Monthly Archives: अप्रील 2012

कुवेतमा वैदेशिक रोजगारीको शुवर्ण अवसर !!!


कुवेतको KUWAIT FLOUR MILL CO. / EURO PLAST CO.  ले निम्नानुशार नेपाली कामदार ल्याउन यही मे महिनामा नेपालमा अन्तर्वार्ता लिन गईरहेकोले उक्त कम्पनीमा आउन चाहने ईच्छुक ब्यक्तिहरुले आफ्नो योग्यता र अनुभवका प्रमाणपत्रहरु सहित Employment Link Nepal Pvt. Ltd.  को कार्यालय, गैरिधारा काठमाण्डां,सम्पर्क नं. ९७७–०१–४००४२३३, ९७७–०१–४००४०६३, ९६५–६६०२४७१७ (कुवेत)email:employmentlinknepal@gmail.com & web:www.employmentlinknepal.com मा सम्पर्क गरी आफ्नो वा आफ्ना आफन्तको स्थान सुरक्षित गर्नुहोला ।  पढ्नेक्रम जारी राख्नुहोस्

चुम्बन दृश्यमा नायकको ओँठै काटियो


मुम्बई, वैशाख १८ (एजेन्सी)- राम्रा कलाकार चलचित्रको छायांकन गर्दा आफ्नो भूमिकामै हराउने गर्छन्। उनीहरू आफ्नो चरित्रमा यसरी भिज्ने गर्छन् आफूहरू रियल लाइफ बाँचीरहेका छन् वा रिल लाइफ भन्ने नै विर्सने गर्छन्। यस्तै एउटा घटना यहाँ सुटिङका क्रममा हुन पुगेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

मोटरसाइकल बम विष्फोटमा मर्नेको संख्या ४ पुग्यो, जनतान्त्रिक मुक्ति मोर्चाद्वारा जिम्मेवारी


जनकपुरको रामानन्द चोकमा वम विष्फोट भएको छ। विष्फोटमा परी ४ जनाको ज्यान गुमेको र ३० भन्दा बढी घाइते भएको नागरिकन्युजकर्मी सुरेश यादवले जानकारी दिए। जनकपुर अस्पतालले घटनामा परेका तीन जनाको मृत्यु भएको जानकारी दिएको छ। मर्नेको संख्या बढ्न सक्ने बताइएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रिय जनावर गाई नै हुनुपर्ने कांग्रेसको प्रस्ताव


१८ बैशाख, काठमाण्डौ  नेपाली कांग्रेसले अबको संबिधानमा पनि राष्ट्रिय जनावर गाई नै हुनुपर्ने प्रस्ताव गरेको छ । संबिधानमै गाई राष्ट्रिय जनावर हो भनेर उल्लेख नगरिए संबिधान घोषणालगत्तै खुलामखुल्ला गाई काटन सुरु हुने र त्यसले धार्मिक दंगा फैलन सक्नेतर्फ कांग्रेसले ध्यानाकर्षण गराएको आजको कान्तिपुर दैनिकमा छापिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

संविधान निर्माणको काम अन्तिम चरणमा पुग्यो : गौतम


१८ बैशाख, रोल्पा – नेकपा एमालेका उपाध्यक्ष बामदेब गौतमले तोकिएको समयमा संबिधान जारी हुने दाबी गर्नुभएको छ । संबिधानका बिवादित बुदाँहरुमा दलहरुबीच गम्भीर छलफल भैरहेको बताउदैँ गौतमले संबिधान निर्माण अन्तिम चरणमा पुगेको स्पष्ट पार्नुभयो । उहाँले दलहरुबीच तोकिएको समयमा संबिधान जारी गर्नुको बिकल्प नभएकोमा जोड दिनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

कलाकार बिजय लामा १ मे साँझ ५ बजे कुवेत आउने,सम्पूर्ण नेपालीहरुलाई स्वागतको लागि बिमानस्थल जान आयोजकको आग्रह


ईन्द्र भुसाल ,कुवेत

नेपाल कुवेत मजदुर सँघले मे दिवसको अबसरमा आयोजना गर्न लागेको मे ४ तारिकको कार्यक्रममा भाग लिन कलाकार बिजय लामा मे १ तारिक बेलुका ५ बजे कुवेत आउने आयोजक नेपाल कुवेत मजदुर सँघले जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

2nd E-SAF-C-2012 का सम्पूर्ण सहयोगीहरुलाई हार्दिक धन्यवाद !!


आदरणीय कुवेतवासी प्रबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु;

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको आयोजनामा हालै सम्पन्न भएको दोश्रो प्रबासी दक्षिण एशियाली फुटबल च्याम्पियनशिप-२०१२ लाई सफलतापूर्वक सम्पन्न पार्न प्रत्यक्ष वा परोक्ष रुपमा आर्थिक, भौतिक एवं बौद्दिक क्षेत्रबाट सहयोग पुर्‍याउनु हुने नेपाली राजदूतावास कुवेत, कुवेतनेपाल मेनपावर एशोसियसन, युएई एक्सचेन्ज कुवेत, हिमालयन बैंक नेपाल, एअर अरेबिया कुवेत, नेपालकुवेत साँस्कृतिक मञ्च, पढ्नेक्रम जारी राख्नुहोस्

संविधान सभाको म्याद थपेर भएपनि संविधान जारी गर्नुपर्छ : नेपाल


१७ बैशाख, काठमाण्डौ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधानसभाको म्याद एक महिना थपेर भएपनि संविधान जारी गर्नु पर्ने बताउनु भएको छ । संवैधानिक समितिको आइतबार बसेको बैठकमा नेता नेपालले दलहरुबीच राज्य पुनःसंरचना’bout सहमतिको निर्णायक प्रयास भइरहेको बताउनु भयो । पढ्नेक्रम जारी राख्नुहोस्