एनआरएनए कुवेतमा सधैंभरी ताण्डव नृत्य, प्यानलबाजी लडाईं आखिर कहिलेसम्म ?


ईन्द्र भुसाल, कुवेत

बेलायती सेनामा आफ्नो पुरा जवानी सुम्पेर अबकाश पश्चात कुवेतमा पेशा गर्दै आएका माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबका सृष्टिकर्ता मध्यका एक हुन वर्तमान NRNA कुवेतका अध्यक्ष राजेन्द्र तामाङ् । जसलाई आफ्नो दोश्रो कार्यकाल सम्हाल्न साँचै नै हम्मेहम्मे र अफ्ठ्यारो परेको देखिएको छ । यद्दपी, उहाँ सधैंभरी सबैलाई समेटेर समानुपातिक ढंगले अगाडि बढ्ने पक्षमा रहनु हुने ब्यक्तित्व हुनुहुन्छ भनेर लिन सकिन्छ । पहिलो कार्यकालदेखी दोश्रो कार्यकालसम्म आईपुग्दा NRNA कुवेतले के कती कार्य गर्‍यो र बेला बेलामा के-कस्ता बिबादमा मुछियो अनी समाधान भए ? सम्पूर्ण नेपालीहरुको अगाडि छर्लङ्ग छ । पहिलो कार्यकालको एक सालसम्म शान्त रहेको र नेपालीहरुले आशा गरेको संस्थामा बिस्तारै बिबादको शुरुवात भयो भने समाधान देखावटी मात्र रहेछ भन्ने कुरा अहिले आएर प्रमाणित भएको छ । विश्वका ५७ देशमा सन्जाल फैलिएको यो संस्थामा शायद कुवेत नै एउटा उदाहरण भयो जुन अबिरल गतिमा छताछुल्ल बगेको बगै छ बिबादको बेग लिएर अनी हेरिरहेका छन कुवेतबासी नेपालीहरुले यसको ताण्डव नृत्य र चर्तिकला ।

कुनै पनी संस्था आफ्नो एउटा बिधानमा परिवन्दित हुन्छ र संस्थाका हरेक सदस्यहरुले त्यसको पालना गर्नुपर्ने हुन्छ । NRNA मा केन्द्रिय बिधान छ जसको धाराहरु अनुसार नै शाखाहरु चलेका छन भनेर पनि नेपालीहरुले बुझ्नु पर्ने देखिन्छ । यद्दपी, यो संस्था अहिलेसम्म नेपाल सरकारको कुनै पनी निकायमा दर्ता भएको भने देखिन्न र अर्को सरल भाषामा भन्नुपर्दा यसलाई बर्तमान नेपालको आन्तरिक संबिधान अनुसार गैरकानुनी मानिन्छ । कुवेत NRNA को दोश्रो कार्यकालको शुरुवातमा यो सस्थाले एउटा साधारण संस्थाले अबिलम्बन गर्नुपर्ने प्रजातान्त्रिक पद्दति समेत पारदर्शी किसिमले अपनाउन नसकेको देखियो भने कार्यशैलीलाई अबिलम्बन मुर्तरुप दिनुपर्ने अवस्थामा उम्मेदवारी दिने र चुनाबी प्रकृया सम्पन्न गर्ने मुल समितिका सदस्यहरुले नै प्यानलबाजी राजिनामा दिएका छन । नेपालीहरुले खुशी नै मान्नु पर्दछ त्यो बेला पद प्राप्तिको लागि जे-जस्तो आन्तरिक समझदारी भए र निर्बिरोध नयाँ कार्यसमितिको निर्माण गरियो । कुनैपनी संस्थामा निर्बिरोध नयाँ कार्यसमितिको निर्माण हुनु भनेको सम्पूर्ण सद्स्यहरुबिच एकता अनी विश्वास हुनु र बिबादरहित रहेछ भनेर बुझिन्छ तर कुवेतको NRNA मा त्यसको ठ्याक्कै बिपरित थियो र ठोकुवा गरेरै भन्दा हुन्छ आम नेपालीले सोंचे जस्तो एकता थिएन NRNA कुवेतमा । नेत्रित्व प्राप्त गर्ने सम्पूर्ण महानुभावहरुले केही पलको लागि गला मिलाएको देखिन्छ, जसको ज्वलन्त उदाहरण हो अहिले मरुभुमिको तातो हावासँगै तिब्र गतिमा बहेको सामुहिक राजिनामाको लहर ।

त्यो बेला शायद सम्पूर्ण नेपालीहरुको उपस्थिती हुनेगरी निर्वाचन नभए पनी राम्रो बातावरणको तर्जुमा गरी अधिबेशन गर्नुपर्नेमा शनिबार अधिबेशन गर्ने निर्णय गरियो जहाँ ९५% नेपालीहरु ड्युटिको कारण उपस्थित हुनै सक्दैनन् जसको सारा कुवेतबासी नेपालीहरुले बिरोध नजनाएका पनि होईनन । जे भयो सो भयो बिबाद र आलोचनाको राग निभिसके जस्तो भएको मात्र के थियो कुमार झापालीको नियुक्ती केन्द्रबाटै भएर आयो अनी दन्कियो फेरी बिरोधको आगो । कमिटी भित्रकै कतिले समर्थन गरे भने कतिले बिरोध, सस्तो लोकप्रियताको लागि अनेक समाचार बाहिर आए, ब्यक्तिगत कारण देखाई आईसिसी कोर्डिनेटर राजन कुवँरले राजिनामा दिनुभयो भने उहाँको समर्थनमा अहिले राजिनामा गर्ने प्यानलका उपाध्यक्ष धर्मराज गिरी शिवाय सबैले राजिनामा फिर्ता लिन अनुरोध गरे जसले NRNA कुवेतमा राजन कुवँरको अत्यन्तै आवश्यकता रहेको देखावटी प्रमाणित भयो । राजन कुवँर, कुमार झापाली रहेदेखी राजिनामा फिर्ता नलिने पक्षमा पुगे भने कुमार झापालीलाई राजिनामा दिन वाध्य पारियो अनी राजिनामा फिर्ता भयो कोर्डिनेटरको जसलाई कसरी बुझ्ने हामी जस्तो सर्व-साधारणले ? ब्यक्तिगत, पारिबारिक या कुमार झापालीको उपस्थिती ?

