Daily Archives: 11/04/2012

मेरो शहर कति झल्ला छ


प्रेम ओली

यहाँ
खसिको मासु पाईन्छ भन्ने ठाउमा
बुढी बाख्री काटिन्छ
भागवानको घरमा नयाँ जुता
पुरानो जुता सँग साटिन्छ
हरेक दिन
नयाँ कुराको हल्ला छ
तपाईंलाई के थाहा
मेरो शहर कति झल्ला छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

घर लान खोजिएको शिविरको सामान बरामद


नारायण शर्मा

चितवन, चैत्र २९ – माओवादी तेश्रो डिभिवनबाट बर्हिगमनमा परेका लडाकुहरुले शिविरमा रहेका सार्वजनिक हितका सामानहरु आफुखुसी घर लैजाने गरेको पाइएको छ । शक्तिखोर स्थित तेश्रो डिभिजनमा रहेका शिविरका काठ(फल्याक र गोलिया समेत ), फर्निचर, सिलिङ्ग पंखा, पानी टंकिहरु, भान्साका सामान समेत ४ वटा ट्रयाक्टरमा राखेर आफुखुसी लैजाँदै गरेको अवस्थामा चितवनका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्की सहितको टोलिले बरामद गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

प्रकाशक गिरीले पत्रकार पौडेललाई छतबाट खसालेर हत्या गरेको प्रहरी प्रतिवेदन


राजु अधिकारी, झापा, चैत २९ -झापामा भएको पत्रकार यादव पौडेलको हत्यामा संलग्न रहेका तीन अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। पौडेल सम्पादक रहेर निस्कन लागेको पत्रिकाका प्रकाशक युवराज गिरी र होटल संचालक पति पत्‍नी सोम र मञ्जु ढकाललाई प्रहरीले सार्वजनिक गरेको छ। पत्रकारसामु मञ्जु ढकालले युवराज गिरीले छतबाट खसाल्दा पौडेलको मृत्यु भएको बयान पत्रकारसामु दिइन्। प्रहरीले हत्या तात्कालिक परिस्थितिले भएको र पत्रकारितासँग नजोडिएको बताएको छ।  पढ्नेक्रम जारी राख्नुहोस्

प्रबासी दक्षिण एसियाली फुटबल प्रतियोगिता (E-SAF-C) को लागि खेल मैदान तय,सबा हस्पिटलको नजिकै अप्रिल २० र २७ मा खेल सम्पन्ह हुने


ईन्द्र भुसाल ,कुवेत

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेतले आयोजना गर्ने दोस्रो प्रबासी दक्षिण एसियाली फुटबल प्रतियोगिता E-SAF-C को लागि खेल मैदान कहाँ होला भन्ने जिज्ञासा अब मेटिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्