगर -५५४२९८०६, हिरा दर्लामीमगर, जगत घागामगर -९९२८८३२०, जय आले मगर -९९१०१४०८

One response to “नेपाल मगर सँघ, कुवेत ‘सम्मेलन समिति’को जरुरी सूचना !!

  1. सम्पूर्ण मगर समुदएका दाजु भाई दिदी बहिनी मन्यजन सबै मा नयाँ बर्ष २०६९ को हार्दिक मंगलमय शुभकामना !!!

    नेपाल राष्ट्रको राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको साथै आफ्नो धर्म-संस्कृति तथा सामाजिक पहिचानलाई दिगो राख्ने र आफ्नो जातिय उत्थान तथा संरक्षण एवं सम्बर्धनको निम्ती नेपाल मगर संघ लाई हार्दिक शुभकामना अर्पन गर्द छौ

    तपाईंहरु सम्मेलन एकदम सफल रहोस्
    ईन्द्र पोखरेल
    उशा पोखरेल
    मंगल्पुर्-४ चितवन
    हल : कुबेत
    ०१ बैशाख 2069

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.