एनआरएनए कुवेतमा अहिले पनि मेनपावर ब्याबसायीहरुको बाक्लो उपस्थिती रहेको छ । हात समाएरै आउनुस् आउनुस् भन्दै अहिलेकै राजिनामा गर्ने प्यानलले उहाँहरुलाई स्वागत गरेर NRNA कुवेतमा राखेको जती लुकाए पनि लुक्दैन भने संस्थामा कतिपय त लेबी समेत बुझाउन नपर्ने सदस्यहरु नियुक्ती गरेको पनि गाँईंगुँईं सुनिन्छ, यो के का लागि अनी कतिसम्म NRNA को बिधानसंगत छ ? आफै रहस्यमय छ । अध्यक्षको सोझोपनलाई अन्य पदाधिकारीहरुले अध्यक्षलाई नै नचाएको देखिन्छ तर अहिले अध्यक्षले खुलेरै भन्न थाले अब म आफै गाउनेछु र आफै नाच्नेछु, आखिर यो भनाईको पछाडि के रहस्य होला ? शायद धेरै अनुभब गरेरै अध्यक्षले यस्तो भनेको हुनुपर्दछ र ढिलै भएपनी नेपाली राजनीति बुझ्नु भएजस्तो छ ।

कुमार झापालीले राजिनामा पछी समस्या समाधान हुने आवाज बुलन्द गर्नेहरु झापालिको राजिनामा पछी कमला खत्रीको राजिनामासम्म पुगे भने अहिले आफुहरु नै आन्तरिक बिबाद र काम गर्न नसकिएको भन्दै राजिनामा दिएका छन । मानियो त्यो बेला झापाली घाँडो भए तर अहिले के घाँडो भएर राजिनामा दिईयो ? कुवेतबासी नेपालीले त्यो पनि नबुझेका होईनन । जुन हो, उपाध्यक्ष राजु थापालाई बिबादको केन्द्र बनाईएको छ । अहिले यदी राजु थापाले राजिनामा दिएमा के NRNA सुध्रिएर जान्छ त ? संस्थामा कुनै ब्यक्ती बिबादमा आउँछ भने त्यसका समाधानका धेरै प्रजातान्त्रिक पाटाहरु हुन्छन । दोषी माथिका प्रमाण जुटाएर या बैठक बसेर या जसलाई नीतिगत सावित/पारित गराएर अनी पो गल्ती गर्ने दायरामा आउँछ र अर्कोले गल्ती नै गर्दैन । संस्था सुधारको लागि आन्तरिक संघर्ष हुन्छ र जसको नितान्त जरुरी पनि छ तब पो निस्कन्छ एउटा ठोस् निष्कर्ष तर युद्दको मैदानै छाडेर कुलेलाम ठोक्ने हो भने कसरी जितिन्छ युद्द ? मेनपावर ब्याबसायी नै समस्याको केन्द्र हुन भने हिजो किन हात समाई समाई राखियो ? होइन भने दुताबासले तोकेको मापदण्ड पुरा गरेर बसेका ब्यबसायीहरुलाई दोस्रो आँखाले हेर्दा गल्ती हुन्छ भने ब्यबसायीहरुले पनि आफ्नो ब्याबसायलाई सुधार्दै जानु पर्दछ जहाँ कि कुनै नेपालीले सास्ती भोग्न नपरोस । कहिले फलानोको राजिनामा त कहिले ढिस्कोको अनी कहिले NRNA भित्र त कहिले NRNA बाहिर फुत्त जाने र सुट्ट आउने प्रबिर्तीले पक्कै पनि लोकप्रियता मिल्दैन नै अनी संस्थालाई हित पनि गर्दैन । धेरै हेरे, नेपालीहरुले NRNA कुवेतको चार्तिकला अनी हेर्न पर्ने कहिलेसम्म हो कुनै ठेगान छैन । चुनावदेखीको प्यानलबाजी कहाँ गएर टुंगिन्छ अनी त्यो घुम्ती कस्तो हुन्छ अनी NRNA कुवेतलाई नेपालीहरुले कसरी हेर्दछन पक्कै पनि समयले बताउला । फुटेको हाँडीमा कहिलेसम्म मकै भुट्ने अनी अधकल्चो मकै खाएर कती पेट दु:खाउने हैरान छन सबै नेपालीहरु कुवेतको एनआरएनए देखी…

सम्पादक डेस्क, कुवेतनेपाल डट कम

Advertisements

One response to “एनआरएनए कुवेतमा सधैंभरी ताण्डव नृत्य, प्यानलबाजी लडाईं आखिर कहिलेसम्म ?

  1. 100% agreed with above article, congratulation to all who have resigned recently. That’s seems to be the last resort they have seen for time being. I luv this quote in my life ”Lead Follow or Get Out of the way”

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.