१६ चैत, काठमाडौं – संविधानसभामा राज्य पुनःसंरचना सुझाव आयोगको प्रतिवेदनमाथिको छलफल आज सकिँदैछ । विहान ११ बजे बस्ने बैठकमा सभासदहरुले आयोगको प्रतिवेदनमाथि आ-आफ्नो धारणा राख्ने कार्यसूची छ ।प्रतिवेदनमाथि सोमबारदेखि दलीय प्रतिनिधित्वका आधारमा दैनिक ८ घण्टाका दरले छलफल हुँदै आएको छ । छलफलमा सभासदहरुले विवाद बढाएको भन्दै आयोगको प्रतिवेदनको आलोचना गरेका छन् ।
आयोगका बहुमत सदस्यले दलितका लागि गैरभौगोलिकसहित ११ प्रदेशको प्रस्ताव गरेको छ भने अल्पमतमा रहेका सदस्यहरुले ६ प्रदेशको प्रस्ताव गरेका छन् ।
Source: Onlinekhabar