Daily Archives: 03/04/2012

पपगायकले खान्छन् गाँजाको चिया


जमैकाका र्याप गायक शन पल लागु औषधको प्रयोगमा यसअघि बदनामी कमाएका व्यक्ति हुन् । यद्यपि उनले पछिल्लो समयमा लागुऔषध चरेशको सेवन बन्द गरेका छन् ।तर नानीमा लागेको बानी कहिल्यै नजानी भन्ने उखान झैँ उनलाई गाँजा भाङको तलतलीले छाडेको छैन । पढ्नेक्रम जारी राख्नुहोस्

नेविसंघको विवाद बढ्दो, पार्टी कार्यलयमा धर्ना दिदै


२१ चैत, काठमाण्डौ – नेपाल विद्यार्थी संघको सस्थापन पक्षका विद्यार्थीहरुले पार्टी कार्यालयमा मंगलबार धर्ना दिने भएका छन । संघ भित्रको विवादको अन्त्य गर्न खबरदारी स्वरुप धर्नामा बस्न लागेको नेविसंघले जनाएको छ । धर्ना विहान ११ बजे देखि शुरु हुने छ ।संघ भित्र विवाद बड्दै गएपनि पाटी नेतृत्वले विवाद समाधानका लागि कुनै पहल नगरेको संघका विद्यार्थीहरुले आरोप लगाएका छन । पढ्नेक्रम जारी राख्नुहोस्

महिला हिंसा अन्त्य गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री


२१ चैत, काठमाण्डौ – प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले लैङ्गिक हिंसालाई सून्य सहनशिलताको नीति ल्याएर सरकारले कानूनी कारवाही सुरु गर्ने बताउनुभएको छ । सञ्चारिका समूहले मंगलबार बिहान काठमाण्डौमा आयोजना गरेकेा लैगिक हिंसा निवारण : सञ्चार माध्यमको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री भट्टराईले व्यवहारिक कार्ययोजना तयार गरी लैङ्गिक हिंसामा संलग्नलाई कारवाही गर्ने निर्णय सरकारले गरिसकेको जानकारी गराउनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

वैद्यपक्षलाई दाहालको चुनौति- ‘हिम्मत भए छापामार युद्ध थाले हुन्छ’


काठमाडौं, चैत २१ – एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले उपाध्यक्ष मोहन वैद्य समूहलाई ‘हिम्मत भए छापामार युद्धमा फर्कन’ चेतावनी दिएका छन्।  आफू निकट नेवाः राज्यसमितिका सदस्यहरूलाई सोमबार प्रशिक्षण दिँदै दाहालल ‘जनयुद्ध’ रक्षात्मक अवस्थामा रहेको स्विकारेर छापामार युद्धमा फर्कन वैद्य पक्षधरलाई चुनौती दिए। पढ्नेक्रम जारी राख्नुहोस्