Daily Archives: 05/04/2012

प्रबासी दक्षिण एसियाली फुटबल प्रतियोगिताको टिम दर्ता र टाई सिट बितरण सम्पन्न, उद्घाटन खेल भारत र नेपाल-A टिमको बिच हुने


जय आले, कुवेत

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबले २० अप्रिलबाट आयोजना गर्ने दोश्रो प्रबासी दक्षिण एसियाली फुट्बल खेलमा आयोजक नेपालको २ टिम सहित भारत, पाकिस्तान, बंगलादेश र श्रीलन्काले भाग लिएका छन भने २० अप्रिलको उद्घाटन खेल आयोजक नेपालको A टिम र सन् २००५ को E-SAF-C बिजेता भारत बिच हुने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

प्रबासी दक्षिण एसियाली(E-SAF-C) खेलको लागि आज टिम दर्ता र टाईसिट बितरण हुने


माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबले आयोजना गर्ने दोस्रो प्रबासी दक्षिण एसियाली फूटबल (E-SAF-C) खेलको लागि आज होटेल एसिया एसिया मालियामा बेलुका ५ बजे टिम दर्ता र टाइसिट बितरण हुने भएको छ। यो समाचारको सगै अब नेपाल कुन देश सँग भिड्ने हो तय हुनेछ भने नेपाली टिमको छनौट पनि अन्तिम अवस्थामा पुगेको छ । सम्पूर्ण खेल प्रेमीहरुलाई र पत्रकार साथीहरुलाई बेलुका ५ बजे एसिया एसियामा जम्मा हुन आग्रह गरिन्छ ।

एन आर एन ए कुवेतमा राजिनामाको खेती सुरु ,पदिय दायित्वबोध कसैलाई भएन


ईन्द्र भुसाल ,कुवेत

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबको बिशेष पहलमा झन्डै तीन बर्ष पहिला गठन भएको नेपालीहरुको साझा संस्था भनेर डम्फु बजाउने र नाम चर्चामा ल्याउने संस्था एन आर एन ए मा बिगत केही महिना देखी राजिनामा दिने खेती सुरु भएको छ । कहिले खेती फस्टाउछ भने कहिले सावा मात्र उठ्छ । अहिले राजिनामाको खेती अली धेरै नै फस्टाएको छ।

पढ्नेक्रम जारी राख्नुहोस्

मलेसियामा ज्यान गुमाउने नेपालीलाई ३५ लाख क्षतिपूर्ति


रामचन्द्र नेपाल

२३ चैत, क्वालालम्पुर- मलेसियामा काम गर्दा गर्दै ज्यान गुमाएका एक नेपालीको परिवारले करीव ३५ लाख रुपैयाँ सहयोग पाएको छ । मलेसियामा काम गर्दा गर्दै ज्यान गुमाएका नेपालीको परिवारले यति ठुलो रकम पाएको संभवत यो पहिलो हो । जोहोरवारुको पिटिपि कम्पनीमा काम गर्दागर्दे एक वर्ष अगाडि कण्टेनरले च्यापिएर ज्यान गुमाएका तनहुँ खुरखुरे गाविस वडा न. ५ का सुकवहादुर गुरुङको परिवारलाई इन्सुरेन्स, कम्पनी तथा सहकर्मीहरुको सहयोगबाट यो रकम प्राप्त भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

आफै सफा गर्छु


राष्ट्रिय सरसफाइ अभियानको शुभारम्भमा अर्थ मन्त्रालय परिसरमा सरसफाइ गर्दै अर्थमन्त्री वर्षमान पुन, राज्यमन्त्री र अर्थ सचिव

अमेरिकी मन्त्रीका कारण प्रधानमन्त्रीले सिंहदरबार सफा गर्न पाएनन्


काठमाडौँ, चैत २३- प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज सिंहदरबार परिसरमा भएको सरसफाइ अभियानको अवलोकन गरेका छन्। अवलोकनपछि प्रतिक्रिया दिँदै प्रधानमन्त्री भट्टराईले भने-‘म पनि सरसफाइमा सहभागी हुन्छु भनेको थिएँ तर अहिले तुरुन्तै अमेरिकी प्रतिनिधिसँग भेट भएकाले सहभागी हुन पाइन।’ पढ्नेक्रम जारी राख्नुहोस्